» » सुसेलेर साथी नडाक्नू नि! यौन दुर्व्यवहारको फन्दा पर्ला !

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सुसेलेर साथी नडाक्नू नि!काठमाडौं-सैनिक सेवामा हुनुहुन्छ? साथी डाक्न वा कुनै गीतमा मन बहलाउन नसुसेल्नू है? यौन दुर्व्यवहारको फन्दामा कसिनुहोला! नेपाली सेनाले पुस १९ बाट लागू गरेको 'नेपाली सेनामा लैंगिक आचारणसम्बन्धी निर्देशका, २०७०' ले कसैलाई हेरेर सुसेल्नुलाई पनि यौनजन्य गतिविधिमा राखेर कारबाहीको व्यवस्था गरेको छ।

सेनासम्बन्धी कुनै सभा, समारोह तथा पार्टीमा सहकर्मीलाई गलत मनशायले छुने, थपथपाउने, अनिच्छित चुम्बन लिने वा अँगालो मार्र्नेजस्ता गतिविधि गरे सरकारी जागिरका लागि सदा अयोग्य हुनेगरी सैनिक सेवाबाट निकालिने मात्र होइन, कैदसजायकै भागीदार हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ।
निर्देशिकाले यस्ता घटनामा संलग्नलाई मात्र होइन, देखीजानी चुप लाग्नेलाई समेत 'प्रोत्साहन दिएको' अभियोगमा सजाय गर्नेछ।

सैनिक व्यक्ति– पुरुषले महिलालाई, महिलाले पुरुषलाई र पुरुष/पुरुषबीच तथा महिला/महिलाबीच आफू सेवामा रहेको जुनसुकै समयमा यौनजन्य दुर्व्यवहार गरे त्यसलाई 'गम्भीर अपराध' मानिने लैंगिक आचरण सेनाले व्यवहारमा ल्याएको हो।

'अहिलेसम्म यौन दुर्व्यवहारका ठूला घटना सेनामा देखिएको छैन। सामान्य घटना र उजुरी भने परिरहन्छन्,' सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले नागरिकसँग भने, 'सेनामा उच्चस्तरको अनुशासन तथा आचरण कायम राख्न र सुरक्षित तथा मर्यादापूर्वक काम गर्न पाउने वातावरण सिर्जना गर्ने उद्देश्यले लैंगिक आचारणसम्बन्धी निर्देशिका ल्याएका हौं।'

सैनिक आचरण व्यवस्थित गर्न ल्याइएको निर्देशिका सेवामा रहेका व्यक्ति ब्यारेक हाताभित्र/बाहिर तथा ड्युटी/अफ ड्युटी जुनसुकै बेला लागू हुने जनाइएको छ।

यौनजन्य दुर्व्यवहार (शारीरिक, मौखिक, लिखित वा इशाारा), महिलाविरुद्ध हिंसा र सैनिक आचरणविरुद्धको कार्य गरी खास तीनवटा मुद्दालाई निर्देशिकामा समेटिएको छ।

बलात्कार वा बलात्कार प्रयास, यौनजन्य तथा गतल मनशायले छुने, चिमोट्ने, अँगालो हाल्ने व्यवहार तथा गतिविधिलाई सेनाले 'शारीरिक यौनजन्य दुर्व्यवहारका रुपमा लिएको छ। अश्लील वा अपमानित वचन, यौनजन्य चुट्किला, अश्लील कुराकानी वा ठट्टा, लैंगिक विशेष अपमान वा टिप्पणीलाई मौखिक यौनजन्य दुर्व्यवहारमा राखिएको छ।

मौखिक यौनजन्य दुर्व्यवहारअन्तर्गत सैनिक सेवामा रहँदा सेनाले कसैलाई डेटिङका लागि दबाब दिन मात्र होइन, ठट्टा–मस्करी गर्ने उद्देश्यले सुसेली हाल्नसमेत पाउनेछैनन्। अनावश्यक रुपमा महिला कर्मचारीलाई बासस्थान वा कार्यालयमा राख्ने र ठट्टा गर्ने गरे पनि उनीहरुमाथि कारबाही अघि बढ्नेछ।

'पदको आडमा कुनै प्रकारको सुविधा, सहुलियत दिन्छु भनी निश्चित स्थानमा बोलाउने, यौनजन्य आमन्त्रण गर्ने, अशिष्ट, अशोभनीय, निन्दनीय आचरणजस्ता पनि व्यवहार गर्न पाइनेछैन,' सेनाले नयाँ निर्देशिकामा स्पष्ट भनेको छ।

यौनजनित अश्लील इशारा, यौनजन्य सामग्री वितरण तथा उपहार दिने कार्यलाई निर्देशिकाले 'लिखित वा इशाराजन्य यौनर्दुव्यवहार' मानेको छ।

अश्लील वा कामुक तस्बिर, चलचित्र, वस्तु वा लिखित सामग्री प्रदर्शन गर्नु र विद्युतीय माध्यमद्वारा पठाउनुलाई पनि सेनाले लिखित वा इशाराजन्य यौन दुर्व्यवहारअन्तर्गत राखेको छ।

सैनिक सेवामा रहेका व्यक्तिले घरेलु हिंसा, बालविवाह, बहुविवाह गरे भने पनि सैनिक ऐन, २०६३ अनुसार कारबाही गरिने निर्देशिकामा जनाइएको छ।

'सेनाको मेरुदण्ड भनेको अनुशासन हो। अनुशासन तथा नैतिकताविपरीत सैनिक व्यक्ति (पुरुष/महिला) ले सैनिक व्यक्तिसँग वा गैरसैनिक व्यक्तिसँग सहमतिमा अनुचित (शारीरिक) सम्बन्ध राखेमा सैनिक अनुशासन तथा आचरणविरुद्धको कार्य मानी कारबाही गरिने' निर्देशिकामा उल्लेख छ।

पृतना/बाहिनी तहमा यस्ता महिला हिंसा तथा यौनजन्य दुर्व्यवहार भए सम्बन्धित घटनाका सम्बन्धमा पृतना/बाहिनी तहमा प्राड अधिकृत र गण तथा गुल्ममा कार्यप्रबन्ध अधिकृतले उजुरी लिई गोप्य रुपमा छानबिन गर्नुपर्ने व्यवस्था गरिएको छ।

जंगीअड्डा (सैनिक मुख्यालय) को हकमा भने प्रत्येक कार्यालयमा लैंगिक फोकल प्वाइन्ट अधिकृत नियुक्त गरिएको छ। अधिकृतले परेका उजुरी जम्मा गरी प्राड विभागमा पठाउनुपर्ने हुन्छ। आरोपको सुनुवाइ प्राड विभागले गर्नेछ। उजुरी गर्न सहज वातावरणका लागि प्रत्येक युनिटमा छुट्टै उजुरी बाकस व्यवस्था गरिएको छ। तोकिएको अधिकृतले मात्र हप्ताको एकपटक अनिवार्य रुपमा बाकस खोल्न सक्नेछन्।

उजुरीका लागि छुट्टै फाराम तयार पारिएको छ। फाराम उपलब्ध नभएको अवस्थामा घटनाको विवरण उल्लेख गरी उजुरी दिन सक्ने व्यवस्था निर्देशिकाले गरेको छ। उजुरी गर्न नसक्ने अवस्था भए वा नदिए पीडितको स्वीकृति लिई जोसुकैले उजुरी सुन्ने अधिकारीसमक्ष लिखित उजुरी दिन सक्नेछन्। पीडित तथा घटनाबारे थाहा पाउने व्यक्तिले युनिटका साथसाथै प्रधान सेनापतिको कार्यालय, प्राड विभाग, मानवअधिकार निर्देशनालय, महिला शाखामा समेत उजुरी दिन सक्ने व्यवस्था मिलाइएको छ।

'पीडित व्यक्ति महिला भएमा छानबिनका लागि गठित बोर्डमा अनिवार्य रुपमा एकजना महिला अधिकृत राख्ने,' निर्देशिकामा उल्लेख छ, 'गण, गुल्ममा महिला अधिकृत नभए बाहिनी/पृतनाबाट झिकाई निष्पक्ष रुपमा प्राथमिकता दिई छानबिन गर्ने।'

व्यक्तिगत स्वार्थपूर्तिका लागि कसैले झुटो आरोप लगाएको प्रमाणित भए यस्तो व्यक्ति, माध्यम बनाउने व्यक्तिलाई समेत कडा कारबाही हुने निर्देशिकाले व्यवस्था गरेको छ।

निर्देशिकामा सेनाले भौतिक संरचनासमेत महिलामैत्री बनाउनुपर्ने उल्लेख छ। भौतिक संरचना निर्माण गर्दा महिलाका लागि छुट्टै बासस्थान, शौचालय, पोसाक परिवर्तन कक्ष बनाउनुपर्नेछ। महिला सैनिक व्यक्तिलाई रात्रिकालीन ड्युटीमा खटाउँदा वा अन्यत्र सरुवा गर्दा एक्लै पठाउन पाइनेछैन। दुई वा दुईभन्दा बढी सैनिक खटाउनुपर्ने व्यवस्था निर्देशिकामा छ।


निर्देशनबमोजिम कार्यान्वयन भए–नभएको परिणाममुखी अनुगमन तथा मूल्यांकन गरी नीति कार्यान्वयनमा उत्कृष्ट योगदान दिने युनिट तथा कर्मचारीलाई पुरस्कार व्यवस्था गर्ने घोषणासमेत सेनाले गरेको छ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाका विभिन्न तहमा अहिले १ हजार ७ सय ७६ महिला कार्यरत छन्, जुन कूल सेनाको एक दशमलब ९१ प्रतिशत हो। कूलको ५ प्रतिशत महिला संख्या पुर्‍याउने लक्ष्य सेनाले लिएको छ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply