साउन ५ – बेइजिङ, चीनको सांघाईमा एक व्यक्तिले महिलाको तिघ्रामा अनुचित तरिकाले हात लगाई रहेको भीडियो सार्वजनिक भएपछि ती व्यक्तिले आफ्नो जागिरबाट हात धुनु परेको छ । यति मात्र होइन ती व्यक्तिलाई चिनियाँ कम्युनिष्ट पार्टीबाट पनि बर्खास्त गरिएको छ ।
३८ वर्षीय वाङ क्वीकाङले सब वे ट्रेनमा यात्रा गर्दा आफ्नो छेउमा उभिरहेकी महिलाको नग्न तिघ्रामा हात पु¥याएका थिए । ती महिलालाई कसैले छोएको हो वा होइन भनेर थाहा नभएर उनले प्रहरीमा रिपोर्ट गरिनन् । तर ठीक त्यसको विपरित दिशामा बसेका यात्रुले यसको भीडियो खिचेका थिए ।
चिनियाँ मिडियाका अनुसार वाङले उक्त घटना आफू निदाएको बेला घटेको बताए पनि भीडियोमा प्रष्ट रुपमा उनको आँखा खुला रहेका देख्न सकिन्छ ।
भीडियो खिच्ने यात्रुहरुले दूव्र्यवहारमा परेकी महिलासँग कुराकानी गरेर उक्त भीडियो वेइवो डटकममा अपलोड गरेपछि मात्र यो मामिला सार्वजनिक भएको थियो । अनलाइन प्रयोगकर्ताहरुले इन्टरनेट मार्फत् उक्त व्यक्ति वाङ रहेको पत्ता लगाएका थिए ।
प्रहरीले वाङ त्यतिबेला रक्सीको मातमा रहेको बताएका छन् । (एजेन्सी)

No comments: