लहान - सिरहाको असनपुर– ८ डोहटीयामा बाबुको कुटाइबाट छोरीको मृत्यु भएको छ। कुटाइबाट गम्भीर घाइते ८ वर्षीया रविना यादवको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएपछि बुबा विनोद यादवलाई प्रहरीले पक्राउ गरी कारवाही चलाएको छ।
४० वर्षीय यादव र ३० वर्षीया पत्नी रेखाबीच माघ ४ गत्ते राती झगडा भएको थियो। ईलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर पद्म थपलियाका अनुसार झगडा छुट्याउन जाँदा विनोदले रविनालाई भाटाले कुट्दा टाउँकोमा गम्भीर चोट लागेको थियो।
चोट लागेर बेहोस रविनाको सोमबार साँझ न्यूरो अस्पतालमा मृत्यु भएको हो। छोरीलाई कर्तब्य गरी मारेको अभियोगमा बुबा विनोदलाई पक्राउ गरी आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गराउने थपलीयाले बताए।
बाबुको कुटाईले छोरीको मृत्यु

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |

No comments: