पुस १० /०६९ – निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या एकसय १४ पुगेको छ । संविधानसभा चुनावमा ७४ वटा दल आयोगमा दर्ता भएकोमा त्यो संख्या बढेर अहिले एक सय १४ पुगेको हो । तर आयोगले चुनावका लागि दल दर्ताको आह्वान अझै गरिसकेको छैन । बैशाखमा संविधानसभा चुनाव हुने भनिएपछि दर्ता हुने दलको संख्या बढेको निर्वाचन आयोगले जनाएको छ । पछिल्लो पटक आयोगमा दर्ता हुने दलहरुमा मधेस तराई फोरम, मधेस समता पार्टी, नेपाल समाजवादी पार्टी लोहियावादी, राष्ट्रिय एकता मञ्च छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी, नेपाल नागरिक पार्टी, नेपाल लोकतान्त्रिक नागरिक पार्टी, थारुहट तराई पार्टी, राष्ट्रिय एकता पार्टी, नेपाल नौलो जनवादी पार्टीले आयोगमा दल दर्ता गराएको आयोगका सहप्रवक्ता हरिहर शर्माले जानकारी दिनुभयो । संविधानसभा चुनावमा ७४ वटा दल दर्ता भएकोमा ५६ वटा दलले चुनावमा भाग लिएका थिए भने २५ वटा दलले संविधानसभामा प्रतिनिधित्व गरेका थिए । - उज्याला नेटवर्क
राजनीतिक दलको संख्या १ सय १४ पुग्यो

| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
|
No comments: