विवाह पछि आफ्नो पार्टनरसँग सुमधुर सम्बन्ध बनाइराख्न कतिपय कुराहरुलाई तपाईंले मन्त्रजस्तै उच्चारण गर्नुपर्ने हुन्छ अथवा यसलाई आफ्नो लत नै बनाउनुपर्ने हुन्छ । सबै मानिसहरुको वैवाहिक जीवन सफल हुन्छ नै भन्ने हुँदैन ।एक हप्तामा तपाईंले आफ्नो पार्टनरलाई कम्तीमा पनि १० पटक ‘आइ लभ यु’ भन्नुपर्ने र किस गर्नुपर्ने एक अध्ययनले बताएको छ ।
वानपोल डट कमले राम्रो वैवाहिक जीवनका लागि आवश्यक तत्वहरुको बारेमा अनुसन्धान गरेको बताइएको छ । यो अनुसन्धानको तर्फबाट डेली एक्सप्रेसका अनुसार ९२ प्रतिशत अमेरिकी खुसी वैवाहिक जीवनका लागि एक महिनामा तीन पटक डेटिङ, तीन रोमान्टिक सरप्राइज र दश गम्भीर कुराकानी हुनु जरुरी भएको बताएको छ ।
यसै अनुसन्धानका आधारमा एक महिनामा जोडीहरुका बिच भएका तीनवटा तर्कले निकै राम्रो प्रभाव पारेको तर तर्कका साथसाथै अन्त्यमा माफी माग्नुपर्ने बानी पनि बसाल्नुपर्ने बताइएको छ । जोडीहरुका बिच एक–अर्काको गल्तीलाई स्विकार्ने प्रवृत्ति पनि हुनु आवश्यक भएको जनाइएको छ । एक हप्तामा कम्तीमा पनि तीन पटक प्रेमको लागि समय निकाल्नुपर्ने र एक महिनामा कम्तीमा पनि ६ रात आफ्नो पार्टनरसँग बिताउन आवश्यक भएको बताइएको छ । टिभीको अगाडि आफ्नो पार्टनरलाई अंगालोमा हाल्नुहोस् ।
यो वेभसाइटका अनुसार विवाह गर्नुभन्दा उक्त सम्बन्धमा कसरी खुसी भएर बाँच्ने भन्ने कुरा महत्वपूर्ण हुने बताइएको छ । यसका लागि जोडिहरुमा प्रतिबद्धता र इमान्दारिता हुनु निकै जरुरी हुन्छ ।

No comments: