» »Unlabelled » प्रेमी खुसी पार्न ११ महिने छोरालाई जंगलमा छाडिन आमाले

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कुनै आमाले आफूले जन्मदिएका सन्तानलाई जंगलमा ज्युँदै छाडेर पर पुरुषको अंगालोमा बाँधिन जान्छन भन्ने तपाईले कल्पना गर्न सक्नुहुन्छ ?
तर यस्ता निष्ठुरी आमाहरु पनि हुन्छन जसले परपुरुषलाई खुसी पार्न बच्चालाई अनकण्टार जंगलमा फालेर हिड्न सक्दा रहेछन ।
चितवनको नारायणगढकी मिना परियार (पौडेल) आफ्नो ११ महिने छोरालाई पर्वतको मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा छाडेर आफू भने रात विताउन प्रेमीसँग गइन् ।
प्रहरीले आफन्तको सहयोगमा बच्चा जंगलमा फालेको २० घण्टापछि जीवित उद्धार गरेको छ भने महिलालाई समेत नियन्त्रणमा लिएको छ ।
बागलुङ जिल्लाको पैञ्युपाटा ५ मा माइतीघरबाट आफ्ना प्रेमीलाई भेट्न पर्वतको फलेबास हिंडेकी मिनाले मंगलबार दिउँसो ४ बजे छोरा भिष्म पौडेललाई झाडी र भिरालो स्थानमा छाडेर हिंडेकी थिइन ।
मंगलबार दिउँसो शिशुलाई छाडेर फलेबासमा एक पुरुषसँग रात बिताएकी मिनालाई बुधबार दिउँसो सदरमुकाम कुस्माबजारमा एक्लै देखेपछि आफन्त र प्रहरीले बच्चाको खोजी गरेका थिए ।

खोजी गर्ने क्रममा बोकेको पछ्यौरामा बाँधेर छाडेको अबस्थामा झाडीमा बुधबार दिउँसो २ बजे प्र्रहरी र आफन्तले जिवीतै उद्दार गरेको जिल्ला प्रहरी निरीक्षक बिजयराज पण्डितले बताउनुभयो ।

सात बर्षअघि चितवनको नारायणघाटमा बसोबास गर्ने कृष्ण पौडेलसँग अन्तरजातीय प्रेम विवाह गरेकी मिना गत माघदेखि माइतीघरमा बस्दै आएकी थिइन् । माइतीघरमा बस्दा मिनाको फलेवासका एक युवासँग प्रेम सम्बन्ध सुरु भएको थियो । तर ती युवाले बच्चा भएकाले बिबाह गर्न नसक्ने बताएपछि बच्चालाई ज्युँदै जंगलमा छाडेर हिंडेको मिनाले बताएकी छन ।
बच्चाको पर्वत जिल्ला अस्पतालमा उपचार गराई थप उपचारका लागि पोखरा पठाइको छ । बच्चामा निमोनियको संक्रमण देखिएको छ ।
बच्चालाई जंगलमा छाडेको हुनाले महिलालाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । ‘महिलाले बच्चाको ज्यान मार्ने प्रयासमा नै फालेको देखिएकोले मुद्दा चलाउँछौ’ उहाँले भन्नुभयो ।
मिनाका ५ बर्षिय छोरा किस्मत र ३ बर्षिय छोरा काले पनि मामा घर बस्दै आएका छन् । अन्तरजातीय विवाह गरेपछि घरपरिवारले हेंला गरेपछि मिनाका श्रीमान् कृष्णबहादुर पौडेलले समेत गाउँबाट निस्किएर बागलुङकै राङखानीमा सवारीचालकको काम गर्दै आउनु भएको छ ।
श्रीमान् र उनीबीच यसअघि कुनै मनमुटाव नभएको महिलाका दाजु गोपाल परियारले जानकारी दिनुभयो ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply