» » तलब वृद्धिले कतारमा खुशियाली

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

शुक्रबार दोहाको तरबार गेटको मैदानमा पाइला राख्ने ठाउँ थिएन । हरेक शुक्रबार हुने यस्तो भेटघाटमा यसपटक चर्चाको विषय तलब वृद्धि र त्यसको प्रभाव थियो । यसै साता कतारमा काम गर्न जाने नेपाली कामदारको तलब बढेपछि सबैको आ-आफ्नै तर्क थिए ।

त्यसै सेरोफेरोमा भेट्टएि, ५३ वषर्ीय तेलबहादुर कनौजे । रामपुर पाल्पाका कनौजे भर्खर बिदा सकेर फिरेका हुन् । आफ्ना छिमेकी ३० वषर्ीय समन्त परियारलाई घरबाट पठाइदिएका कोसेली दिन तरबार गेट छिरेका कनौजेलाई तलब वृद्धिले खासै उत्साहित बनाएको थिएन । 'हामीलाई पनि लागू होला र ?' १६ वर्षदेखि कतारी भूमिमा पसिना बगाएका उनको जिज्ञासा थियो, 'नयाँलाई मात्रै हो कि कतारमा काम गरिराख्ने पुरानालाई पनि हो ?'

कतारस्थित नेपाली दूतावासले २८ जनवरीबाट नयाँ तोकिएको तलब दिने कम्पनीहरूलाई मात्रै कामदार ल्याउन अनुमति दिन थालेको छ । '२८ जनवरीअघि पनि नयाँ निर्णयलाई मान्ने गरी कम्पनीले मागपत्र ल्याएका थिए', दूतावासका उपनियोग प्रमुख ऋषिराम घिमिरेले भने, 'औपचारिक रूपमा भने सोमबारबाट लागू गरिएको हो ।'

युनियन कतार इजिन्नीयरिङ एन्ड कन्स्ट्रक्सन कम्पनीेले न्यूनतम तलब ९ सय र खानाबापत तीन सय गरी डिमान्डपत्र आएकोमा कामदार ल्याउन स्वीकृति दिएको घिमिरेले बताए ।

'हाम्रो निर्णय कतार सरकारलाई जानकारी दिइसकेका छौं,' राजदूत मायाकुमारी शर्माले कान्तिपुरलाई भनिन्, 'अब योभन्दा तल आउनेलाई अनुमति दिँूदैन ।' कतारका लागि सरकारले तीन वर्षपछि अर्को तलबमान तोकेको हो ।

कतारको बढ््दो महँगी र न्यून आम्दानीले गर्दा बचत गर्न कठिन भइरहेको कामदार बताउँछन् । 'मलाई कतार आउन एक लाख रुपैयाँ लगानी गर्नुपर्‍यो । उता सात सय ५० दिन्छु भन्थ्यो । यता ६ सय हात पर्‍यो,' २४ वर्षीय राज खानले भने, 'ब्याज र साँवा तिर्न मलाई पूरै एक वर्ष लाग्यो । १८ महिना हुन लागिसक्यो । बचत राम्रो हुन सकेको छैन ।' कामदारका बुझाइमा न्यूनतम तलब वृद्धिले अब ओभरटाइममा पनि वृद्धि हुनेछ । 

नयाँ तलबमान लागू भएपछि नेपाली व्यवसायी भने आत्तिएका छन । उनीहरूले सोमबारै दूतावास पुगेर उक्त व्यवस्था नेपाली व्यवसायीका लागि मात्रै भएको हो वा सबैका लागि भनेर जिज्ञासा राखेका थिए । नेपाली व्यवसायीको लागि मात्रै लागू हुने गलत बुझाइमा परेका व्यवसायीहरूलाई राजदूत शर्माले भने, 'जसले नेपाली कामदार ल्याउँछन्् । तिनीहरू सबैका लागि यो नियम लागू हुन्छ ।'

पुराना कामदारलाई भने नवीकरण गर्ने बेला बढेको तलब दिनुपर्नेछ । कामदारलाई आपूर्ति गरेर नाफा कमाउने व्यवसायी नयाँ व्यवस्थाबाट बढी डराएका छन्् । व्यवसायी नरेन्द्र भाटको अनुभवमा ठूलाठूला कम्पनीले कामदार घटाइरहेको, नयाँ काम खुली नसकेको र यहाँको सरकारले बजेट नछुट््याएको अवस्थामा नयाँ नियम ल्याउँदा असजिलो स्थिति आउने आशंका छ । 'अहिलेको अवस्थामा ८० प्रतिशत कम्पनीले नयाँ र पुराना दुवैलाई बढेको तलब दिन सक्ने अवस्था छैन,' उनले भने, 'मेरो कुरो गर्दा अहिलेको अवस्थामा बढेको तलब दिन असमर्थ छु ।'

तीन वर्षअघि असाध्यै कम तलब पाइरहेको अवस्थामा तत्कालीन राजदूत सूर्यनाथ मिश्रले नेपाल सरकारको सहमतिबेगर एकतर्फी रूपमा तलब बढाइदिए । त्यतिखेर सरकारबाटै फिर्ता हुनसक्ने जोखिम मोलेर गरिएको श्रमिकमैत्री निर्णयलाई सरकारले कायान्वयन गर्‍यो ।

त्यतिखेर विशेषगरी स्वदेशी/विदेशी व्यवसायीले हल्ला फिँजाएका थिए, 'लौ अब कतारमा नेपाली कामदारको संख्या ह्वातै घट््नेछ ।' त्यो हल्ला निराधार भएको छ । बरु उल्टै कामदार बढेको बढ्यै छन् । अहिले कतार नेपालीको पहिलो गन्तव्य बनेको छ । तर अझै पनि नेपालीको तलबमान अन्य देशका भन्दा कम हो ।

'म कारपेन्टर काम गर्छु । मेरो तलब १ हजार ५ सय ५५ छ । मेरा साथीहरू भारतीय र फिलिपिन्सका छन्् । उनीहरू २ हजार ६ सय तलब बुझ्छन््,' तेलबहादुर कनौजे भन्छन््, 'काममा कुनै फरक छैन । अझ मभन्दा कम गर्छन् ।'

राजदूत शर्माका अनुसार नयाँ तलबमान लागू गराउने मुख्य चुनौती दोहोरो श्रम सम्झौता हो । 'दोहोरो श्रम सम्झौता बनाएर कामदारलाई तलबमा झुक्काउने एउटा समस्या छ,' उनले भनिन्, 'तर, कामदारलाई सचेत बनाउन जरुरी छ ।'

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply