» »Unlabelled » छोरी जन्माएका कारण श्रीमतीलाई मारी लासलाई दोस्रो तल्लाबाट फ्याँके, छोरीको पनि आफैले घाँटी थिचेर हत्यागरेको खुलासा

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

(एजेन्सी), नयाँ दिल्ली – लैंगिक समानताको कुरा जति गरेपनि आजको २१औं सताव्दीको यो समाजमा छोरा र छोरीबिच विभेद कायमै छ । छोरा छोरी दुई आँखाका नानी भन्ने कुरालाई मानिसहरुले व्यवहारमा उतार्न सकेका छैन । अझै पनि मानिसहरु छोरा जन्मदाँ खुसी हुने र छोरी जन्मदाँ जन्मेको छोरीलाई र जन्माउने आमा दुबैलाई घृणा गर्ने गर्दछन् । एउटा यस्तै घटना भएको छ छिमेकी देश भारतमा ।
 

छोरी जन्माएका कारण एक महिलाले बाँचुञ्जेल चरम यातना सहनु परेको र अन्त्यमा आफ्नो ज्यान गुमाउनु परेको छ । मार्ने व्यक्ति एक शिक्षित र उच्च ओहदामा रहेका छन् । ३० वर्षका व्यापारी अजित कुमारले शनिबार आफ्नी २७ वर्षीया श्रीमती र तीन वर्षकी नाबालक छोरीको हत्या गरेका छन् । पुलिसका अनुसार अजित आफ्नी श्रीमतीसँग छोरी जन्माएका कारण रिसाएका थिए र सानो सानो कुरामा उनीसँग रिसाउने गर्दथे । पुलिस भन्छन्, ‘शालिनी र अजितको विवाह सन् २०१० मा भएको थियो । विवाह लगत्तै उनीहरुको सम्बन्ध तनावपूर्ण रहेको थियो । सन् २०१२ मा उनीहरुले अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए । अदालतले उनीहरुलाई आफ्नो मतभेद मिलाउन एक वर्षको समय दिएको थियो । ’
उत्तर दिल्लीको केवल पार्क एरियामा आदर्श नगरसँगै रहेको आफ्नो घरमा अजितले शालिनीको घाँटी थिचेर हत्या गरे र मृत शरिरलाई दोस्रो तल्लाबाट फ्याँके त्यसपछि उनले आफ्नी तीन वर्षकी छोरीको पनि घाँटी थिचेर हत्या गरे । जब पुलिस घटनास्थलमा पुगे तब अजित छोरीको लासलाई अँगालो हालेर आफ्नो पसलको सिढिँमा बसेका थिए ।
सिनियर पुलिस अफिसरका अनुसार आदर्श नगर पुलिस स्टेसनमा घटना भएको करिब २० मिनेटभित्र दुईवटा फोन आयो । पहिलो फोन छिमेकीको थियो भने दास्रो फोन स्वयं अजितको थियो जसमा उनल छोरीको हत्याको कुरा बताएका थिए । पुलिस घटनास्थलमा पुग्दा शालिनीको लास सडकमा थियो भने छोरीको लासलाई अजितले अंगालोमा लिएका थिए ।
सोधपुछको प्रारम्भिक चरणमा अजितले उनकी श्रीमतीले छोरीको हत्या गरेर आत्महत्या गरेको बताए तर पछि उनले आफूले नै श्रीमती र छोरीको हत्या गरेको स्विकार गरे ।
पुलिसले अजित कुमारकी आमा राजवती र भाइ अमितलाई दाइजो उत्पीडनको मामलामा पक्राउ गरेको छ । शालिनी विवाहलगत्तै श्रीमान र देवरबाट प्रताडित हुने गरेको पुलिसले बताएको छ । छोरीलाई जन्म दिएपछि झन् उनको यातना भयानक भयो । अजितका परिवार शालिनीले पर्याप्त दाइजो नल्याएका कारण रिसाएका थिए

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply