नेपाली फिल्म क्षेत्रमा जमिरहेकी नम्रता श्रेष्ठलाई एसएलसी दिउञ्जेलसम्म अभिनेत्री हुने कुनै रहर थिएन। तर, यतिबेला उनी अभिनय बाहेक केही नसोच्ने भएकी छिन्। त्यसैगरी उनलाई आफू सुन्दर छु जस्तो कहिल्यै लाग्दैन, तर सुन्दरी अभिनेत्रीका रूपमा अहिले उनकै नाम अगाडि आउँछ। आधा दर्जन फिल्ममा काम गरिसकेकी नम्रताको 'ताण्डव' र 'सम्बोधन' रिलिजको तयारीमा छन्। म्युजिक भिडियो र एडमा पनि उत्तिकै देखिने अभिनेत्री नम्रतासँग धनबहादुर खड्काको अन्तरंग कुराकानीः
नेपालमा कलाकारिता गतिलो करिअर हुन सक्दैन भन्ने मान्यता रहेकै बेला तपाईंले कामको सहजताका लागि म्यानेजर राख्नुभएछ!
केही समयअघि म बिरामी भएँ। यसले काम रोकियो। त्यसपछि पुरानो काम सकाउने, सँगै नयाँ काम गर्ने सेड्युल मिलाउन सहज भएन। यही कारण केही समयदेखि म्यानेजर राखेर काम गर्न परिरहेको छ।
पछिल्लो समय तपाईंको व्यस्तता पनि निकै बढेको हो?
पहिले मलाई धेरै फिल्म गर्नु थिएन। वर्षमा एउटा राम्रो फिल्म गर्छु भनेर अघि बढिरहेकी थिएँ। तर, यामाहाको प्रमोसनल टुरमा जाँदा अडियन्सले मलाई हेर्न चाहेको कुरा राखे। फिल्ममा त्यति देख्न नपाएको गुनासो गरे। त्यसपछि चाहिँ यही क्षेत्रका लागि भनेर लागिरहेकी छु भने राम्रो फिल्म भ्याएसम्म किन नगर्ने भन्ने लाग्यो। त्यो अनुसार अहिले बढी काम गरिरहेकी छु।

No comments: