» » सगरमाथा शिखरको चट्टान मृतसागरमा

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

१६ जेठ, तेलअविव । विश्वको सर्वोच्च शिखर सगरमाथाको चट्टान मध्यपूर्वको इजरायलमा रहेको विश्वको सबैभन्दा होचो भुभाग मृत सागर (डेड सी)को किनारमा रहेको निर्माणाधिन इकोलोजिकल पार्कमा स्मारिका स्थापना गरिएको छ ।

मई ३० बिहिवार आयोजित कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत प्रल्हादकुमार प्रसाई, इजरायल सरकारका तर्फबाट पर्यटन मन्त्री उजी मान्डावो र इजरायलको दक्षिणी भुभाग मृतसागर क्षेत्रका मेयर डभ लिटभिनोफ द्वारा संयुक्त रुपमा स्मारिकाको अनाबरण गरिएको थियो ।

कार्यक्रममा अन्य बिशिष्ट ब्यक्तिहरूमा इजरायलस्थित विदेश मंत्रालयका दक्षिण एसियाली विभागिय प्रमुख खाईम खोसेम, सगरमाथा आरोही इजरायली नागरिक नादओ वेन एहुदा लगायत उल्लेख्य इजरायली नागरिकहरू, नेपाली राजदुतावासका कर्मचारीहरू साथै इजरायलमा रहेका नेपालीहरूको समेत उपस्थिती रहेको थियो ।

 कार्यक्रममा इजरायलका लागि नेपाली राजदुत प्रसाई, इजरायल सरकारका तर्फबाट पर्यटन मन्त्री उजी मान्डावो र इजरायलको दक्षिणी भुभाग मृत सागर क्षेत्रका मेयर डभ लिटभिनोफ लगायतका ब्यक्तीहरूले आ-आफ्नो मन्तब्य संगै शुभकामना ब्यक्त गरेका थिए ।

नेपाल र इजरायलबीचको दौत्य सम्बन्ध एवं पर्यटन प्रबर्द्धनसम्वन्धी क्रियाकलापहरुलाई थप विस्तार गर्न विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा इजरायलले मृत सागरको चट्टान लगेर स्मारक निर्माण गरिसकेको छ । संसारको सबैभन्दा अग्लो भू–भाग सोलुखुम्बुको नाम्चे मेन्डोल्फुस्थित सगरमाथा राष्ट्रिय निकुन्जको मुख्य कार्यालयबाट करिब १ सय मिटर पूर्वतर्फ सर्वोच्च शिखर सगरमाथा हिमालको दृश्यावलोकन गर्न सकिने गरी इजरायलले स्मारक निर्माण गरेको छ ।

समुद्री सतहदेखि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा र समुद्री सतहदेखि करिव ४२२ मिटर गहिराईमा रहेको मृत सागर, यी क्षेत्रहरुमा स्मारक निर्माण भइसकेपछि ती क्षेत्रहरुमा पुग्ने लाखौं पर्यटकहरुले दुवै असाधारण भू-भागहरुको चट्टानद्वारा निर्मित स्मारिकाको अवलोकन गर्ने र यसले दुवै देशको पर्यटन प्रबर्द्धनमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply