» » यौनांगमा मुसा, बेलैमा उपचार नगरे क्यान्सर हुन सक्छ !!

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

    
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
के तपाईं यौनांगमा पलाउने मुसा (जेनइटल वार्टस्) को समस्याले ग्रस्त हुनुहुन्छ ? त्यसो भए आत्तिएर घरमै बसिरहनुको साटो छाला तथा यौन रोग विशेषज्ञको सुझाव लिइहाल्नुस् । यो समस्याको समाधान पाउन सक्नुहुन्छ । विशेषज्ञहरूका अनुसार, समयमै औषधि गरिएन भने यो मुसाले पूरै यौनांगलाई ढाक्न सक्छ । पछि काट्नुपर्ने हुन सक्छ । क्यान्सर हुने सम्भावना पनि हुन्छ ।

नेपालमा यो समस्याले पीडितहरूबारे खासै कुनै वैज्ञानिक तथ्यांक र बृहत् अध्ययन उपलब्ध त छैन, तर अरू मुलुकको तथ्यांक हेर्दा हाम्रो मुलुकमा यसको विस्तारबारे सजिलै अनुमान गर्न सकिन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेनसन

-सीडीसी) को तथ्यपत्र अनुसार, यौन क्रियाकलापमा सक्रिय त्यहाँका करिब एक प्रतिशत व्यक्तिलाई जीवनको कुनै न कुनै समयमा यौनांगमा मुसा पलाएर दुःख दिएको छ । मुसाबाट संक्रमित व्यक्तिसँग यौनसम्पर्क गरेको एक सातादेखि एक महिनासम्ममा स्वस्थ व्यक्तिमा यो सर्न सक्छ ।

अमेरिकास्थित नेसनल इन्स्िटच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज -एनआईएआईडी) का अनुसार, यौनांगमा पलाउने मुसा ह्युमन प्यापिलोमा भाइरस -एचपीभी) बाट संक्रमित भएको प्रमाण हो । धेरैजसो व्यक्तिको प्रजनन अंगमा एचपीभी संक्रमण भए पनि यौनांगमा मुसा नपलाउन पनि सक्छ । अमेरिकामा वर्षेनि चार सयजनालाई एचपीभी संक्रमणसम्बद्घ लिंगको क्यान्सर हुने गरेको र डेढ हजार व्यक्तिलाई एचपीभीसम्बद्घ मलद्वारको क्यान्सर हुने गरेको सीडीसीले जनाएको छ ।

‘हामीकहाँ यौनसम्पर्कले हुने संक्रमणको उपचार गराउन आउनेहरूमध्ये १७ प्रतिशतसम्ममा यौनांगमा पलाउने मुसाको समस्या देखिएको छ,’ त्रिवि शिक्षण असपताल, छाला तथा यौन रोग विभागका प्रमुख डा. दिनेशविनोद पोखरेल भन्छन्, ‘यौन रोगको समस्या लिएर आउनेमध्ये सबैभन्दा बढी मुसाले नै पीडित छन् ।’ पहिले विभागमा गोनोरिया, सिफलिसजस्ता यौन रोगका बिरामी बढी पुग्ने गर्थे भने अचेल यौनांगमा मुसा भएकाहरू धेरै पुग्ने गरेका छन् ।

यौनांगमा मुसा पलाउनुको कारण एचपीभी हो । विश्वभरमा सबैभन्दा बढी आम रूपले हुने यौनक्रियाबाट सर्ने रोग हो यो । सीडीसीको तथ्यपत्र अनुसार, एचपीभी करिब ४० प्रकारका छन्, जसले गर्दा यौनांगमा पलाउने मुसा हुने गर्छ । यसले मुख र घाँटीलाई समेत प्रभावित गर्छ । एचपीभीले नै पाठेघरको मुखमा क्यान्सर उत्पन्न गर्छ ।

‘जननांग अर्थात् लिंग र योनि तथा मलद्वारमा एचपीभी संक्रमण हुन सक्छ,’ वीर अस्पतालका छाला तथा यौन रोग विभाग प्रमुख डा. भाष्करमोहन कायस्थ भन्छन्, ‘मुखमैथुन गर्दा ओठ, जिब्रो र मुखभित्र पनि मुसा पलाउन सक्छ ।’

असुरक्षित यौनसम्पर्क, मुखमैथुन वा गुदामैथुनका कारण एचपीभी सरेर मुसा पलाउन सक्छ । यति मात्र नभई, एचपीभीले ग्रस्त कुनै व्यक्तिको ‘यौन खेलौना’ उपयोग गर्दासमेत यो रोग सर्न सक्छ । ‘समयमै उपचार नगरे बिस्तारै यो फैलिँदै जान्छ,

ठूलो हुन्छ र नयाँ ठाउँमा देखिन थाल्छ,’ डा. पोखरेल भन्छन्, ‘महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण यही एचपीभीको संक्रमण हो ।’

उनको अनुसार, शरीरका अन्य भागमा देखिने मुसा त्यति हानिकारक नभए पनि यौनांगमा पलाउने मुसा धेरै हानिकारक मानिन्छ । यो मुसा दुई यौन साथीमध्ये एकजनामा भए अर्काले समेत चिकित्सकको सल्लाह लिनुपर्छ । अमेरिकन एकेडेमी अफ डर्मेटोलोजी

-एएडी) का अनुसार, धूमपान गर्नेलाई यौनांगमा पलाउने मुसाको संक्रमण हुने सम्भावना धूमपान नगर्नेको दाँजोमा बढी हुन्छ ।

यौनांगमा पलाउने मुसाको लक्षण

यो मुसा प्रजनन अंगमा एक्लै वा काउलीको आकारमा समूहमा देखिन सक्छ । यो सामान्यतः संक्रमित व्यक्तिको छालाकै रंगको हुन्छ । यो मुसा चिलाउन सक्छ । कुनै पीडा नहुन पनि सक्छ । महिलामा यस्तो मुसा योनिको माथिल्लो खण्ड, योनिभित्र, गर्भाशयको मुखमा वा मलद्वारमा हुन सक्छ । पुरुषमा यो मुसा लिंग, अण्डकोषको थैलो, तीघ्रा, मलद्वारको छेउछाउमा हुन सक्छ । दुख्ने, पोल्ने नभएकोले यो मुसा कहाँ छ भनी ठम्याउन महिलाचाहिँ गार्‍हो हुन सक्छ ।

संक्रमणबाट जोगिने उपाय

यौनसम्पर्कका बेला सधैं कन्डम लगाउने गर्नुपर्छ । ‘तर यसले पूर्ण सुरक्षा प्रदान गर्दैन,’ डा. कायस्थ भन्छन्, ‘कन्डमले यस्तो मुसा हुने वा फैलाउने जोखिम त कम गर्छ, तर यो मुसा त्यो ठाउँहरूमा समेत हुन सक्छ जो कन्डमले ढाकिएको हुँदैन ।’ यसैले सकेसम्म कम साथीसँग यौनसम्बन्ध राख्नुपर्छ । जति बढी यौनसाथी, त्यति नै बढी यो संक्रमण हुने खतरा हुन्छ ।

मुसा हटाउने तरिका

यौनांगमा मुसा धेरै ठूलो छ भने, यौनांगलाई पूरै ढाकेको छ भने शल्यक्रिया गरेर हटाउने सकिने डा. कायस्थ बताउँछन् । तर धेरैजसो केसमा विभिन्न रसायन लगाएर मुसा नष्ट गर्ने गरिन्छ । यौनांगको मुसालाई ‘क्रायो थेरापी’ गरेर अर्थात् तरल नाइट्रोजनको उपयोगले चिस्याएर हटाउनेसमेत गरिन्छ । इलेक्ट्रोकाटरी मेसिनबाट अर्थात् तापद्वारा मुसालाइ डढाउने समेत गरिन्छ । हाल यो मुसालाई लेजरको माध्यमले पनि हटाउने गरिन्छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply