headlines

    4:44 P
» » यौनसम्बन्धमा प्राक्क्रीडाको महत्त्व

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://meroknowledge.blogspot.com/
यौनसम्बन्धमा प्राक्क्रीडाको महत्त्व
केही वर्षको प्रेमपछि दिवाकर र कृपाको भर्खरै विवाह भयो । विवाहको आपसी सौगातको रुपमा उनीहरूले आफ्नो कुमार-कुमारित्व साँचेर राखेका थिए । विवाहको उत्साह र व्यस्तता समाप्त भएको छ र अब उनीहरू सामान्य जीवनतिर फर्केका छन् । दुवैले यौन र त्यसबाट प्राप्त हुने स्वर्गीय आनन्दका मीठा-मीठा कल्पना गरेका थिए । तर कृपाले जुन आशा राखेकी थिइन् प्रायः त्यसबाट उनी वञ्चित हुनुपरेको छ । यौनसम्पर्कको केही बेरमा नै दिवाकर शिथिल हुन्छ ।

त्यस बेला आफूलाई यौन क्रियाकलापमा संलग्न हुने चाहना बढ्दो रुपमा हुँदाहुँदै त्यसै अर्कोतिर कोल्टे फर्केर सुतेको लोग्ने हेरेर रात काट्नुपर्ने स्थिति कति पटक उनमा आइपरेको छ । कृपालाई कसरी आफूले पनि सो चरम सुख प्राप्त गर्ने भन्ने लागेको छ ।

त्यसैगरी यौनसम्बन्धबाट वास्तवमा कृपा त्यति खुसी नभएको आभास दिवाकरलाई पनि हुन थालेको छ । एक किसिमको नरमाइलोपन उनीहरूको दाम्पत्यसम्बन्धमा पसेको छ र यसको चिसोपनले उनीहरूलाई गाँज्न थालेको छ । दिवाकरले कृपाको अतृप्तता बुझेको छ र ऊ पनि कसरी कृपालाई चरम यौनसुख दिने भन्ने ध्याउन्नमा छ ।

संसारमा भएका सुखहरूमध्ये शायद यौनसुख नै मानवले प्राप्त गर्ने सर्वोत्कृष्ट सुख हो । यसको प्राप्तिको लागि सबै व्यक्ति लाग्नु र सचेत हुनु आवश्यक छ । तर हामीले चाहना राख्दैमा सबै कुरा स्वतः हुने होइन । गहिरो प्रेमसम्बन्धको माझमा फुलेको भन्दैमा विशेष ध्यान दिइएन भने कृपा र दिवाकरको सम्बन्धले पनि सधैँ यौनसुख प्राप्तिको सुनिश्चितता प्रदान गर्न सक्दैन ।

यसको एक प्रमुख कारण दम्पती वा यौनजोडीले यौनसम्बन्धलाई लिंग-योनिबीचको यौनसम्पर्कमा मात्र सीमित गर्ने पनि हो । यसो हुँदा कतिपय दम्पतीले चाहँदाचाहँदै पनि पाउनुपर्ने यौनसुखबाट वञ्चित हुनुपर्ने मात्र होइन त्यसको दीर्घकालीन असरहरू पनि झेल्नुपर्ने हुन्छ । त्यसैले यौनसम्बन्धलाई लिंग-योनि यौनसम्पर्कमा मात्र केन्द्रित नगरी पर्याप्तरुपमा प्राक्क्रीडामा संलग्न रहन सके यौनसुखलाई बढाउन सकिन्छ ।

प्राक्क्रीडा त्यति प्रचलित शब्द होइन । यौनसम्पर्कका समयमा यौनांगको मिलन सुरु गर्नुभन्दा पहिले यौनउत्तेजना बढाउन गरिने विभिन्न किसिमको यौन क्रियाकलापलाई नै प्राक्क्रीडा भन्ने गरिन्छ । अंग्रेजीमा यसलाई फोर-प्ले (foreplay) भन्ने गरिन्छ । कतिपय विद्वानहरूले यस किसिमको प्रत्यक्ष यौन क्रियाकलापलाई मात्र प्राक्क्रीडा नभनी यौनक्रियालाई सुमधुर बनाउन गरिने कुनै पनि पूर्वक्रियाकलाप जस्तै- दुवै जनाले प्रेममय वा भनौं रोमान्टिक वातावरणमा गर्ने भोजन वा रमाइलो प्रेमवार्ता वा शृंगाररसयुक्त ठट्टालाई पनि प्राक्क्रीडा नै ठान्ने गरेको पाइन्छ ।

तर यथार्थ के हो भने कतिपय व्यक्तिहरु यौनसम्पर्कको सुरुआत नै एकैपल्ट यौनांगको मिलनबाट गर्छन् । यसो गर्नाले पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैले चरम यौनआनन्द पाउन गाह्रो हुन सक्छ वा भनौं यौनसुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्राक्क्रीडामा संलग्न हुँदा यौनआनन्दलाई यसको चरम बिन्दुमा पुर्याउन मद्दत गर्दछ । प्राक्क्रीडामा संलग्न हुँदा एक-अर्काको शरीर, उसका संवेदनशील अंगका बारेमा थाहा हुने मात्र होइन दम्पतीबीच एक-आपसमा राम्रो कुराकानी हुने र एकअर्कालाई राम्ररी बुझने अवसर पनि मिल्छ । साथै आपसी समझदारी बढाउन पनि मद्दत मिल्छ । यही आपसी समझदारीले नै वास्तवमा यौन तथा वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ । यसका लागि यौनप्रतिक्रिया चक्र र हाम्रा संवेदनशील अंगका बारेमा थाहा हुन जरुरी हुन्छ ।

उत्तेजनात्मक अंगहरु

व्यक्ति-व्यक्तिमा केही फरक पर्ने भए पनि यौनांग, यौनांगवरिपरिको क्षेत्र, नितम्ब, ओठ, गर्दन, स्तन, काखी, तिघ्रा, नाभीक्षेत्र आदि केही प्रमुख यौनसंवेदनशील अंग मान्न सकिन्छ । यौनांगको कुरा गर्दा पुरुषहरुको लिंगलाई नबिर्से जस्तै महिलाको यौनांगको कुरा गर्दा भगांकुरलाई बिर्सनु हुँदैन ।

गहिरिएर हेर्ने हो भने हाम्रो शरीर नै यौनमय छ र यौन उत्तेजनाको कुरा वास्तवमा हाम्रो मस्तिष्कबाट नै सुरु हुन्छ । यस अर्थमा भन्ने हो भने मस्तिष्क नै हाम्रो सबैभन्दा महत्त्वपूर्ण यौनांगको रुपमा लिन सकिन्छ । प्रत्यक्षरुपमा यौनसंवेदनशील अंगलाई उत्तेजित पारेकोजस्तो देखिए पनि वास्तवमा प्राक्क्रीडाको दौरानमा हामी मानसिकरुपमा पनि तयार भइरहेका हुन्छौं । प्राक्क्रीडाले यसरी हामीलाई शारीरिक तथा मानसिकरुपमा तयार गर्ने भएको हुनाले नै हामीले भरपूर यौनआनन्द प्राप्त गर्न सक्छौं ।

चरम सुख कसरी थाहा पाउने ?

कतिपय व्यक्तिले पुरुषले मात्र यौन चरम सुख प्राप्त गर्ने गर्छन् भन्ने ठान्छन् तर महिलाले पनि पुरुषले जस्तै यौन चरम सुख पाउँछन् । मानव यौनप्रतिक्रिया चक्र (Sexual Response Cycle) का चारवटा चरणहरु हुन्छन् । ती हुन्- एक्साइटमेन्ट फेज (Excitement Phase), प्लाटो फेज (Plateau Phase), अर्गाजम फेज (Orgasm Phase) र रिजोलुसन फेज (Resolution Phase)। समग्रमा उस्तै नै हुने भए पनि पुरुष तथा महिलाको यौनप्रतिक्रियाचक्रमा केही फरक भने हुन्छ ।

पहिलो एक्साइटमेन्ट फेज -उत्तेजनाको चरण) लाई निरन्तरता दिएमा व्यक्ति दोस्रो चरण -प्लाटो फेज) मा पुग्छ । यो चरणमा यौनउत्तेजनाको मात्रा अझै बढ्छ । यो कसैमा थोरै बेरको हुन्छ भने कसैमा अलि लामै पनि हुन सक्छ । महिलाहरूमा योनिद्वार अझै खुल्ने तथा यसवरिपरिको भाग फुलेर आउने अर्थात् ठूलो भएर आउने हुन्छ । योनिद्वारवरिपरिको भाग यसरी बढ्ने भएकोले भगांकुर अलि भित्र दबेको जस्तो देखिन्छ । स्तनपान नगराएका महिलामा स्तनको आकार बढेको तुलनात्मकरुपमा स्पष्ट देखिन्छ । आधाभन्दा बढीजसो महिलामा अनुहार र शरीरको छाला रातो (Sex Flush) हुन्छ । पुरुषले जस्तै यस चरणमा महिलाले पनि आन्तरिक न्यानोपन तथा दबाबको महसुस गर्छन् । मांसपेशीहरुमा तनाव पैदा हुन्छ, मुटु तथा श्वास-प्रश्वासको गति एकदम तीव्र हुन्छ तथा रक्तचाप बढ्छ ।

प्लेटो फेजमा भएको यौन स्टिमुलेसन (Stimulation) निरन्तररुपमा भएमा चरम सुखको चरण -अर्गाजम फेज) मा पुगिन्छ । यो चरणमा बढ्दै गएको यौनतनावको उन्मोचन (discharge) हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्त्व छ । यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउँछ र खुम्चिने तथा खुल्ने हुन्छ । श्वास-प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप निकै बढ्छ ।

महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवम् शरीरको तल्लो भागका मांसपेशीहरु खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरम सुख पाउँदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम -स्वर्गीय) आनन्द भन्छौं । यसपछि पुनः सबै कुरा सामान्य अवस्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज (Resolution Phase) भन्छौं ।

प्राक्क्रीडा कसरी गर्ने ?

आधारभूत रुपमा महिला र पुरुषमा समान हुने भए पनि केही भिन्नता भने पक्कै देख्न सकिन्छ । यौनउत्तेजनाको सुरुआत मानिसमा मानसिक तथा शारीरिक कारण दुवैले हुने गर्दछ । यौनउत्तेजनात्मक कुराको सोचाइ वा परिकल्पना एकातिर छ भने यौन संवेदनशील अंगहरूकै सीधा घर्षण अर्कोतिर छ भन्ने हामीले बिर्सनु हुँदैन । प्रायजसो पुरुषको तुलनामा अधिकांश महिलाहरुलाई चरम सुखको स्थितिमा पुग्न केही बढी समय लाग्छ । महिलामा भगांकुरबाट प्राप्त हुने यौन चरम सुख र योनिबाट प्राप्त हुने यौन चरम सुखमा अन्तर हुन्छ । कतिपय अनुसन्धानकर्ताहरू महिलामा भगांकुरबाट मात्र चरम सुख प्राप्त हुने कुरामा विश्वास गर्छन् र यसको लागि भगांकुर घर्षणको आवश्यकता पर्छ ।

सही तालमेल नमिल्नाले चाहेको मात्रामा यौनसुख प्राप्त गर्न सकिंदैन । यसबारे दुवै जना यौनसाथीको बीचमा खुला र स्पष्ट कुराकानी त्यसैअनुरुप यौनसन्तुष्टि बढाउने किसिमको क्रियाकलापको खोजीमा निरन्तर लाग्नु जरुरी छ । पर्याप्त प्राक्क्रीडा नै नगरी यान्त्रिक रुपमा सम्भोग गर्ने चलनले गर्दा पनि दुवै यौनसाथीको बीचमा यौनसम्पर्कको बेलामा तालमेल स्थापित गर्न अप्ठेरो पर्छ । एकले अर्कोलाई सक्दो मद्दत गर्नुपर्ने हुन्छ ।

आफ्ना यौनक्रियाकलापबारेमा राम्ररी छलफल गर्नुको साथै दुवै जनाले साथसाथै चरम सुख प्राप्त गर्न पर्याप्त अभ्यास गरेमा सफल हुन सकिन्छ । हामी यन्त्र होइनौं भन्ने कुरा बुझनुपर्छ । राम्रो अभ्यासको वाबजुद पनि बरोबर असफलता हात लाग्न सक्छ । त्यसैले निरन्तर अठोट र प्रयासको आवश्यकता पर्छ ।

प्राक्क्रीडा गर्दा धेरैजसो परिस्थितिमा चुम्बन, शरीर तथा यौनांग सुम्सुम्याउने वा चलाउने आदि यौनक्रियाकलाप गरेर एक-आपसमा यौनउत्तेजना बढाउने गरिन्छ । गहिरो चुम्बन (French Kiss) तथा शरीरका अन्य संवेदनशील अंगको चुम्बन निकै सहयोगी हुन सक्छ । त्यसैगरी विभिन्न अंगको मालिस गर्ने पनि एक महत्त्वपूर्ण क्रियाकलाप हुन सक्छ। मधुरो प्रकाशमा सुगन्धित तेलको प्रयोग, सँगै नुहाउने वा पानी (bath tub) मा अर्ध डुबेर यस किसिमका मालिस गर्न सकिन्छ । धूपको रुपमा होस् वा अत्तरको रुपमा, सुगन्धको प्रयोगले मादकता थप्न सक्छ ।

शरीरलाई सुम्सुम्याउनु अर्को महत्त्वपूर्ण यौनक्रियाकलाप हो । हल्कारुपले आफ्नो यौनसाथीको शरीरका विभिन्न भागहरुको स्पर्श गर्नु वा सुम्सुम्याउनु यौनउत्तेजक हुन्छ । प्वाँख वा यस्तै कोमल वस्तुको प्रयोग अझै राम्रो साबित हुन सक्छ । यसो गर्दा आफ्नो यौनसाथीको कुन-कुन भाग संवेदनशील छ वा कुन-कुन अंग छोइएको मनपराउँछ भन्ने कुरा पनि थाहा पाउन मद्दत मिल्छ । कसैले हल्कारुपमा छोइएको मन पराउँछन् भने कतिले कडा किसिमले छोएको मन पराउँछन् । यी संवेदनशील अंगहरु सुम्सुम्याउने कुरा मात्र नभई चुम्बन गर्ने, चाट्ने, चुस्ने, थप-थप गर्ने, चिमोट्ने, माड्ने, हल्का टोक्ने, हल्का चिथोर्नेजस्ता थुप्रै क्रियाकलाप आफ्नो रुचिअनुरुप गर्न सकिन्छ । बिस्तारै यौन भावभंगीमा लुगा फुकाल्दै जानु पनि प्राक्क्रीडा हुन सक्छ ।

कतिपय व्यक्तिले एक-दुइ पल्ट यस्तो प्रयास गरेपछि सफलता हासिल नहुँदा निराश भई कोशिश नै गर्दैनन् । पति-पत्नीको उत्तेजनाको स्तरलाई हाराहारीमा ल्याई दुवै जनाले एकैसाथ यौन चरम सुख पाउने अभ्यास गर्न सकिन्छ । तर सबैले यन्त्रजस्तो गरेर त्यसै हुनुपर्छ भन्नु मनासिव हुँदैन । तर मुख्य कुरा यहाँ अभ्यास नै हो । जति अभ्यास गरियो त्यति नै यसमा सफलता पाउन सकिन्छ । केही गरेर यो गर्न त्यति सजिलो नभए पनि यौन चरम सुख प्राप्त गर्नबाट वञ्चित हुनुपर्छ भन्ने पनि छैन । एकपछि अर्कोले पालो-पालो यौन चरम सुखको स्थितिमा पुगे पनि हुन्छ । अर्को कुरा, कुनै पनि पुरुषले आफ्नी श्रीमतीको यौन चरम सुखको प्राप्तिप्रति समर्पित यौनक्रियाकलाप त जहिले पनि गर्न सक्छन् । बुझनुपर्ने कुरा के भने जादुको छडीजस्तो कुनै निश्चित क्रियाकलापपछि यौनसम्पर्क गर्न पाइने भन्ने हुँदैन । यसको लागि एक-आपसमा अन्वेषण गर्नुपर्छ । यस्तो हतार नगरी बिस्तारै बढ्नु सफलताको अघि पुग्ने सजिलो उपाय हुन सक्छ ।

चरम सुखपछिको निरन्तरता

महिला चरम सुखको नजिक पुग्दा पुरुषको स्खलन भएर यौनसम्पर्कलाई निरन्तरता दिन नसक्दा स्वाभाविक रुपमा नै महिलालाई नरमाइलो लाग्छ । तर यस्तो किन हुन्छ भन्ने थाहा पाएमा समझदारी बढाउन मद्दत गर्दछ । यदि चरम सुखको चरणपछि पनि यौन स्टिमुलेसन (Stimulation) निरन्तररुपमा भइरहयो भने कतिपय महिलाहरुले एकपल्टभन्दा बढी चरम सुख (multiple orgasm) पाउन सक्छन् । तर पुरुषहरुमा भने यस्तो हुँदैन ।

महिला तथा पुरुषबीचको सबैभन्दा महत्त्वपूर्ण फरक रिफ्रायाक्टरी पिरियड (Refractory Period) हो । यस अवधिमा पुरुषलाई जति नै तीव्र किसिमको यौनउत्तेजना दिए पनि उत्तेजित गराउन सकिंदैन । व्यक्तिअनुसार तथा एक व्यक्तिमा पनि विभिन्न समयमा यो अवधि फरक-फरक हुन सक्छ । केही मिनेटदेखि यो कैयौं घन्टासम्मको हुन सक्छ । यस स्वाभाविक कुरालाई पुरुषको यौनअक्षमता भनेर प्रश्न उठाई अनावश्यक चिन्ता गर्न आवश्यक छैन । उक्त रिफ्रायाक्टरी अवधिपछि पुरुष पुनः यौनसम्पर्कको लागि तयार भैहाल्छ ।

चरम सुखका लक्षणहरू

चरम सुखको चरणमा मांसपेशीहरुमा निकै तनाव आउँछ र आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास-प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप निकै बढ्छ । महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवम् शरीरको तल्लो भागका मांसपेशीहरु खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरम सुख पाउँदा यस्तो मांसपेशी खुम्चने-फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यस बेला जुन सुखानुभूति हुन्छ त्यसलाई चरम सुख वा चरम -स्वर्गीय) आनन्द भन्ने गरिन्छ ।

पुरुषहरुको हकमा भने यो चरम सुख पाउने कुरा दुइ चरणमा पूरा हुन्छ । सुरुमा आन्तरिक अंगहरुको खुम्चने-फुक्ने क्रम सुरु हुन्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ । यस अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने भएकोले प्वाइन्ट अफ नो रिटन (Point of no return) पनि भनिन्छ । त्यसपछि मूत्रनली, लिंग तथा पौरुषग्रन्थिको खुम्चने-फुक्ने क्रम सुरु हुन्छ र वीर्य पनि बाहिर निस्कन्छ । वीर्य लिंगबाट बाहिर निस्कनुलाई नै हामी वीर्य स्खलन भएको भन्छौं । यही बेला नै पुरुषहरुले चरम सुख पनि पाउँछन् ।

यी सबै लक्षणहरूको अवलोकनबाट कसैले यौनसुख पाए/नपाएको कुरा थाहा पाउन सकिन्छ । तर कोही व्यक्ति यौनक्रियामा संलग्न हुन्छ भने ऊ आफैंले यस्ता लक्षणहरू अवलोकन गर्नु सजिलो कुरा होइन । अवलोकन गर्न भनेर कसैले यौनक्रियाकलापलाई नै रोकेमा यौनसाथीलाई पनि त्यसको प्रभाव पर्छ र यौन चरम सुखको स्थितिसम्म पुग्न लागेकै भए पनि अवरुद्ध हुन सक्छ ।

यसबारे थाहा पाउनु सबैभन्दा राम्रो उपायचाहिँ यौनसाथीलाई यौन चरम सुख पाए/नपाएको स्पष्ट सोध्नु नै हो । आफ्ना यौनजीवनका बारेमा स्पष्ट कुराकानी गर्न सकिएपछि यसलाई अझै सुमधुर बनाउन निकै मद्दत गर्दछ ।

सम्भोगका कुरा

पुरुषहरूजस्तै महिलाहरू पनि यौनउत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उत्तेजित हुन्छन् । यौनक्रियाकलापमा संलग्न हुनुभन्दा पहिले प्राक्क्रीडामा संलग्न भएमा यौनउत्तेजना प्राप्त गर्न र चरम सुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरम सुख प्राप्त गर्न मद्दत पनि गर्छ ।

पुरुषले जस्तै महिलाले पनि यौन चरम सुखको अनुभव गर्न पाउनु यौनअधिकारको कुरा हो । अर्कोतिर हरेक पटकको यौनसम्पर्कमा साथसाथै चरम सुख प्राप्त गर्नु सजिलो कुरा होइन र यो नै हुनुपर्छ भन्ने पनि छैन । साथै चरम सुख पाइएन भने पीर गर्नुपर्ने आवश्यता छैन र पाउँदा वास्तविक अर्थमा सम्भोगको स्थितिमा पुग्न सकिन्छ । सम्भोग अर्थात् समभोग जसको अर्थ दुवै जना यौनसाथी -पति-पत्नी ) ले समानरुपमा यस सुखलाई भोग गर्न पाउने कुरा हो।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
लिङ्ग उत्तेजना गराउन प्रयोग गरिने औसधि वा अन्य चिजहरु
»
Previous
महिलालाइ उत्तेजित बनाउने अंगहरु

No comments:

Leave a Reply