» » भारतीय कांग्रेसका नेतामाथि माओवादी आक्रमण, १६ को मृत्यु

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

१२ जेठ, काठमाडौं । भारतको छत्तीसगठ राज्यमा सशस्त्र माओवादीको आक्रमणमा परी प्रदेशका कांग्रेस अध्यक्ष नन्दकुमार पटेल, उनका छोरा र बरिष्ठ कांग्रेस नेता महेन्द्र कर्मासहित १६ को निधन भएको छ । मारिनेमा केही प्रहरीसमेत छन् । माओवादीय आक्रमणमा पूर्व मुख्यमन्त्री एवं कांग्रेस नेता विद्याचरण शुक्ल समेत गम्भीर घाइते छन् । घटनापछि कांग्रेस आइ उपाध्यक्ष राहुल गान्धी घटनमास्थलतर्फ गएका छन् ।

बीबीसीले जनाए अनुसार कांग्रेसले सञ्चालन गरेको ‘परिवर्तन यात्रा’ अभियानमा सहभागी १ सय २० जना कांग्रेस नेता एवं कार्यकर्तामाथिमाओवादीका सयौं हतियारधारीले गोली प्रहार गरेका हुन् । छत्तीसगढको बस्तर जिल्लामा रुख ढालेर बाटो अवरुद्ध पारी माओवादीले गोली प्रहार गर्नुका साथै बम विष्फोट गराएका थिए ।

छत्तीसगढ माओवादी प्रभावित इलाका मानिन्छ । यसैवर्ष त्यहाँ हुन लागेको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अपि्रलदेखि ‘परिवर्तन यात्रा’ अभियान सञ्चालन गर्दै आइरहेको थियो । शान्तिपूर्ण अभियानमा लागेका नेतामाथि माओवादीले आक्रमण गरेपछि कांग्रेसआइ अध्यक्ष सोनिया गान्धीले घटनाको निन्दा गर्दै यसलाई लोकतन्त्र माथिकै आक्रमण बताएकी छन् ।हत्यापछि छत्तीसगढमा तीनदिन राजकीय शोकको घोषणा गरिएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply