» » रचण्ड गर्मी सहँदै ज्ञानेन्द्र किन झरे मधेस ?

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


मंसिरमा चुनाव नभए शीतलनिवासमा गर्मी बढ्ने


२९ काठमाडौं । मधेसमा यतिबेला हपहपी गर्मी छ । गर्मी ठाउँमै जन्मिएका मधेसी नेताहरु गर्मी र लामखुट्टेदेखि डराएर राजधानीमै बसिरहेका छन् । तर, काठमाडौंको शीतल मौसममा जन्मिएका पूर्वराजा ज्ञानेन्द्र भने कमीज सुरुवालमाथि इष्टकोट लगाएर मधेसको धूपमा सक्रिय छन् । आखिर यस्तो गर्मीका बेला ज्ञानेन्द्र किन डुलिरहेका छन् मधेस ? यहीबेला मधेसका मठ मन्दिरमा डुल्नैपर्ने त्यस्तो के पर्यो पूर्वराजालाई ?

पूर्वराजाको मधेस भ्रमणका क्रममा मन्दिरमा पूजा आजामात्रै चलिरहेको छैन, राजतन्त्रको पक्षमा नारा लगाउने र विरोध गर्नेहरुवीच चर्को राजनीतिक पनि भइरहेको छ । ज्ञानेन्द्रको विरुद्धमा र समर्थनमा दुबैथरि मानिसहरु देखा परेका छन् । बारादेखि सप्तरीसम्म ज्ञानेन्द्रको समर्थनमा पनि जनमत देखिएको छ । घटनाक्रमबाटै प्रष्ट हुन्छ कि यो गर्मीमा पूर्वराजा ज्ञानेन्द्र पूजागर्न मात्रै मधेस झरेका हैनन् ।

नेपालमा गणतन्त्र ल्याउन बाह्रबुँदे सम्झौतादेखि नै भार र नेपालका नेतावीच दूतको भुमिका निभाउँदै आएका मधेसी मूलका एक चर्चित राजनीतिक खेलाडीले अनलाइनखबरसँग भने- ‘गर्मीले गर्दा म आफैं मधेस जान नसकेर काठमाडौंमा बसिरहेको छु, तर पूर्वराजा त्यस्तो गर्मीको पनि कुनै प्रवाह नगरी घुमिरहेका छन्, उनी पूजा गर्नमात्रै मधेस गएका हैनन् ।’

पूर्वराजा मधेस जानुको कारण के हो त ? अनलाइनखबरको प्रश्नमा उनले भने- ‘मधेसी जनताको माया लागेर मधेसी जनतालाई मद्दत गर्न उनी त्यहाँ गएका हैनन्, त्यत्रो नारायणहिटी दरबार एउटा पियनसम्म मधेसीलाई राखिएको थिएन ।’ उनले विश्लेषण सुनाए-’ आगामी मंसिरमा चुनाव नहोस् र त्यसपछि शीतल निवास खाली गराउन पाइयोस् भनेर एकथरिले षड्यन्त्र गरिरहेका छन्, त्यसैलाई सफल पार्न ज्ञानेन्द्रले यो अभियान थालेका हुन् ।’ गणतन्त्रवादी मधेसी युवा नेता एवं विश्लेषकले थपे- ‘मंसिरमा चुनाव भएन भने गणतन्त्र धरापमा पर्छ । आगामी साउन १३ पछि शीतलनिवासको बैधानिकतामाथि प्रश्न उठ्न थाल्छ ।’

राजावादीले जिते संविधानसभाबाटै राजतन्त्र

स्मरणरहोस् यसअघि राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी संविधानसभामा आफूहरुको बहुमत आए संविधानसभाबाटै राजतन्त्र फर्काउने बताइसकेका छन् । यो कुरा निश्चित छ कि आगामी चुनावमा आफ्नो सीट संख्या र प्रभाव बढाउने योजनामा थापाको पार्टी सक्रिय भएर लागेको छ । यही बेला पूर्वराजा ज्ञानेन्द्रले मधेसमा डुलेर आफ्नो पक्षमा सिर्जना गरेको उभारले आउँदो चनाुवमा कमल थापालाई प्रत्यक्ष मद्दत पुर्याउने छ । ज्ञानेन्द्रको भ्रमणका क्रममा ज-जसले ‘राजा आऊ देश बचाऊ’ भनेर नारा लगाएका छन्, तिनीहरुको मत राजावादी दलले ‘क्यास’ गर्ने निश्चित छ ।

नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलासँग राम्रो सम्बन्ध रहेका ती मधेसी नेता भन्छन्- ‘यस्तो प्रचण्ड गर्मी सहेर ज्ञानेन्द्र त्यतिकै मधेस गएका होइनन्, यसको निकै ठूलो राजनीतिक अर्थ छ, जुन पछि थाहा हुन्छ ।’

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply