» » यौवन जोगाउन मसाज

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

स्वस्थ एवम् रोगी दुवैका लागि मालिस लाभकारी हुने कुरा आयुर्वेद शास्त्रमा बताइएको छ। त्यसैले स्वास्थ्य र शारीरिक सुन्दरताका लागि मसाज गराउनेहरूको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ। मसाज भनेको मांसपेशीलाई हातले दबाउने र जोर्नीमा मालिस गर्ने कला हो। 

शरीरभित्र सड्ढलित दूषित विजातीय पदार्थलाई शरीरका विभिन्न अड्ड र माध्यमबाट शरीरबाहिर निकाल्नु मालिसको विशेष कार्य हो। त्यसैले शरीर शुद्घि चिकित्साअन्तर्गत पञ्चकर्म चिकित्साको पूर्वकर्मको रूपमा पनि मालिसलाई लिने गरिएको छ। स्वास्थ्यरक्षा गर्न होस् वा रोगीको उपचार गर्न, शारीरिक सुगठन र सुन्दरताका लागि होस् वा मानसिक प्रखरताका लागि, परापूर्वकालदेखि नै मालिसलाई अपनाइँदै आएको पाइन्छ । शरीरका अड्ड–प्रत्यड्डलाई स्वस्थ, लचिलो र कर्मशील बनाउन मालिस गर्ने गरेको पाइन्छ।

समय समयमा तेलले मालिस गर्दा नसा, मांसपेशी, छाला, हड्डीलाई पोषण पुग्छ। मालिस गर्नु बच्चा–वृद्घ सबै उमेर समूहका लागि उत्तम मानिन्छ। बाल्यकालमा घाममा सुताएर बच्चालाई मालिस गर्ने प्रचलन हाम्रो समुदायमा अझै पनि व्याप्त छ। वैज्ञानिक दृष्टिकोणले पनि यो प्रचलन अत्यन्त राम्रो पद्घति हो । रोग र प्रयोजनअनुसार फरक–फरक तेलले मालिस गर्न सकिन्छ। मालिस गर्न तोरीको तेल, तिलको तेल, बदामको तेललाई उपयुक्त मानिन्छ। 

प्रयोग गर्नुअगाडि तेल अलि अलि तताउनुपर्छ। रोग र चिकित्सकको सल्लाहअनुसार तोकिएको तेलले मालिस गर्नुपर्छ। सामान्यतः तिल अथवा तोरीको तेलले मालिस गर्दा शरीरमा शक्तिको सञ्चार हुन्छ। कम्तीमा शिर अथवा पाउमा मात्र मसाज गर्दा पनि थकान, अनिद्रा, शिरमा भारीपन, आलस्यता हटेर मन प्रफुल्लित हुन्छ र मानसिक तनावबाट मुक्ति मिल्छ। 
यस्तै घाममा बसेर तोरीको तेलले मालिस गर्नाले हड्डी मजबुत हुन्छ। समग्रमा मालिस गर्नाले श्वास, दिसा, पिसाब, पसिना आदिका माध्यमबाट शरीरका विजातीय दूषित पदार्थ बाहिर निस्कन्छ। साथै पाचन प्रणाली तथा अन्य ग्रन्थिहरूलाई उत्तेजना प्राप्त हुन्छ  र तिनीहरूले आफ्ना काम सक्रियरूपमा सुचार गर्न सक्छन्। योग, प्राणायाम, व्यायामसँगै मालिस गराउँदा स्वस्थ र तन्दुरुस्त जीवनयापन गर्न सकिन्छ। नवआगन्तुक र जीर्ण रोगमा पनि मालिस गर्नाले फाइदा पुग्छ। 
केका लागि मसाज गर्ने ?
बालक, वृद्घ, अशक्त, जो व्यायाम गर्न सक्दैनन्, उनीहरूका लागि मसाज श्रेष्ठ व्यायाम हो। मालिसले शारीरिक र मानसिक सन्तुलन कायम गर्छ। मोटा तथा दुब्ला दुवै प्रकारका व्यक्तिका लागि मालिस फाइदाजनक हुन्छ। मोटा मानिसलाई पाउडर तथा मेदनाशक तेलको प्रयोगले मालिस गरिन्छ। मसाजले पाचन प्रणालीलाई स्वस्थ बनाँछ। पाचन, अवशोषण र मल निष्कासन क्रियालाई नियमित बनाउँछ। छाला सुन्दर, मुलायम, कान्तियुक्त बनाई यौवन जोगाउँछ। व्यायाम र विश्राम दुवै मालिसबाट प्राप्त हुनाले मांसपेशी लचिलो भई सन्तुलित विकास हुन्छ। रक्तसञ्चार सुचारु हुन मद्दत मिल्छ। सानाभन्दा साना रक्तनली एवम् रक्तजालहरूमा रक्तसञ्चार हुन पुग्छ। त्यहाँ सड्ढलित विजातीय दूषित तत्त्वलाई विभिन्न मार्गद्वारा शरीरबाहिर ल्याउन मद्दत गर्छ। प्रतिरक्षा प्रणाली सबल र सक्रिय हुन्छ। रोगप्रतिरोध शक्ति बढाउँछ। यसले गर्दा कीटाणुको आक्रमणबाट शरीर जोगिन्छ। वृद्घ, रोग, शोक, पीडाले थलिएको व्यक्तिका छालामा देखिएको शिथिलता, शून्यता चाउरीपनलाई मालिसले फाइदा पुर्याउँछ। चिन्ता, तनाव, उदासीनता, अनिद्रा आदि अवस्थाहरूमा मालिसले स्फूर्ति पैदा गर्छ । निद्रा नलाग्नेहरूका लागि मालिस अत्यन्त पुष्टिदायक औषधि हो। स्नायु दौर्बल्यमा सम्पूर्ण शरीरको मालिसका अतिरिक्त टाउको, पिठयूँ र मेरुदण्डको मालिस अत्यन्त हितकर हुन्छ। हाड, जोर्नीहरूलाई बलियो बनाउन र यसका विभिन्न समस्यामा मालिसले चामत्कारिक लाभ पुर्याउँछ। रक्तचाप घट्ने र बढ्ने दुवै अवस्थामा मालिसले सन्तुलन बनाइराख्न मद्दत गर्छ। पक्षघातका कारण शरीर नचल्ने रोगीका लागि मालिस राम्रो उपचार विधि मानिन्छ 

टाउकोमा मालिस गर्दा मस्तिष्कलगायत सम्पूर्ण इन्द्रियलाई पोषण पुग्छ । नाक, कान, घाँटी, आँखा आदिमा र स्मृतिनाशमा अत्यन्त फाइदा पुग्छ। तेलबाट मालिस गर्दा मांसपेशीलाई शक्तिशाली र तनावमुक्त बनाउँछ। पोषण र व्यायामको अभाव भएको रक्ताल्पताका रोगीलाई मालिस गर्नाले अत्यन्त छिटो लाभ पुग्छ। बाथरोगका कारण जोर्नी दुख्ने समस्यामा पीडानाशक तेलले मालिस गरेर तातो बाफ लिँदा अत्यन्त फाइदा पुग्छ। आलस्य निवारणका लागि र सुस्त मनःस्थितिका रोगीहरूलाई सम्पूर्ण शरीरका अतिरिक्त विशेषरूपमा टाउको, मेरुदण्ड र पैतालाको मालिसले लाभ पुर्याउँछ। - साधना 

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply