» » म आफ्नो श्रीमानलाई पूर्ण सन्तुष्टि दिन सक्दिनँ'

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://meroknowledge.blogspot.com/
प्रस्न : म विवाहित महिला हुँ । मेरो एउटा बच्चा पनि छ । म आफ्नो श्रीमानलाई सेक्समा पूर्ण सन्तुष्टि दिन सक्दिनँ, के गर्ने होला ?

जवाफ : यौनचाहना हामीलाई प्रकृतिले दिएको एउटा विशेषता हो र सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ। यो हाम्रो वंश निरन्तरताका लागि आवश्यक पनि छ। यौनसम्बन्धी हाम्रा चासो तथा चाहना मस्तिष्कबाट सुरु हुन्छ। मस्तिष्कको hypothalamus भनिने सानो अंगले प्राणीमा यौनसम्पर्क राख्ने आधारभूत व्यग्रता उत्पन्न गर्छ भने अर्को अङ्ग Cerebral Cortex ले हामीले सिकेका कुरा तथा अनुभवको अभिलेख राख्ने कार्य गर्छ। यौन संवेदनशीलतासम्बन्धी कुरा पनि यही भागबाट सञ्चालित हुन्छ। यौनईच्छालाई प्रभावित तुल्याउने हार्मोनहरूको उत्पादन तथा सञ्चालनमा पनि मस्तिष्कको महत्वपूर्ण भूमिका हुन्छ। यी सबै कुराको संयुक्त प्रभावबाटै यौनसम्बन्धी क्रियाकलापहरू निर्देशित हुन्छन्। यौनसम्पर्क होस् वा अन्य यौन क्रियाकलाप, ती वास्तवमा शारीरिक तथा मानसिक दुवैको समन्वयमा हुने जटिल प्रक्रिया हो। मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रीय प्रणाली अनि मस्तिष्कले। यौन उत्तेजनाको सुरुवातदेखि त्यसको अन्त्यसम्मको कुरा हेर्दा हाम्रो शरीरमा केही परिवर्तन भएको देखिन्छ। यौन उत्तेजनाप्रति हाम्रो शरीरले देखाएको प्रतिक्रिया भएरै यसलाई मानव यौन प्रतिक्रिया चक्र भनिन्छ र त्यही प्रतिक्रियाअनुरूप हामीले यौन चरमसुख प्राप्त गर्छाैं।

तपाईंको समस्या के ?


तपाईंले आफ्नो प्रश्नमा के कति कारणले सन्तुष्टि दिन नसक्नुभएको वा त्यस्तो लागेको हो भन्ने कुरा लेख्नुभएको छैन। तपाईंहरूको सम्बन्ध सुमधुर नभएकाले श्रीमान्ले निहुँ खोजेको मात्र हो कि भन्ने कुरा पनि थाहा भएन वा विभिन्न कारणले तपाईंले नै यौनसम्पर्क नराख्नुभएको हो ? तपाईंले नराख्नुभएको हो भने तपाईंलाई कतै भित्रबाट यौनसम्पर्क नै राख्न मन नलागको त होइन ? यस्ता कतिपय कुरा स्पष्ट रूपमा लेखिए जवाफ दिन सजिलो हुने थियो। जे होस्, तपाईंलाई नै यी कुराको जानकारी हुने भएकाले गहिरोसँग विचार गर्नुहोला।

कतै असमान यौनेच्छा त होइन ?


दम्पती वा जोडीमध्ये एकलाई बढी यौनेच्छा हुनु र अर्कोलाई कम हुनु अर्थात् अनमेल वा असमान यौनेच्छाले वैवाहिक तथा यौन जीवनमा असजिलो सिर्जना गर्छ। धेरैजसो स्थितिमा यस्तो अनमेलको दोष आफ्नो यौनसाथी वा श्रीमान् वा श्रीमतीलाई नै दिइएको पाइन्छ। दाम्पत्य जीवनभित्र यौनसम्पर्क राख्न तुलनात्मक रूपमा सहज हुने भए पनि अन्य कतिपय कुराले यसलाई गम्भीर रूपमा असर पारिरहेको हुनसक्छ। के-कस्ता कुराले व्यक्तिलाई उत्तेजित तुल्याउँछ, यौनसम्पर्क कत्तिको सुखदायी छ देखि यौनदेखि बाहिरका अन्य सम्बन्धको सुमधुरता कस्तो छ भन्नेसम्मको सम्बन्ध यौनसम्पर्कसँग जोडिएर आउँछ। यस्तो स्थितिमा कसैले यौनसम्पर्क नै राख्न नमान्ने हुन्छन् भने कसैले यौन सम्पर्क राखे पनि त्यसमा कुनै उत्साह देखाउँदैनन्।

तपाईंमा यौनचाहना कम भएको हो र यौन क्रियाकलापमै संलग्न हुन नरुचाउनुभएको हो भने पर्याप्त मात्रामा यौनचाहना नहुने, उत्तेजना नै सुरु नहुनु वा यौन सन्तुष्टिमा बाधा पार्ने कुनै पनि कुराका मानसिक, शारीरिक  वा दुवै कारण हुन सक्छन् । पाठेघर वा वरिपरि संक्रमण भएर यौनसम्पर्क नै पीडादायक हुने भएकाले त्यस्तो स्थिति महिलाले यौनसम्पर्क गर्न मान्दैनन् । त्यसैगरी मानसिक कारणहरूमा यौनप्रतिको गलत मानसिकता, आफैंभित्रको मानसिक विरोधाभास, श्रीमान्बाटै भए पनि यौन दुव्र्यव्यवहार जस्ता निकै पीडादायक वा आघातपूर्ण यौन अनुभूतिहरूले यौन क्रियाकलापमा सहज रूपमा लाग्नबाट रोक्न सक्छ। त्यसबाहेक दैनिक जीवनमा आईपर्ने तनाव जस्तै— चिन्ता, निराशा, थकाइ, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा दम्पतीबीचको तनाव आदि त्यसका कारण हुन सक्छन्। यो तपाईंको पारिवारिक जीवनका अन्य कतिपय कुरासँग पनि सम्बन्धित हुन सक्छ। उमेर अनुरूप यौनेच्छाको तीव्रतामा परिवर्तन आउँछ। तपाईंले बच्चा भएको कुरा त गर्नुभएको छ तर उमेर उल्लेख गर्नुभएको छैन। शिशुको हेरचाहमा समर्पित हुँदा श्रीमान्को यौन चाहनाप्रति ध्यान दिन नसकिएको पनि हुनसक्छ। अर्कातिर श्रीमान्मा कतै केही समस्या छ कि भनेर पनि विचार गर्नुपर्ने हुन्छ। यी सबै कुराको सूक्ष्म अवलोकन तपाईंले नै गर्न सक्नुहुन्छ।

समाधान ?

कुनै स्पष्ट मानसिक वा शारीरिक   कारण भए त्यसैअनुरूप समाधानका लागि प्रयत्न गरिनुपर्छ। कुनै शारीरिक कारण भए त्यसका लागि स्त्रीरोग विशेषज्ञसँग सरसल्लाह गर्नु उपयुक्त हुन्छ।

अब समस्याको अर्को पाटोलाई हेरौं। तपाईंलाई थाहा हुनैपर्छ यौनसम्बन्धी चाहना, आवश्यकता अनि यौनेच्छा वा यौन व्यग्रता व्यक्तिअनुसार फरक-फरक हुन्छ। कसैलाई बढी त कसैलाई कम हुनसक्छ। यौनेच्छामा हुने यी असमानता वा अनमेल स्वाभाविक हुन्। वैवाहिक जीवनमा बाँधिएपछि यौनजीवनलाई त्यसैअनुसार ढाल्नुपर्छ भन्ने सोच नहुनु र अरूमा वा आफूमा दोष देख्नु अनि यस्ता कुराले निम्त्याउने असझदारी आफैंमा समस्या बन्न सक्छ। अनावश्यक रूपमा आफैंलाई दोष दिँदैमा समस्या समाधान हुने होइन।

विवाह-बन्धनमा बाँधिएपछि त्यसलाई सुमधुर बनाउने दायित्व दुवैमा उत्तिकै हुन्छ - पारिवारिक सन्दर्भमा होस् वा यौनसम्बन्धी कुरामा। तपाईं र तपाईंको श्रीमान्लाई नै सम्पूर्ण परिस्थितिका बारेमा सबैभन्दा बढी जानकारी हुने भएकाले त्यसको विश्लेषण गरेर समाधानको बाटो पहिल्याउनुहोस्। तपाईंहरूले एक-अर्काको अपेक्षा अनि क्षमताका बारेमा समझदारी विकसित गर्न पर्याप्त छलफल/कुराकानी गर्नुपर्छ।
- साप्ताहिक

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply