» » स्तन क्यान्सर जोखिममा शहरिया महिला बढी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

परिवर्तित जीवनशैली, बदलिँदो खानपान, शारीरिक गतिविधिमा कमी आदिले गर्दा सहरमा बस्ने महिलाहरूमा स्तन क्यान्सरको समस्या गाउँमा बस्नेहरूको दाँजोमा बढी पाइने गरेको छ । सहरिया महिलाहरूलाई स्तन क्यान्सरबारे थप चनाखो हुन ढिलो भइसकेको विशेषज्ञहरूले औंल्याएका छन् ।
‘भारतका मुम्बई, दिल्ली, बेङलुरुजस्ता मेट्रो सहरमा स्तन क्यान्सरको मामिलामा सन् १९८२ देखि २००५ का बीच दोब्बर बढोत्तरी भएको छ,’ मुम्बईस्थित लीलावती अस्पतालका कन्सल्टेन्ट मेडिकल अंकोलजिस्ट र इन्डियन सोसाइटी अफ अंकोलजीका संयुक्त सचिव डा. दिनेश पेंढारकर भन्छन्, ‘नेपालको सहरी क्षेत्रमा पनि यस्तै अवस्था रहेको सजिलै अनुमान गर्न सकिन्छ किनभने भारत र नेपालका सहरी महिलाको जीवनशैली खासै फरक छैन ।’ आधुनिक जीवनशैली यसको प्रमुख कारण रहेको उनी बताउँछन् ।

‘हो, नेपालको सहरी क्षेत्रमा समेत स्तन क्यान्सर बढ्दो छ,’ त्रिवि शिक्षण अस्पताल, स्तन शल्यचिकित्सक प्रकाश सायमी भन्छन्, ‘यसको सम्बन्ध दिनचर्या र खानपानसँग छ ।’

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनकी मेडिकल रेकर्डर ज्योति झाका अनुसार, उक्त अस्पताल पुग्ने सबै क्यान्सर रोगीमध्ये आठ प्रतिशत स्तन क्यान्सरका हुने गरेका छन् । स्तन क्यान्सर महिलालाई दोस्रो सबैभन्दा बढी हुने क्यान्सर हो । ६१ प्रतिशत स्तन क्यान्सरका रोगी ३५ देखि ५५ वर्ष उमेर समूहका हुने गरेका छन् ।
जीवनशैलीसँग जोडिएको स्तन क्यान्सर नेपालका महिलामा विदेशको दाँजोमा दस वर्ष कम उमेरमै पाउने गरिएको डा. सायमी बताउँछन् । स्तन क्यान्सर सम्बन्धी नौ सय केसको अध्ययन गरेका उनका अनुसार, यो समस्या देखिने औसत उमेर ४८ वर्ष हो । तर ३० वर्षका २२ प्रतिशत नेपाली युवतीमा पनि स्तन क्यान्सर पाइएको तथ्यांक छ ।
डा. पेंढारकरका अनुसार, सहरका ढिलो बिहे हुन्छ र सहरिया महिलाले ढिलै गर्भधारण पनि गर्छन् । गर्भावस्थाको पूरा प्रक्रियामा थुप्रै हार्मोन उत्सर्जित हुन्छ । यस्तो हार्मोन स्तन क्यान्सरलाई रोक्न सहयोगी मानिन्छ । त्यसैले त्यसको लाभ ढिलो बिहे गर्नेहरूले त्यति लिन पाउँदैनन् । ‘सहरी महिलामा व्यायाम कम छ, बच्चाको संख्या कम छ, बच्चा ढिलो जन्माइन्छ, स्तनपान कम गराइन्छ, गर्भधारण रोक्न हार्मोन -पिल्स) को प्रयोग गरिन्छ,’ सहरिया महिलामा स्तन क्यान्सर बढी देखिने कारण औंल्याउँदै उनी भन्छन्, ‘पहिले रजस्वला चौध-पन्ध्र वर्षमा हुने गरे पनि हाल त्यो उमेर नौ/दसमा झरेको छ ।’

केही वर्षयता सहरी क्षेत्रको खानपानमा व्यापक परिवर्तन भएको छ । सेकुवा, पिज्जा जस्ता फास्टफुड, पिरिजे जमा राखिएका खाद्य पदार्थको व्यापक उपयोगले ल्याएको जीवनशैलीमा परिवर्तनसँगै मोटोपना क्यान्सरको ठूलो कारण हो । ‘सहरिया महिलामा शारीरिक गतिविधि ग्रामीण महिलाको दाँजोमा धेरै कम छ,’ डा. पेंढारकर भन्छन्, ‘शारीरिक गतिविधि बढाए क्यान्सरको जोखिम कम गर्न सकिन्छ । यस्तै, सहरिया महिलाहरूले भोजनमा चिल्लो पदार्थको मात्रा कम गर्नुका साथै शरीरको तौल घटाउनुपर्छ । नियमित स्तन परीक्षण आफैंले गर्ने गर्नुपर्छ । परिवारमा कसैलाई यस्तो रोग भएको छ भने अरूले पनि निकै सचेत हुनुपर्छ, किनभने त्यसले जोखिम बढाउँछ ।’

स्तन क्यान्सरको सुरुआती लक्षण स्तनमा हुने गाँठो हो । तर विडम्बना के छ भने, गाउँघर मात्र नभई सहरमा समेत स्तनमा गाँठोबारे चर्चा गर्न लाज मान्ने प्रचलन छ । यद्यपि स्तनमा पाइने सबै गाँठाहरू क्यान्सरै हुन् भन्ने हुँदैन । यसैले त्यस्तो गाँठोबाट डराउनुपर्दैन । डा. पंेढारकर भन्छन्, ‘सयमध्ये ९९ गाँठो क्यान्सर हुँदैन । औसत महिलामा स्तनमा गाँठो सामान्यसमेत मानिन्छ । यो महिनावारीसँगै आउँछ र जान्छ ।’

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply