headlines

    4:44 PM
» » नेपाली चलचित्र मोक्ष, झोला र मुटुमा कुन अगाडि ?

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://meroknowledge.blogspot.com/2014/02/list-of-50-high-paying-google-adsense.html
 काठमाडौं , माघ २५ गतेका दिन देखि देश भरीका विभिन्न चलचित्र गृहहरुमा एकै साथ प्रर्दशन गरिएका तिन नेपाली चलचित्रहरु मध्ये झोला र मोक्षले पुर्व चर्चा अनुसार दर्शक आकर्षण गर्न सकेनन् ।
चलचित्र मुटुले भने तुलनात्मक रुपमा बढी दर्शकहरुलाई आकर्षित गर्न सकेको झनक पाइएको छ । नेपालको ऐतिहासिक पृष्ठभूमिमा आधारित चलचित्र झोला देशको कुनै कालखण्डमा हाम्रा पुर्खाहरुले
भोग्नु परेका अमानविय, कटुपिंडादायक, कारुणिक परम्परा सति प्रथामा आधारित रहेको छ । 
झोलाको निर्देशन यादव भट्टराईले गर्नु भएको छ । गरिमा पन्तको मुख्य भूमिका रहेको यस चलचित्रमा राम गोपाल थापा, राज तिमिल्सिना, दिपक क्षेत्री, लक्ष्मी गीरी, सुजल नेपाल लगायतका कलाकारहरु रहेका छन् ।
मोक्षमा भने स्वयं निर्देशक प्रविण श्रेष्ठले आफ्नो जिवनमा आइपरेको अकल्पनिय वास्तविक घटना र जीवनपर्यन्त भोग्नु पर्ने शारिरीक कष्ट र मनोदशालाई चलचित्र मार्फत दर्शक माझ प्रस्तुत गरिने प्रयास गरिएको छ । मोक्षमा गायक कोशिस क्षेत्रीलाई प्रविण श्रेष्ठको भूमिकामा देख्न पाइन्छ । अन्य कलाकारहरुमा बेनिशा हमाल, बिक्रम हमाल, बिक्रम सिंह, दिपेश भण्डारी, दुर्गा बराइली लगायतका रहेका छन् ।

त्यस्तै सुर्य बोहराद्धारा निमार्ण र निर्देशित चलचित्र मुटु सामाजिक कथावस्तु समेटिएको र आफ्नो अभिभावकको सन्तती प्रतिको माया ममता, सामिप्यता,दया–करुणा, जस्ता भावनालाई उजागर गर्न खोजिएको छ । चलचित्रमा नायिका केकी अधिकारी, बिमलेश अधिकारी र मुकेश आर्चाय लगायतको मुख्य भुमिका रहेको छ भने कोरीयो ग्राफर, संगितकार, निर्देशक सुरेन्द्र बिक्रम शाहका छोरा सुप्रिम शाह बालकलाकारको भूमिकामा देखिन्दै छन् । प्रर्दशन अघि नै नेपाली दर्शक तथा नेपाली चलचित्रका पारखीहरु माझ निकै चर्चामा रहन सफल भएका चलचित्रहरु मध्ये कुन अगाडि र कुन पछाडि रहेका छन् भन्ने निर्णय गरिहाल्नु चलचित्र प्रति पुर्वाग्रह तथा आग्रह गर्नु बराबरको हुने छ । यसको मूल्यांकन एक दिनमा नै हुने विषय पनि होइन । तापनि हाम्रो ऐतिहासिक पृष्ठ भूमि,
पहिचान, र यथार्थ धरातललाई लगभग विर्सने अवस्थामा रहेका हामी नेपालीहरुले समाजमा रहेका एउटा ब्यक्तिको दुखद तथा जिवन्त घटना अनि मनोदशा र हाम्रो इतिहासलाई भन्दा पनि माया–प्रिति, मिलन–बिछोड, गाना–बजाना, बास्तविकता भन्दा अलि काल्पनिकता, पौराणीक भन्दा निकै आधुनिकतालाई आत्मसाथ गर्ने प्रबृति बढीसकेका कारण पनि पारिवारीक विषयवस्तु तथा माया प्रेमका भावनाबाट ओतप्रोत रहेको चलचित्र मुटु नै प्रर्दशनको पहिलो दिनको आकर्षणबाट नै
अगाडि रहन सक्ने संभावनालाई भने नकार्न भने सक्दैनौं । हाल प्रर्दशनको क्रममा रहेका तिनै चलचित्रहरु ज्ञानबर्धक, सन्देश मुलक, ऐतिहासिक, पारिवारीक एकता र भावनाले ओतप्रोत र मनोरञ्जनात्मक रहेको सहज अनुमान गर्न सकिन्छ ।
यी चलचित्रहरु अवश्य पनि बेजोडका रहेका छन् । नेपाली चलचित्रका पारखी रचलचित्रको प्रबर्धन होस् भन्ने चाहना राख्ने जो कोहीले पनि यी चलचित्रहरुकोप्रशंसा गर्न अवश्य पनि कन्चुस्याँई भने गर्नु हुन्न, चाहे चलचित्रको होडवाजीमाजो सुकै र जसरी पनि सफल रहोस् । नेपाली चलचित्र र सबै पक्षहरु सवल र सफल रहनु पर्दछ भन्ने हामी नेपालीहरुको एउटै भावना रहनु पनि आवश्यक छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
हिरोइनका ओठ र स्तन नक्कली
»
Previous
दिपिकासँग फोटो खिचेको भन्दै रणविरद्वारा हातपात

No comments:

Leave a Reply