» » रामचन्द्र आश गर्ने, शेरबहादुर आशंका गर्ने !

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नेपाली कांग्रेसमा यतिबेला रामचन्द्र पौडेल र शेरबहादुर देउवा मिलेर सरकार र पार्टी दुबै मोर्चामा अफ्नो कब्जा जमाउने तयारी भइरहेको चर्चाले व्यापकता पाउन थालेको छ । यद्यपि यी दुई नेता आपसमा मिल्नेमा भने कांग्रेसकै धेरै नेताहरुले अहिल्यै पत्याइसकेका छैनन् ।
प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साँठगाँठ बढाएपछि सभापति सुशील कोइराला थप अप्ठ्यारोमा परेका छन् । आफूलाई धोका दिएको अवस्थामा देउवासँग आफैं मिलेर भए पनि पौडेललाई पाखा लगाउने नयाँ रणनीति सभापति कोइरालाले बनाउन लागेको चर्चासमेत कांग्रेसमा चल्न थालेको छ ।
तीन नेताको दाऊपेच
कांग्रेसका तीनै शीर्ष नेताहरु प्रधानमन्त्रीका आकांक्षी देखिएका छन् । निर्वाचनबाट आफ्नै नेतृत्वमा पहिलो पार्टी बनेकाले आफूलाई सहयोग गर्न सभापति कोइरालाले अन्य नेतालाई आग्रह गर्दै आएका छन् भने बरिष्ठ नेता शेरबहादुर देउवाले आफूलाई पार्टी चलाउने जिम्म दिइए प्रधानमन्त्रीको दाबी नगर्ने बताउँदै आएका छन् । उपसभापति पौडेल पार्टीमा आफूले पुर्‍याएको योगदानका आधारमा आफूले प्रधानमन्त्री पाउनुपर्ने अडानमा छन् ।
सभापति कोइरालाले भने अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाटै आफूलाई समर्थन आएको भन्दै प्रधानमन्त्रीका लागि सहयोग गर्न पौडेल र देउवालाई आग्रह गरिरहेका छन् । उता नेता पौडेल र देउवाले निर्वाचित सभाससदसंग आन्तरिक छलफललाई तिब्रता दिइरहेका छन् । पटक-पटक भइरहेका शीर्ष नेतात्रयको बैठकमा तीनै नेताले आफ्नो अडान नछाडेपछि प्रधानमन्त्रीको उम्मेदवार टुंगो लगाउन कांग्रेसमा अझै केही दिन लाग्ने देखिएको छ ।
देउवासँग पौडेलको आशा
प्रधानमन्त्रीका लागि उपसभापति पौडेल र बरिष्ठ नेता शेरवहादुर देउवावीच पटक-पटक छलफल भएको चलेको छ । छलफलमा पौडेलले आफूलाई प्रधानमन्त्रीका लागि सहयोग गर्न आग्रह गरेका छन् । पौडेलले आफूलाई प्रधानमन्त्रीका लागि सहयोग गरे महाधिवेशनमा पार्टी सभापतिमा सहयोग गर्ने बचन देउवालाई दिएको बताइन्छ ।
देउवा पनि वर्तमान अवस्थामा सभापतिले आफूलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिन नचाहेकाले पौडेलसँग मिल्नु नै उत्तम हुने निष्कर्षमा पुगेको कांग्रेस नेताहरु बताउँछन् ।
पौडेलमाथि शेरबहादुरको शंका
पार्टी सभापति कोइरालालाई प्रधानमन्त्रीका लागि सहयोग गर्दा आफूले कार्यवाहक सभापतिको जिम्मेवारी नपाउनेमा देउवा सशंकित छन् । रामचन्द्र उपसभापति भएकाले कार्यवाहक विधानबमोजिम पौडेलमा जाने सम्भावना छ ।
विगतमा पार्टी फुटका बेला अन्तिम समयमा आएर आफूलाई पौडेलले धोका दिएकाले देउवा पौडेलसँग सशंकित छन् । यही शंकाको फाइदा उठाउँदै कोइरालाले देउवालाई आफूतिर तान्ने प्रयास गर्न लागेको समेत कांग्रेसमा चर्चा छ । आफूलाई धोका दिएको भन्दै सभापति कोइराला उपसभापति पौडेलसँग रुष्ट भनेको स्रोतले बतायो ।
सुब्बालाई सभासद बनाउन सानेपामा डेलिगेसन
यसैवीच अर्को एक समाचारअनुसार नेपाल महिला संघ सुनसरीले पार्टीकी केन्द्रीय सदस्य मीना सुब्बालाई समानुपातिक सभासद नबनाइएकोमा आपत्ति जनउँदै खेद प्रस्ताव पास गरेको छ ।
सुब्बालाई सभासद बनाउन आग्रह गर्दै महिलासंघ सुनसरीले केन्द्रीय कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको छ । अन्य केन्द्रीय सदस्यहरु मापदण्डमा परेका बेला एकल महिला र जनजातिसमेत रहेकी सुब्बालाई छुटाउनु आश्यर्चजनक भएको महिला संघ सुनसरीको निर्णयमा उल्लेख छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply