काठमाडौं– प्रेम सम्बन्धलाई विवाहमा रुपान्तरण गर्ने घोषणा गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काले असार २३ को साइत जुराएका छन्। ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका जोडीले केही दिनअघि विवाह गर्ने खबर सार्वजनिक गरे पनि विवाह मिति भने टुंगो लागेको थिएन।
विवाहका लागि आफ्नै साझेदारी रहेको गौशालास्थित होटल इन्द्रेणी रोजेका उनीहरुले नेवार र क्षेत्री परम्परालाई 'मिक्स' गरेर बिहे गर्ने बताए।
'विवाहमा कुनै तामझाम नगर्ने सहमति भएको छ। अन्तरजातीय विवाह भएकोले दुवै परिवारका संस्कृति र परम्पराको मिश्रण रहनेछ,' अभिनेता श्रीकृष्णले भने। श्रीकृष्णको भनाइमा सहमति जनाउँदै श्वेताले आगामी मंसिरमा बिहे गर्ने योजना भए पनि संयोगवश असार २३ मै लगन जुरेको बताइन्।
'फिल्म पनि यही समयमा रिलिज हुने भएकोले मंसिरमा गरौं भन्ने योजना थियो। तर संयोगवश यही मितिमा राम्रो साइत निस्कियो,' श्वेताले भनिन्।
श्वेता र श्रीकृष्णको विवाहको ठीक एक महिनापछि सोही मितिमा उनीहरुद्वारा अभिनित फिल्म 'कोहिनूर' रिलिज हुँदैछ। श्वेताले फिल्मको प्रचारप्रसारमा नै हनिमुन मनाउने बाध्यता रहेको बताइन्।
'फिल्मको प्रचारप्रसारका लागि देशका विभिन्न सहरमा जाने योजना छ। हाम्रो हनिमुन फिल्मको प्रचारप्रसारको क्रममै हुनेछ,' श्वेताले भनिन्।
समय अभावका कारण विवाहको दिन नै रिसेप्सन पार्टी दिने पनि जोडीले जानकारी गरायो। विवाहमा पारिवारिक सदस्य मात्र उपस्थित हुने भए पनि रिसेप्सनमा फिल्म क्षेत्रका व्यक्तिहरु निम्त्याइने श्रीकृष्णले बताए।
'कहाँ भेटिएला' फिल्ममार्फत् एकअर्कालाई भेटेको जोडीले आफूहरुको प्रेमसम्बन्धलाई नकार्दै आएका थिए।

No comments: