» » ग्यालेक्सी एस ५ मा के नयाँ?

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

स्यामसुङको ग्यालेक्सी एस सिरिजको नयाँ फोन एस ५ को सम्भावित रिलिज मितिसँगै यसमा हुने विशेषताबारे चर्चा चल्न थालिसकेको छ। प्रविधिसम्बन्धी साइटहरूमा यसका विभिन्न विशेषता लिक हुने गरेका छन्। आउनुस्, प्रविधिको हिसाबमा एप्पलको आई–फोनभन्दा अगाडि रहेको ग्यालेक्सी एस ५ मा के–के नयाँ विशेषता हुनेछन्, जानौँ। 
यो स्मार्टफोनमा २५ सय ६० बाई १४ सय ४० को डिस्प्ले हुने बताइएको छ। त्यसमा ५ दशमलव २५ इन्चको डिस्प्ले हुनेछ।

आई–फोन क्यामेराको मामिलामा निकै पछाडि छ। तर, यो स्मार्टफोनमा भने स्यामसुङले १६ मेगापिक्सेलको क्यामेरा राख्ने चर्चा चलेको छ। अपरेटिङ सिस्टमको मामिलामा यसमा एन्ड्रोइडको किटक्याट भर्सन रहनेछ। 
प्लास्टिक कि धातु?
यो स्मार्टफोनको बडी प्लास्टिकको हुनेछ कि धातुको? विभिन्न साइटले बेग्लाबेग्लै दाबी गरेका छन्। एका साइटले भने यो दुई संस्करणमा आउने सम्भावना रहेको अनुमान गरेको छ। धातु र प्लास्टिक दुवैमा। प्लास्टिकको बडीमा धेरै नै आलोचना सहनुपरेको स्यामसुङले यस पटक पहिलो प्रयोग धातुको बडीमा गर्दै छ। 
तर, दुई संस्करणको मूल्य पनि फरक हुनेछ। प्लास्टिकको स्मार्टफोन साढे ६ सय युरोमा युरोपेली बजारमा उपलब्ध हुनेछ भने धातुको स्मार्टफोनका लागि करिब ८ सय युरो लाग्न सक्नेछ। 
एप्पलले आई–फोन फाइभ एस धातुमा र फाइभ सी प्लास्टिकमा ल्याए सरह नै स्यामसुङले पनि यस्तो गर्न लागेको हो। 
स्यामसुङका अधिकारीहरूले ग्यालेक्सी एस फाइभ मार्च वा अप्रिल महिनामा बजारमा आउन सक्ने बताएका छन्। एस फाइभबाहेक स्यामसुङले ग्यालेक्सी एस फोर जुम र एस फोर मिनी पनि बनाउँदै छ। मे र जुन महिनामा यी स्मार्टफोन बजारमा आउने अपेक्षा गरिएको छ। 

आँखाले खोल्न मिल्ने?
आई–फोनको फाइभ एसमा औँठाछापले अनलक गर्न मिल्ने प्रविधि राखिएको छ। यसलाई चुनौती दिन ग्यालेक्सी एस फाइभमा भने आई स्क्यानर राख्नेबारे कम्पनीले सोचिरहेको छ। 
अमेरिकाको लास भेगासमा भएको कन्जुमर इलेक्ट्रोनिक शोमा कम्पनीका अधिकारीले यसबारे अध्ययन भइरहेको भन्दै नयाँ मोबाइलमा यो सुविधा थपिने नथपिनेबारे अहिले नै निश्चित भइनसकेको बताएका थिए। 
हेड ट्रयाकिङ
ग्यालेक्सी एस फोरमा स्यामसुङले आई ट्रयाकिङ प्रविधि ल्याएको थियो। यसको अर्थ आँखाको चाललाई ध्यानमा राखी भिडियो बज्ने, रोकिने तथा अन्य फोनका गतिविधि बनाइएको थियो। यस पटक भने आँखामात्र नभई पूरै टाउको अर्थात् हेड ट्र्याकिङ प्रविधि ल्याउने तयारी उसको छ। हेड ट्र्याकिङ प्रविधिमा स्यामसुङले अध्ययन गरिरहेको र यसको पेटेन्ट दर्ता गरिएको खबर आइसकेको छ।
डिजाइन नयाँ
नयाँ स्मार्टफोनको डिजाइन पहिलेका मोबाइलभन्दा देखिने गरी नै भिन्न हुने अधिकारीहरूले बताएका छन्। यसअघिका संस्करणमा डिजाइनमा खासै परिवर्तन देखिएको थिएन। 
नेपालमा कहिले?
एप्पलले आफ्ना उत्पादनलाई नेपालमा आधिकारिक रूपमा ल्याएको छैन। तर, स्यामसुङले भने आधिकारिक बिक्रेतामार्फत यहाँ स्मार्टफोन बिक्री गरिरहेको छ। यस हिसाबले एस फाइभ एसियाली बजारमा लन्च गरेको केही समयमा नै नेपालको बजारमा पनि आउनेछ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply