» » प्रचण्डले राजनीतिलाई चरम दुरुपयोग गरे : पोखरेल

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

१५ जेठ, काठमाण्डौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सामाजिक सद्भावमाथि डढेलो लगाएर राजनीतिक बजारीकरण नगर्न एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गर्नुभएको छ । lपोखरेलले शान्ति प्रक्रिया सुरु भएदेखि शान्ति प्रक्रिया एवम् अन्य विषयमा सहमति गर्ने अनि सहमतिको मसी सुक्न नपाउँदै त्यसको विरोधमा कुरा गर्ने अध्यक्ष दाहालको चरित्रका कारण नेपाली राजनीतिप्रति जनताको वितृष्णा जागेको वताउनुभयो ।

प्रेस चौतारी नेपालले स्थापना गरेका तीनवटा पुरस्कार बुधवार काठमाण्डौमा वितरण गर्दै उहाँले एमाओवादी अध्यक्षलाई जातीय कुरा उठाएर राजनीतिलाई चरम दुरुपयोग नगर्न पनि आग्रह गर्नुभयो ।चौतारीद्वारा स्थापित हृदयचन्द्र पत्रकारिता पुरस्कार पत्रकार गोपाल बुढाथोकी र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार पत्रकार कुन्दन अर्याललाई प्रदान गरिएको थियो । साँघु साप्ताहिकमा चार दशकदेखि कार्यरत बुढाथोकीलाई प्रदान गरिएको हृदयचन्द्र पत्रकारिता पुरस्कारको राशि रु १५ हजार एकसय रहेको छ ।
पत्रकारिता विषयमा अध्यापन एवम् खोज अनुसन्धान गर्दै आउनुभएका पत्रकार अर्याललाई प्रदान गरिएको अग्निशिखा स्मृति पत्रकारिताको राशि पनि रु १५ हजार एकसय रहेको छ । त्यसैगरी चौतारीका पूर्व केन्द्रीय सदस्य वीरेन्द्र साहको स्मृतिमा स्थापित वीरेन्द्र पत्रकारिता पुरस्कार दैलेखका पत्रकार डेकेन्द्र थापालाई मरणोपरान्त प्रदान गरिएको थियो । रु सात हजार राशिको सो पुरस्कार दैलेखमा नै पुगेर स्वर्गीय थापाका परिवारलाई प्रदान गरिने छ ।

पुरस्कृत व्यक्तित्वद्वय बुढाथोकी र अर्यालले गणतन्त्र ल्याउन नेपाली पत्रकारिताले जुन भूमिका निर्वाह गरेको थियो त्यही भूमिका यसलाई संस्थागत विकास गर्न पनि निर्वाह गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा चौतारीका महासचिव माधव नेपाल, प्रा पि खरेल, नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेल, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मालगायतले पत्रकारिताको विविध पक्षमा चर्चा गर्नुभएको थियो । रासस

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply