» » छोरा पाएर ट्वाइलेटमा फ्याँकेकी आमाले भनिन् : चिप्लिएर खस्यो

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

चीनमा ट्वाइलेटको पाइपभित्रबाट नवजात शिशुलाई जिउँदै उद्दार गरिएको घटना अहिले निकै चर्चामा छ । त्यो बच्चा कसले जन्माएर ट्वाइलेटमा फ्याँक्यो होला भन्ने कौतुहलता सबैमा रह▒े र त्यस्ती निष्ठूरी आमालाई धेरैले सरापे पनि । अन्ततः बच्चा जन्माएर ट्वाइलेटमा फ्याँक्ने महिला पक्राउ परेकी छिन् ।

समाचार अनुसार २२ वर्षी एक कुमारी आमाले छोरा जन्माएको एक दिनपछि ट्वाइलेटमा लगेर फ्याँकेकी रहेछिन् । उक्त घरमा डेरा लिएर बसेकी ती युवतीले गर्भ रहेको र बच्चा जन्माएको कुरा सबैलाई लुकाएकी रहेछिन् र बच्चा पाएको अर्को दिन ट्वाइलेटको कमोटमा फ्याँकेर फ्लस गरेर बगाएकी रहेछिन् ।
अझ अनौठो कुरा त के भने फ्लस गरेर बच्चालाई बगाइदिएपछि उनी आफैले घरबेटीलाई खबर गरेकी रहेछिन् की ट्वाइलेटमुनि बच्चा रोइरहेको छ भनेर । त्यसपछि त्यहाँ ठूलो भिड जम्मा भयो र उद्दारकर्मीलाई खबर गरेर बच्चालाई सकुसल उद्दार गरियो ।

ती आमाले बच्चाको उद्दार भएको सबै दृश्य हेरिन् अनौठो मानेर । तर उनले नै बच्चा पाएर फ्याँकेको कुराको सुइँको कसैले पाउन सकेनन् । अन्ततः प्रहरीले त्यो घरका सबै कोठाको तलासी गर्दा ती महिलाको कोठाभित्र रगतले लत्पतिएका कपडा फेला परेपछि बल्ल उनको करतूतको पर्दाफास भयो ।

प्रहरीले ती महिलालाई पक्राउ गरेपछि उनले आफ्नो अपराध कबूल गर्दै आफुसँग गर्भपतनका लागि पैसा नभएकाले गोप्य रुपमा बाथरुमभित्रै बच्चा पाएको बताइन् । तर आफुले बच्चालाई कमोटमा राखेर फ्लस नगरेको दाबी गर्दै उनले बच्चा चिप्लिएर कमोटभित्र परेर खसेको र आफुले तत्कालै घरबेटीलाई खबर गरेको उनको भनाइ छ । घरबेटीले भने बाथरुमभित्र रगत लगायतका कुनै चिजवस्तु नरहेकाले उनले बाथरुममा बच्चा पाएको भनेर पत्याउन नसकिने भन्दै कोठामै बच्चा पाएर ट्वाइलेटमा लगेर फ्याँकेको दाबी गरेका छन् २२ वर्षी ती कुमारी आमाविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चल्ने बताइएको छ । उनले त्यो बच्चाको बाउ को हो भन्ने कुरा भने खुलाएकी छैनिन् । निकै सप्रेको त्यो बच्चाको अहिले अस्पतालमा उपचार भैरहेको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply