समाचार अनुसार ओरेगनमा रहेको एक विद्यालयले त्यहाँ पढाउने शिक्षकलाई कक्षा ६ का विद्यार्थीलाई कण्डम बाँड्न अनुमति दिएको हो । वाशिङटन टाइम्समा छापिएको खबर अनुसार विद्यालयमा पढ्ने ९ जना किशोरीहरु गर्भवती भएको घटनाबाट पाठ सिक्दै विद्यालय बोर्डले यस्तो आश्चर्यजनक निर्णय गरेको हो ।
यसरी गर्भवति हुनेमा १ जना त ८ कक्षा मुनिकै छात्रा थिइन् । ओरेगन स्वास्थ्य विज्ञान विश्वविद्यालयको अध्ययन अनुसार ओरेगनको गेरभाइस सहरमा हाइस्कुल तहमा अध्ययन गर्ने ७ प्रतिशत किशोरीहरु गर्भवती हुने गरेका छन् । जबकी यौन सम्पर्कका बेला कण्डम प्रयोग नगर्ने विद्यार्थीहरु ४० प्रतिशत भेटिएका छन् ।
किशोर किशोरीहरुमा सहपाठीसँग असुरक्षित सेक्स गर्ने प्रचलन बढ्दै गएको र यसले किशोरीहरु सानै उमेरमा गर्भवती हुने जोखिम बढेपछि व्यवहारिक यौन शिक्षा तथा गर्भनिरोधको उपायका रुपमा विद्यालयले कक्षा ६ देखि विद्यार्थीहरुलाई औपचारिक रुपमै कण्डम वितरण गर्ने योजना बनाएको हो ।
साभार : http://www.onlinekhabar.com
No comments: