» » एसएलसी पास भएकाले जान्नैपर्ने कुरा

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


देखासिकीको 'साइन्स' भन्दा रहरको विषय नै जाति
२९ जेठ, काठमाडौं । नारायण श्रेष्ठ, धेरैले चिनेजानेको परिचित नाम । बीबीसीको ‘साझा सवाल’ कार्यक्रमका प्रस्तोता नारायण पत्रकारितासँगै लेखन र साहित्यको क्षेत्रमा पनि उत्तिकै सकृय हुनुहुन्छ ।

गोरखा घ्याल्चोक स्थायी घर भएका श्रेष्ठले त्यहीँको ज्ञानमार्ग माविबाट २०५१ सालमा प्रथम श्रेणीमा एसएलसी पास गर्नुभयो । एसएलसीमा राम्रो अंक ल्याएपछि आफन्त र साथीभाइले विज्ञान विषय पढ्न कर गरे । ‘मेरो लगाव र झुकाव साहित्य र लेखनतिर थियो, त्यतैतिर पढ्छु भन्ने सोच्दैथिएँ, तर बाध्यताले बिज्ञान पढ्नुपर्ने भयो’ नारायणले अनलाइनखबरसित भन्नुभयो । तर दुई वर्षमै उहाँले आफ्नो बाध्यतालाई चिरेर रहरको बाटोतिर लाग्नुभयो । ‘दुई वर्षसम्म विज्ञान विषय पढ्दा लाग्यो, मेरो क्षेत्र यो होइन रैछ । अनि रत्नराज्य क्याम्पसमा भर्ना भएँ र आफूलाई मन पर्ने पत्रकारिता तथा साहित्यिक अध्ययनमा लागें ।’ वाध्यताको विज्ञान विषय छाडेर मनले रोजेको मानविकी पढ्न थालेपछि उहाँको अध्ययन निकै राम्रो भयो । पढाईमा सोचेको भन्दा बढ्दा सफलता मिल्यो । त्यही पढाईले उहाँ अहिले ‘सेलिबि्रटी’ बन्नुभएको छ । ‘आफ्नो भित्री मनमा जे कुराको लगाव छ, त्यही पढ्नुपर्ने रैछ’ नारायणको अनुभव छ ।

बिज्ञानको बढावा

एसएलसीमा विशिष्ट श्रेणी ल्याउनेले मात्र होइन, ‘थर्ड डिभिजन’ मा पास हुनेले समेत उच्च शिक्षामा ‘साइन्स’ पढ्छु भन्छ । छात्राहरुमध्ये धेरैको रोजाई नर्सिङ हुन्छ भने प्रायः धेरैले ‘साइन्स’ नै पढ्ने चाहना राख्छन् । ‘साइन्स पढेपछि कृषि, वन, इञ्जिनियरिङ, मेडिकल लगायतका अरु जुनसुकै क्षेत्रमा पनि लाग्न सक्ने भएकाले धेरैले यही रोज्छन्’ शिक्षाविद डा. विद्यानाथ कोइरालाले अनलाइनखबरसित भन्नुभयो-’तर यसरी पढ्ने सबै सफल हुँदैनन् ।’

उच्च माध्यमिक शिक्षापरिषदका अनुसार एसएलसी पास गरेकामध्ये धेरैले पहिला विज्ञान विषय नै रोज्छन् । त्यसपछि व्यवस्थापन, मानविकी, शिक्षा लगायतका विषय प्राथमिकतामा पर्ने गरेका छन् । पढ्न जान्नेले विज्ञान विषय रोज्ने गरेपनि नतिजा भने सन्तोषजनक देखिँदैन । ‘उच्च शिक्षाको विज्ञानमा परीक्षा दिनेमध्ये ७० देखि ८० प्रतिशत उतीर्ण हुने गरेको तथ्याँक छ’ उच्च माध्यमिक शिक्षा परिषदका परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले अनलाइनखबरसित भन्नुभयो ।

त्यसो भए के गर्ने ?

‘राम्रो अंक ल्याउनेले विज्ञान नै पढ्नुपर्छ भन्ने छैन’ शिक्षाविद डा. कोइरालाले भन्नुभयो । विज्ञान विषय पढ्नको लागि क्षमतासँगै लगाव र आर्थिक पक्ष पनि उत्तिकै बलियो हुनुपर्छ । क्षमता भएर आर्थिक अवस्था कमजोर छ र आर्थिक अवस्था बलियो भएर क्षमता कम छ भने पनि विज्ञान नै नरोज्न उहाँको सुझाव छ । ‘सबैभन्दा ठूलो कुरा आफ्नो क्षमता हो, सँगै पारिवारिक र आर्थिक अवस्था पनि बुझ्नुपर्छ’ कोइरालाले भन्नुभयो -’विज्ञान मात्रै होइन, अरु विषय पढेर पनि भविष्य राम्रो बनाउन सकिन्छ ।’

विज्ञान विषय पढ्नेहरु पनि धेरै बेरोजगार छन् । ‘विज्ञान पढेर जागिर पाउने र अरु विषय पढेर काम नपाउने भन्ने हुँदै हुँदैन’ कोइरालाले भन्नुभयो-’पढेको कुरालाई कसरी जागिरमा बदल्ने भन्ने कुरा महत्वपूर्ण हो, यो सबै विषयमा संभव हुन्छ ।’

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply