» » मलेसियामा धरपकड,पक्राउ परेका नेपालीको संख्या अज्ञात

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

काठमाडौं– मलेसिया सरकारले सोमबार मध्यराति सुरु गरेको धरपकडमा १५ सय ६५ जना गैरकानुनी हैसियतका विदेशी कामदार पक्राउ परेका छन्। पक्राउ परेका अन्य मुलुकका नागरिकको जानकारी दिए पनि नेपालीबारे केही बताइएको छैन।

मलेसिया अध्यागमन विभागको नेतृत्वमा सोमबार राति १२ बजे (नेपाली समयअनुसार ९ बजे) धरपकड गर्ने भनिए पनि ३ घन्टाअघि अभियान सुरु भएको थियो। अपरेसन बरसेपाडु (एकीकृत अभियान) नाम दिएर गरिएको धरपकडमा बढीजसो इन्डोनेसियाली पक्राउ परेका छन्। ६ सय ९५ जना इन्डोनेसियाली पक्राउ परेको गृहमन्त्री डाटुक सेरी डिआर अहमदले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्। त्यस्तै २ सय २५ बंगलादेशी र १ सय ५७ बर्मेली पक्राउ गरेको गृह मन्त्रालयले बताएको छ।
अभियानमा पक्राउ परेका नेपालीको संख्या सरकारले उपलब्ध नगराएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासले क्वालालम्पुरमा २० र मलाकामा ३० गरी ५० जना नेपाली पक्राउ परेको खबर आएको जानकारी दियो।
मलेसियाका लागि नेपाली राजदूत निरन्जनमानसिंह बस्नेतले अरु देशका कामदारको तथ्यांक दिए पनि नेपालीबारे कुनै जानकारी नदिएको बताए। '५० भन्दा बढी पक्राउ परेको जानकारी आएको छ, तर अध्यागमनले आधिकारिक जानकारी दिएको छैन,' उनले टेलिफोनमा नागरिकसँग बताए।
मलेसिया सरकारले गत भदौमा पनि व्यापक धरपकड गर्दै २ हजारभन्दा बढी गैरकानुनी हैसियतका विदेशी पक्राउ गरेको थियो। भदौमा करिब ५ सय नेपाली पक्राउ परेकामा अझै ३ सयभन्दा बढीलाई विभिन्न डिपोर्टेसन सेन्टरमा राखेको छ। पहिलो अभियानमा पक्राउ परेका नेपालीको पूर्ण विवरणसमेत नदिएको दूतावासले जनाएको छ ।
मलेसिया सरकारले गत भदौमा जस्तै यसपटक पनि नेपालीसहित बंगलादेशी, पाकिस्तानी, इन्डोनेसियाली, बर्मेली, भियतनामी कामदार पक्राउ गरेको छ। दोस्रो अभियानमा अध्यागमन विभागको नेतृत्वमा पुलिस, सशस्त्र बल, रेला, सिभिल डिफेन्स, स्थानीय काउन्सिल र राष्ट्रिय दर्ता विभागका गरी १ लाख ३५ हजार सुरक्षाकर्मी र कर्मचारी खटाएको छ।
एक सातामा देशनिकाला
मलेसियामा धरपकडमा परेका विदेशी कामदारलाई सात दिनभित्र स्वदेश फर्काउने मलेसिया सरकारले जनाएको छ।
मलेसिया सरकारले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार पक्राउ परेका व्यक्तिले सात दिनभित्र कागजपत्र बनाई अध्यागमन विभागमा जरिवाना तिरेपछि स्वदेश फर्किन पाउने छन् । मलेसिया सरकारले एक सातामा पक्राउ परेका कामदार स्वदेश फर्काउन सकिने जानकारी दिएको राजदूत बस्नेतले बताए। 'स्वदेश फर्कन ट्राभल डकुमेन्ट, टिकट तयार गरेर अध्यागमन विभागमा जरिवाना तिर्नुपर्छ,' उनले भने। तर अध्यागमन विभागले कति जरिवाना लिने भन्ने नखुलाएको उनले बताए। 'जरिवानाबारे बुझ्न पत्र लेखेका छौं, प्रतिउत्तर आएको छैन,' उनले भने।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply