» » यस्ता छन् एमालेका नवप्रवेशी !

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


 धरानको सभागृह बाहिर युवाहरु चुरोटको धुवाँ बुङबुङ उठाउँदै भीड लागेर बसेका । कोही रफ शैलीमा मोटरसाइकल हुइक्याउँदै भित्र पस्दै त कोही हल्ला-खल्ला गर्दै बाहिरिँदै थिए । सुरुमा त दिउँसै डान्स पार्टी आयोजना भएछ जस्तो लाग्ने ।

कानमा मुन्द्रा लगाएका, झ्याप्ले र चुल्ठो बाटेका एक हुल युवा मोटरसाइकलमा तीन-तीन जना चढेका थिए । अगाडि छानो नभएको रफ देखिने गाडीमा पनि युवाहरु उभिएका थिए । झट्टै हेर्दा कतै झैझगडा परेछ कि जस्तो लाग्ने गरी दौडिएका युवाहरु धरान सभागृह पुगे । त्यहाँ झन गज्जबकै रमिता थियो । लस्करै उभिएका चल्ठे-मुन्द्रेलाई एमालेका महासचिव ईश्वर पोख्रल धमाधम टीका लगाइरहनुभएको थियो ।

आइतबार मध्यान्ह धरान सभागृहमा एमाले प्रवेश गर्ने युवाहरु देख्दा केही पुराना कम्युनिष्ट कार्यकर्ताहरु अब त कम्युनिष्ट भन्न पनि लाज हुने भयो भन्दै फर्किंदै थिए । एमालेले करिब १२ युवाको नाम बाचन गर्दै युवाहरुको लस्कर लगाएपछि महासचिव पोख्रेलले पसीना चुहाउँदै टीका लगाउनुभएको थियो । नव प्रवेशी युवाहरु सभागृह वरिपरि चुरोटको धुँवा उठाउँदै हल्ला खल्ला गर्दै बसिरहेको दृश्यले कुनै डान्स पार्टी वा नाइट क्लबको झल्को दिन्थ्यो ।

एमालेको छैठौं जिल्ला अधिवेशनको अवसरमा शनिबार नै युवाहरुलाई प्रवेश गराउने कार्यक्रम भएपनि दर्के पानीले बिथोलेपछि आइतबार सभागृहमा ती युवाहरुलाई लस्कर लगाइएको हो । एमालेको जिल्ला अधिवेशन भए पनि सभागृहमा पाका र बौद्धिक व्यक्तित्व भन्दा पनि ठेक्कापट्टा, टेन्डर, झैझगडा र डान्सपार्टीमा भेटिने युवाहरुको भीड देखिन्थ्यो । रोचक त के थियो भने शनिबार राति धरानको ओटु नामक बारमा अबेरसम्म बस्ने र झैझगडा गर्ने युवालाई प्रहरीले पक्राउ परेकालाई समेत रातारात एमालेका नेताहरु प्रहरी कार्यालय पुगेर छुटाएर त्यहाँ ल्याइएको थियो ।

एमालेमा प्रवेश गर्ने कोही चर्चित नाम देखिएनन् । अधिकांश नवप्रवेशीहरु भोटरलिष्टमा नामसमेत नभएका कलिला र होहल्लामा हिँड्ने युवाहरु थिए । नवप्रवेशी मुन्द्रेहरुको आगमनले एमालेका नेताहरु मख्ख परे पनि भविष्यमा यी उरन्ठेउला युवाहरु रुपान्तरिक हुने हुन् या नेताहरुलाई नै घाँडो हुने हुन् ? नेताहरु नै स्पष्ट छैनन् । तर, युवाहरु पार्टी भित्रकै गुटवीच झगडा पर्दा आफैं-आफैं काटाकाट गर्ने स्वभावका भएको पुराना कार्यकर्ताको टिप्पणी छ ।

दुई साता अघिमात्र एमालेमा ओली गुटका भनेर चिनिने युवा संघका केन्द्रीय सदस्य ज्ञानदीप लिम्बुले झलनाथ गुटका भनिने युवा संघका नगर अध्यक्ष राजेन्द्र राईलाई हात हालेपछि पार्टीमा तनाव भएको थियो । त्यो तनाव अझै साम्य भइनसकेको अवस्थामा कुण्डलेहरुको प्रवेशले कुनै दिन एमालेमा ठूलै दुर्घटना हुने संकेत देखिएको छ ।

रक्तचन्द तस्करी र ठेक्का-पट्टामा लगाउँदैनौं : ओली

धरानमा महासचिवले गरेजस्तै शनिबार साँझ काठमाडौंको कपनमा एमाले नेता केपी शर्मा ओली र केन्द्रीय सदस्य योगेश भट्टराईले पनि यस्तै उमेरका ठिटाहरुलाई टीका र माला लगाइदिनुभएको थियो । तर, ओलीको दाबी थियो-’हामी यी युवाहरुलाई रक्तचन्दन तस्करीमा लगाउँदैनौं । ठेक्काट्टा, कमिशन र ठेकदारलाई धम्क्याउने काममा पनि युवाहरुलाई लगाउँदैनौं । हामीले यसरी युवाहरुलाई टीको लगाएको देशको विकासका लागि हो ।’

‘ठिटा’कै हातमा छ देशको भविश्य

एमाले नेता ओलीले भनेजस्तै यी जोशिला युवाहरुले हुलदंगा र झैझगडा छाडेर आफूलाई रुपान्तरण गर्दै देश र समाजको उन्नतिमा लागे भने यसलाई सकारात्मक रुपमा लिनुपर्छ । तर, उनीहरु पुर्शराम बस्नेतको बाटोमा लगे भने यसले पार्टीलाई मात्रै होइन, सिंगै समाजलाई पिरोल्ने छ । हेरौं, एमालेले अब यी युवाहरुलाई कुन बाटोमा अघि बढाउँछ ।

अहिले ‘ठिटा’ देखिने यिनै युवाहरु नेपालको भविश्य हुन् । यी युवाहरु सही मार्गमा लागे भने देश अघि बढ्छ, युवाहरु बिगि्रए भने सिंगो देशले र भावी पुस्तालेसमेत दुःख पाउँछ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply