
एरिजोना स्टेट अमेरिकाको कोरी फ्लयड र उनका सहयोगीहरुले शोध अध्ययनलाई दुई पार्टनरहरुबिच हुने चुम्बनको फ्रिक्वेन्सी र तनाव कम हुने कुरामा केन्द्रित राखिएको थियो । अध्ययनमा विवाहित र सँगै बसिरहेका जोडिलाई समावेश गरिएको थियो । उनीहरुलाई ६ हप्तासम्म आफ्नो पार्टनरलाई अरु दिनभन्दा बढि चुम्बन गर्नको लागि आग्रह गरिएको थियो ।
६ हप्तापछि जुन जोडिले सामान्यभन्दा धेरै पटक आफ्नो पार्टनरलाई चुम्बन गरे उनीहरुको रगतमा कोलेस्ट्रोलको मात्रा कम पाइयो । उनीहरुलाई आफ्नो सम्बन्धमा अधिक सन्तुष्टि अनुभव भयो र उनीहरुको तनाव पनि कम भयो ।
No comments: