एमाले डोल्पा अध्यक्ष अंगदकुमार बुढासहित २५ नेता एवं कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन्। कांग्रेस सभापति सुशील कोइरालाले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा उनीहरुलाई पार्टी प्रवेश गराए।
जिल्ला अध्यक्ष बुढासहित एमाले जिल्ला कार्यसमितिका सदस्यहरु हिरा बहादुर रोकाय, हरि बहादुर शाही, भद्र बहादुर रोकाय, पूर्ण बहादुर बुढा, पेमा छुईकी गुरुङ्ग, चेक कुमार रोकाय, पूर्ण बहादुर शाही, भीमराज न्यौपाने कांग्रेस प्रवेश गरेका हुन्।
कांग्रेस प्रवेस गर्नेमा लिलाराज रोकाय, किशोर गुरुङ्ग, भिम बहादुर बोहोरा, बुद्धि बहादुर शाही, सुमन थापा, रविन्द्र रोकाय, भक्त बहादुर थापा, युवराज बोहोरा, कली थापा पनि छन्।
उनीहरुलाई कांग्रेस सभापति सुशील कोइरालाले पार्टीको सदस्यता प्रदान गरेका छन्। कार्यक्रमा उपसभापति रामचन्द्र पौडेल, पार्टीका केन्द्रीय सदस्यका साथै डोल्पा कांग्रेस सभापतिसहितका नेता कार्यकर्ता उपस्थित थिए।
एमालेका डोल्पा जिल्ला अध्यक्षसहित २५ नेता-कार्यकर्ता कांग्रेस प्रवेश

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |

No comments: