» » प्रेम गरेको आरोपमा अछाममा एक युवकलाई देश निकाला

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

गैरदलितकी श्रीमतीसँग प्रेम गरेको आरोपमा अछाममा एक युवकलाई देश निकाला गरिएको छ । अछाम भैरबस्थान २ का १७ बर्षका महेन्द्र विकलाई स्थानीय गैरदलितको समूहले यातना दिँदै १० बर्ष नेपाल र्फकन नपाउने उर्दी सुनाएर देशनिकाला गरेका हुन् ।

सुर्खेतको एक गैरसरकारी संस्थामा महेन्द्रका बुवाले निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । सोही गाविसकी २२ बर्षकी विवाहित महिला पद्यमकुमारी बिसीसँग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले निर्घात कुटपिट गरी देशनिकाला गरेका हुन् । महेन्द्रको अहिले भारतको पञ्जाबमा उपचार भइरहेको छ ।

प्रहरीलेसमेत महेन्द्र नै दोषी भएको ठहर गर्दे १५ हजार जरिवाना गरी तारेखमा छाडेको नयाँ पत्रिकामा खबर छ । त्यसपछि कथित उच्च जातिका गाउँलेको समूहले सामूहिक यातना दिँदै गैरदलितसँग प्रेम गरेको भन्ने स्वीकार गर्न लगाई १४ चैत ०६९ मा देशनिकाला गरेको उनका बाबु बसि तिरुवाले बताए ।

महिलाका बाबु टेकबहादुर बुढालगायत स्थानीय चन्द्र बिसी, टीकाराम विसी, भुवन सिंह, टेकबहादुर बिसीलगायत गैरदलितले महेन्द्रको घरमै गएर कुटपिट गरी १० बर्ष नेपाल नफर्किने बाचा गराएर भारत पठाएको तिरुवाको भनाई छ । दलित भएकै कारण विकलाई देश निकाला गरेको डेढ महिना भइसक्दा पनि सहयोग गर्ने कोही नुहँदा घटना बाहिर आउन सकेको थिएन ।

पीडित महेन्द्रका बुबा बिसेले आफूहरुलाई गाउँमा सहयोग गर्ने कोही नभएकाले प्रहरीमा उजुरी दिनसमेत नसकेको बताए । सुखेर्तमा रहेको वातावरणीय कृषि तथा विकास केन्द्रमा पीडितका बुबा तिरुवाले घटनात्र,मसहित जानकारी दिएपछि घटना सार्वजनिक भएको हो ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply