विश्वकप फुटबल २०१४ को रौनक विश्वप्यापी रूपमा चढिरहेका बेला ब्राजिलमा यौनकर्मी भने आफ्नै पेसागत हक तथा हितका लागि एकजुटेका भएका छन्।
हरेक विश्वकपका बेला विभिन्न किसिमका क्रियाकला हुने गर्छन। विश्वकपको यही मौका छोपेर ब्राजिलका यौनकर्मी पनि कसरी आफ्नो अधिकार सुरक्षित पार्ने भनेर तल्लिनका लागेका छन्। यौनकर्मीको अधिकारलाई सुरक्षित गर्न उनीहरूले फुटबल प्रतियोगिता नै ओयोजना गरे। प्रतियोगिताको नाम उनीहरूले 'नेकेड फुटबल' 'Nacked Football 'भनेर जुराए।
प्रतियोगितामा यौनकर्मीको टिमसँग अमेरिकी समाजिक संस्था र स्थानीय विश्वविद्यालयको टिमले प्रतिस्पर्धा गरेको थियो। प्रतियोगिताको विशेषता के थियो भने यौनकर्मी महिलाले ब्राजिलको राष्ट्रिय जर्सीमा प्रतिस्पर्धा गरेका थिए। आयोजक यौनकर्मी संघकी सदस्य प्याट्रिका बोंगेसले सबैलाई समान अधिकार हुनुपर्ने कुरामा जोड दिइन्।
ब्राजिलमा यौनकर्मीले संसारको सबैभन्दा पुरानो व्यवसायलाई संरक्षण गर्न पनि जोड दिएका छन्। विश्वकपको मौका छोप्दै यौनकर्मी संघले आफ्ना ८० हजार सदस्यलाई अंग्रेजी भाषाको कक्षा पनि दिइसकेको छ। ब्राजिलमा यौन पेसालाई छुट भए पनि जर्बजस्ती भने कसैलाई लगाउन नपाइने प्रावधान रहेको छ। -एजेन्सी
विश्वकप 2014 मा यौनकर्मीको 'नेकेड फुटबल'

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |

No comments: