» » श्रीमानको वीर्यले अस्पताल पुराएपछि…..

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

,यस्तो घटना निकै कम सुन्ने गरिन्छ, तैपनि घटना वास्तविक हो । क्रिस्टिन नामकी महिला आफ्नो पति सीनका कारण विरामी परेकी छन् । स्पष्ट शब्दमा भन्दा क्रिस्टिनको विरामीको कारण सीन होइनन् उनको वीर्य हो, जसका कारण यति धेरै एलर्जी भयो कि क्रिस्टिन अस्पताल भर्ना हुन बाध्य भइन् ।
यो घटना एउटा टेलिभिजन कार्यक्रम ‘सेक्स सेन्ट मी टु इआर’मा सार्वजनिक भएको हो । यो कार्यक्रममा सेक्सका कारण कुनै जोडी वा एक अस्पतालको एमरजेन्सीमा भर्ना भएको घटना प्रसारण गर्ने गरिन्छ । कार्यक्रम निर्माताका अनुसार महिला र उनका पतिका उपनाम र गृहनगर गोप्य राखिएको छ। यद्यपि महिलामा यस्तो पहिला कहिल्यै भएको थिएन ।
एउटा छोरा जन्माएपछि क्रिस्टिनलाई निकै धेरै एलर्जी र अन्य स्वास्थ्यसम्बन्धी समस्या देखियो । यसका कारण उनीहरुले झण्डै एक वर्ष सहबास नै गरेनन् । तर, सीनको जन्मदिनमा क्रिस्टिनले सहबासको इच्छा व्यक्त गर्दै श्रीमानलाई सरप्राइज दिइन् । तर, सहबासलगत्तै यो दम्पतिले अर्को ठुलो सरप्राइज पायो ।
सेक्सपछि सामान्यतः पुरुष र महिलाले लामो लामो स्वास लिने गर्दछन् । तर, क्रिस्टिनको प्रतिक्रिया निकै गम्भीर थियो । उनले आश्चर्यजनक ढंगले आफ्नो शरीर फुलेको महशुस गरिन् । शरीरमा तिब्र जलन हुन लाग्यो र स्वास लिन कठिन हुन लाग्यो । उनलाई अस्पताल लैजानुपर्ने अवस्था आयो । अस्पताल लैजाँदै गर्दा उनी बाटैमा बेहोस भइन् ।
चिकित्सकहरुले सीनको गन्धको एलर्जीका कारण यस्तो भएको हुन सक्ने आशंका गरे । तर, परीक्षणबाट भने एलर्जीको कारण अरु नै देखियो । उनलाई पतिको वीर्यको एलर्जी भएको थियो । यसले सीनलाई निकै निराश बनायो ।
आफ्नो गर्भावस्थामा क्रिस्टिनलाई पिनट एलर्जी (फुड एलर्जी) जस्तै सेमिनल प्लाज्मा हाइपरसेंसिटिभिटी उत्पन्न भएको थियो । जुन सीनको वीर्य सम्पर्कमा आएका कारण भएको थियो । यस विषयमा चिकित्सक डा. कारमेला योमटोबियभ भन्छन्–यो निकै दुर्लभ स्थिति हो । उनी लोमा लिंडा युनिभर्सिटी मेडिकल सेन्टरका एमरजेन्सी रुमका चिकित्सक हुन् ।
उनका अनुसार गर्भावस्थाका क्रममा महिलाको इम्युन सिस्टम हल्का दबिने गर्दछ । ताकी आफ्नो पेटमा हुर्कदै गरेको बच्चालाई अस्वीकार नगरोस् । यो अवधिमा यदि कुनै रोगी नयाँ प्रकारको एलर्जेन्सको सम्पर्कमा आए उक्त पदार्थले हाइपरसेंसिटिभिटी उत्पन्न गर्दछ । कुनै दुर्लभ घटनामा यो वीर्यका कारण पनि हुन सक्छ ।
यो घटनापछि एमरजेन्सी रुमका चिकित्सकहरुले क्रिस्टिनलाई जलन र सुजनाट बच्नका लागि ऐन्टीहिस्टामाइनको इन्जेक्सन दिए । पछि एलर्जी विशेषज्ञले क्रिस्टिन विरामी हुनुमा सीनको वीर्यलाई नै दोषी ठहर गरे । चिकित्सकहरुले क्रिस्टिन र सीनको जोडीलाई यौन सम्पर्क गरे पनि कण्डोमको प्रयोग अनिवार्य गर्न सुझाव दिए ।- एजेन्सी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply