» » राहुल गान्धी ‘नेपाली ज्वाइँ’ बन्दै

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

काठमाडौ, ६ माघ। भारतीय कांग्रेस पार्टीका महासचिव  राहुल गान्धी ४२ वर्षका भए तर उनी अविवाहित नै छन् । भारतमा गान्धी परिवारका राजकुमार भनेर समेत पुकारिने राहुलले विवाह गर्ने बारे स्थानीय भारतीय मिडियाले चर्चा गरेका छन् । उनीहरुका अनुसार गान्धीको बिवाह कुनै भारतीय घराना,  पूर्वराजपरिवार या व्यापारी उद्योगपतीसँग नभएर सञ्चारकर्मीसँग हुन लागेको हो।
बताइएअनुसार राहुल गान्धीले लगन गाँठो बाध्ने चर्चा चलिरहेकी ति सञ्चारकर्मी दिल्लीस्थित सिएनएनमा कार्यक्रम निर्माताको रुपमा कार्यरत छिन्।  त्योभन्दा पनि महत्वपूर्ण कुराचाहि गान्धीले बिबाह गर्न लागेकी ति यूवती नेपाली मुलकी रहेकी छन्। नेपालको नेवार परिवारकी ति यूवतीसँग राहुलको यसैबर्ष बिबाह हुनसक्ने दावी गरिएको छ। यद्यपी बिबाहबारे गान्धी परिवारका तर्फबाट कुनै जानकारी सार्वजनिक गरिएको छैन। समाचारमा जनाइएअनुसार राहुलका हुनेवाला ससुरा संयुक्त राष्ट्र सँघका पूर्वजागिरे हुन।
सन् १९७० मा जन्मिएका ४२ बर्षिय राहुलका पिता राजीव गान्धीले इटालिकी नागरिक सोनिया गान्धीसँग बिबाह गरेका थिए। उनकी बहिनी प्रियङका गान्धीको रोवर्ट वाड्रासँग बिबाह भइसकेको छ।

उपध्यक्षमा नियुक्त

भारतमा कांग्रेसले युवा नेता राहुल गान्धीलाई उपाध्यक्ष समेत बनाएको छ । उनी लोकसभा चुनावका लागि गठित समन्वय समितिका प्रमुख छन् । उनलाई भारतको नयाँ प्रधानमन्त्रीका रुपमा समेत हेरिन्छ । जयपुरमा २ दिनदेखि जारी कांग्रेसको चिन्तन शिविरले राहुललाई उपाध्यक्षको जिम्मेबारी दिने निर्णय गरेको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन् । आगामी लोकसभमा निर्वाचन, संगठनको एकता, अन्तराष्ट्रिय सम्वन्ध लगायतबारे कांग्रेसले आइतबार जयपुर घोषणा पत्र जारी गर्ने बताइएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply