असार ८ – काठमाडौं, - चर्चित गायिका अन्जु पन्त र गायक मनोज राजको दाम्पत्य जीवन सफल हुन सकेन । उनीहरुको माया मनोजले गाएको गीत झैं ‘पानीको फोकाजस्तै’ भयो । यो सांगीतिक जोडीको बिछोडको खबरले धेरै श्रोताको मन रोयो ।
तर अब खुशीको खबर छ । दाम्पत्य जीवनबाट अलग भए पनि अन्जु र मनोजले सांगीतिक जीवनबाट भने पारपाचुके गरेका रहेनछन् । हालै मात्र अन्जु र मनोजको स्वरमा एउटा डोयट गीत तयार भएको छ । यो नयाँ गीतमा अन्जु र मनोजले आफ्नै कथा गाएका छन् । राजधानीको थापा गाउँस्थित प्रज्ञा साउण्डमा रेकर्ड भएको गितको स्थाई यस्तो छः
अन्जु : कस्तो माया लाइयो हजूर
मनोज : आँसु मात्र पाइयो हजूर
चोट मात्रै खाइयो हजूर
गीतकार गोविन्दप्रसाद उपाध्यायको नयाँ एल्बम ‘सत्यता २’ मा समेटीएको यो गीतमा धेरै पछि अन्जु र मनोजले एक साथ गाएका हुन् । यसरी अन्जु र मनोजकै कथालाई गितमा उन्ने र उनीहरुकै स्वरमा गाउन लगाउने अवधारणा भने बैंकर एवं गीतकार गोविन्दप्रसाद उपाध्यायको हो । हरि लम्सालको संगीत र किरण कँडेलको एरेन्जमा तयार भएको यो गीत सोमबार स्टार एफएमबाट पहिलो पटक प्रशारण भएको छ । रेडियो प्रशारणहरुमा यो गीतको प्रोमो पनि बज्न थालीसकेको छ । यसले अन्जु र मनोजले एक साथ गाएको हेर्न रुचाउने श्रोता खुशी भएका छन् ।
‘अन्जु र मनोजबीचको दाम्पत्य सम्बन्ध टुटे पनि संगीतको सम्बन्ध टुट्नु हुन्न भनेर मैले एउटा योजना बनाएँ । दुबै जल्दा बल्दा कलाकार आफ्ना भावनालाई दुबैले मिलेर गाउन भनेर मैले गीत रचेँ, हरीले बेजोड संगीत भरे, अनी अन्जु र मनोजले उत्तिकै मार्मीक ढंगले गाए’, गीतकार गोविन्द भन्छन् ।
संगीतकार हरि लम्सालका अनुसार यो गीतमा अन्जु र मनोजले अलग–अलग दिनमा आएर स्वर भरेका हुन । ‘डोयट गाउन भने दुबै सहमत भएकाले उनीहरुको सम्बन्धमा पानी बाराबारको अवस्था नरहेको देखिन्छ’, हरि भन्छन् । हरिका लागि यो एल्बम ड्रिम प्रोजेक्ट हो । त्यसैले संगीतमा उनले विशेष खुबी देखाएका छन् । ‘पानीको फोकापछि मैले धेरै आशा गरेको एल्बम यही नै हो’, हरि भन्छन् ।
सत्यता २ मा के छ ?
पहिलो एल्बम ‘सत्यता’ को सफलताबाट हौसिएका गितकार गोविन्दको दोश्रो एल्बम ‘सत्यता २’ केही दिनमै बजारमा आउँदैछ । यसमा उनले सात वटा गीत समावेश गरेका छन् । यसमा गीतकारले नव गायिका निकिता थापालाई अघि सारेका छन् । निकिता नेपाली गायनको महिला स्वरमा आशालाग्दी प्रतिभा हुन् । त्यसैगरी पहिलो पटक उनले ‘बाणी ब्याण्ड’ का पुष्पन प्रधानलाई पनि एल्बममा समेटेका छन् । चर्चित गायक राज सिग्देलको स्वरमा सजिएको ‘म सराबी म सराबी’ पनि एल्बमको अर्को आकर्षण हो । अनी ‘म त तिम्रो नफापेको मान्छे’ बोलको गीत पनि उत्तिकै कर्णप्रिय छ ।
को हुन गीतकार गोबिन्द ?
गोबिन्द उपाध्याय पेशाले बैंकर हुन । उनी राजधानीको हात्तिसारस्थित एपेक्स डेभलपमेन्ट बैंकका सिइओ हुन् । गीत लेख्न थालेको कम समयमै उनी चर्चामा आएका छन् । उनको पहिलो एल्बम ‘सत्यता’ ले तीन पटक ‘एल्बम अफ द इयर’को पुरस्कार पाइसकेको छ । ब्लु डाइमण्ड स्टार एफ. एम. अवार्ड, योङ माइन्ड इन्टरटेनमेन्ट अवार्ड र म्युजिक खबर डटकम अवार्ड गरी तिनपटक ‘बेस्ट एल्बम अफ द इयर’ पुरस्कार जितेको हो । ‘सत्यता’ मै समावेश भएको चर्चित गीत अन्जु पन्तको स्वरमा रहेको ‘कथा जिन्दगी’ कोले स्टार एफएम र म्युजिक खबर डटकमबाट उत्कृष्ट मिक्सीङ (महेश्वरमान राजभण्डारी) पाइसकेको छ ।
अचेल गितकार गोबिन्दलाई पुरस्कार र सम्मान थाप्नमै भ्याइ नभ्याइ छ । गितकार संघ नेपालका तर्फबाट उत्कृष्ट दश गीतकारको सम्मान थापेलगत्तै उनलाई संगीत निर्देशक संघले सम्मान ग¥यो । त्यसलगत्तै उनलाई लोकसंचारकर्मी संघले सम्मान ग¥यो । हालै उनले उपराष्ट्रपति परमानन्द झाबाट विशेष सेवा सम्मान पाइसकेका छन् ।

No comments: