साउन ५ – बाजुरा, देशका बाजुरा लगायत मध्य र सुदुरपश्चिमका जिल्लामा सामाजिक समस्याका रुपमा ब्याप्त छाउपडि प्रथाको अझै सम्म अन्त्य हुन नसक्दा स्थानिय महिलाहरु समस्यामा परिरहेको छन । सामाजिक कुसंस्कारका रुपमा लिइने छाउपडि प्रथाले बाजुरामा पनि जरोगाडी बस्दा यसले विभिन्न सामाजिक समस्या निम्तीने गरेको स्थानियको भनाई छ ।
यस्तै समस्याकाबीच ३५ बर्ष पार गरेकी छन्, गुदुखाती गाविस वडा नं–६ की शर्मिला रावतले । उनले पत्रकारसंग भनिन् “महिनावारी भएको बेला आफूलाई पाँच दिन बिताउनु निकै सास्ती हुन्छ ।” महिनावारी भए पछि चार दिनसम्म घर बाहिर अलग्गै बस्नुपर्ने, सार्वजनिक पानी पँधेरा प्रयोग गर्न नपाइने, गोरसछुनसमेत नपाइने, जस्ता नियमले महिनाबारी भएको बेला पाँच दिन विताउन धौ धौ हुने उनको भनाई छ ।
१६ वर्षको उमेरदेखि महिनावारी सुरु भएपछि अहिले ३५ वर्षसम्म आइपुग्दा समेत यो समस्या यथावत रहेको रावतको भनाइ छ । महिनावरी भएका बेला विवाहित महिलाले चार दिन अविवाहितले ६ दिनबाहिर वस्नुपर्दा महिनावारीको बेला झनै समस्या हुने गरेको र विभिन्न यौनजन्य हिंसामा पर्नु पर्ने बाध्यता समेत उत्तिकै रहेको उनीहरुको भनाई छ । रावत एक प्रतिनिधि पात्र मात्र भए पनि बाजुराका सवै जसो गाविसमा यो प्रथाले गहिरो जरो गाढेको यसका सवालमा काम गर्ने संघ संस्थाले बताउने गरेका छन् ।
महिनावारी भएका बेला स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले पोषिला खानेकुरा खानु पर्ने स्वास्थ्यकर्मीले सुझाव दिए पनि बाजुरामा भने टाढाको गोठमा राखेर रुखो खानेकुरा दिने प्रचलन रहेको छ । यसले स्वास्थ्यमा प्रतिकुल असर पर्ने र विभिन्न किसिमका संक्रमण हुन सक्ने स्वास्थ्यकर्मीले बताउने गरेका छन । महिनावारी भएका बेला खेतवारी संगै फल दिने बनस्पती छोएमा त्यो विरुवा त्यसै सुकेर जान्छ भन्ने अन्धविश्वास समेत अझै सम्म हट्न सकेको छैन ।
महिनावारी प्रजननकालागि आवश्य पर्ने एक प्राकृतिक प्रक्रिया भए पनि सामाजिक अन्धविश्वासले प्रथाकै रुपमा जरो गाडेपछि बाजुराका महिला थप हिसामा परेको महिला तथा बालवालीका कार्यालयका महिला विकास अधिकृत लक्ष्मी ढकालले बताइन् । देशका अरु ठाउमा भन्दा बाजुरामा यो प्रथा ब्यापक भए पछि यो एक जटिल लैगिक हिसाको रुपमा रहेको पाइएको उहाले बताएकी छन् । उनले अवका दिनमा जिल्ला विकास समितिको अगुवाइमा सञ्चालन गर्दा प्रभावकारी हुने र यसमा महिला तथा बालवालीका कार्यालय जस्ता सरोकारवालाको सहयोग रहेमा यो प्रथाको न्युनिकरण गर्न सकिने बताइन ् ।
महिनावारी भएका बेला छुट्टै गोठमा राख्दा विभिन्न जंगली जनावरको सिकार, यौनजन्य हिंसामा पर्ने भएकाले यो भगवानका नाममा सामाजिक अपराध भएको अधिकृत ढकालको भनाई छ । हरेक समाजमा पुरुषको भन्दा महिलाको संख्या बढी भए पनि महिलाले यो प्रथाको विरोध गर्न नसकेकै कारण विभिन्न हिसामा पर्नु परिरहेको कतिपयको भनाई छ । छाउपडि प्रथा जस्तो कुप्रथाको निवारणकालागि सवै निकायले विशेष कार्यक्रम सञ्चालन गरिनु पर्ने महिला अधिकार कर्मीले बताउने गरेका छन्

No comments: