» » यस्तो छ एनआरएनको दुई वर्षे कार्ययोजना

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भवनका लागि १० करोड, सल्लाहकार चयन

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी दुई वर्षका लागि विस्तृत कार्ययोजना तय गर्दै कार्यन्वयनका लागि समयसीमासमेत तोकेको छ ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को ४० औं बैठकले एनआरएनको इतिहासमै सम्भवत पहिलोपटक यस्तो विस्तृत कार्ययोजना पारित गरेको हो ।
NRNबैठकमा अध्यक्ष शेष घलेले संस्थाभित्रका बिभिन्न कार्यदलको समिक्षा एवं भावी रणनीति तय गर्न गठित समितिले तयार पारेको प्रतिबेदन पेश गरेका थिए । बैठकले सो प्रतिबेदन र त्यसमा संलग्न आगामी दुई बर्षको विस्तृत कार्ययोजना अनुमोदन गरेको हो ।
जसअन्तरगत केही टास्कफोर्सलाई स्थायी प्रकारका समितिमा रुपान्तरण गरिएको छ भने नयाँ परियोजनाहरु सम्पन्न गर्न समितिहरु गठन गरिएको प्रवक्ता मन केसीले जानकारी दिए । एनआरएन अध्यक्ष घलेले निर्वाचनकै बेलादेखि एनआरएनमा संरचनागत सुधार र समिक्षा गर्ने एजेण्डा उठाउँदै आएका थिए ।
गैरआवासीय नेपाली संघका निर्धारित लक्ष्य प्राप्तिका लागि यो बैठकले जिम्मेवार निकाय र समयसीमा समेत तोकिएको छ ।
गैरआवासीय नेपाली संघलाई संस्थागत र दिगो बनाउन नीतिगत दस्तावेज तयार पार्ने, विभिन्न टास्कफोर्स समितिहरुलाई आत्मनिर्भर बनाउने, भवन निर्माण गर्ने, संस्थालाई आर्थिकरुपले सक्षम र दिगो बनाउन सन् २०१४ को मध्यसम्म उठन बाँकी शुल्क असुल गर्ने, नेपाली नागरिकताको निरन्तरताका लागि लविङ गर्ने, बैदेशिक रोजगार परोपकारी कोषलाई प्रभावकारी कार्यन्वयन गर्ने, नेपालको बृहत्तर समूदायको हितलाई ध्यानमा राख्दै परोपकारी कार्यलाई तिब्रता दिने, एनआरएन सदस्यता अभियानलाई तिब्रता दिँदै बलियो गैरआवासीय नेपाली संजाल निर्माण गर्ने लगायतका कार्ययोजना तय गरेको छ ।
नेपालमा प्रत्यक्ष बैदेशिक लगानी र गैरआवासीय नेपालीको लगानी भित्राउन लगानी परियोजनाहरुलाई प्रर्बद्धन गर्दै सन् २०१५ को मध्यसम्ममा गैरआवासीय नेपालीको लगानीलाई गुणात्मकरुपले बृद्धि गर्ने कार्ययोजना तय गरिएको छ ।
एनआरएन भवनका लागि १० करोड
वैठकले काठमाण्डौमा एनआरएन भनव निर्माणका लागि १० करोड रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । यसका लागि अध्यक्ष एवं भवन निर्माण कार्यदलका संयोजक शेष घलेले सम्भावित उपयुक्त जग्गा हेर्ने काम भइरहेको जानकारी दिनुभयो ।
वैठकमा उपाध्यक्ष भवन भट्ट र टीवी कार्कीले आ–आफ्नो क्षेत्रको कार्यबिबरण पेश गर्नुभएको थियो भने महासचिव कुमार पन्तले संस्थागत प्रतिबेदन र कोषाध्यक्ष बद्री केसीले आर्थिक बिबरण र बजेट पेश गरेका थिए । महिला संयोजक सपिला राजभण्डारी, युवा संयोजक डा. राजेन्द्रप्रसाद पराजुली, क्षेत्रीय संयोजकहरु– बिष्णु हमाल, गंगा राई, अर्जुन श्रेष्ठ, हिक्मत थापा, चन्द्र रोकाहा र नवराज गुरुङले आ–आफ्नो क्षेत्रका गतिबिधि समेटिएको रिपोर्ट पेश गरेका थिए ।
सल्लाहकार र युवा उपसंयोजक चयन
बैठकले विभिन्न क्षेत्रका १६ जनालाई सल्लाहकार चयन गरेको छ । जसअनुसार डा. हेमराज शर्मा(युरोप), मेजर डमर घले (युरोप), दिलकुमार गुरुङ(युरोप), रतन झा(अमेरिका), दीपक खड्का(ओसियाना), नरेन्द्र भाट(मध्यपूर्व), तेन्जी शेर्पा(नेपाल), सुरज बैद्य(नेपाल), बिश्वकान्त मैनाली(नेपाल), लोकभक्त राना(नेपाल), कुलचन्द्र गौतम(नेपाल), राम खरेल(अमेरिका), डा. देवकाजी डंगोल(मध्यपूर्व), शशि पौडेल(युरोप), श्री नापित(ओसियाना) र युवराज गुरुङ(युरोप) चयन हुनुभएको छ । युवा उपसंयोजकमा अष्ट्रेलियाका कृष्ण गिरीलाई चयन गरिएको छ ।
वैठकमा संस्थाको बिधानअनुसार बिभिन्न क्षेत्रबाट अन्तराष्ट्रिय समन्वय समितिको सदस्यमा मनोनित गर्ने सदस्यका बारेमा छलफल भएको थियो । अफिस बियररको आगामी बैठकले मनोनित सदस्यको टुंगो लगाउने निर्णय भएको छ ।
क्षेत्रीय सम्मेलन जापानमा
बैठकले गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन सन् २०१४ मा जापानमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनको स्थान र मिति निर्धारण गर्ने जिम्मा एसिया प्यासिफक क्षेत्रीय संयोजक र उपसंयोजकलाई दिएको छ ।
एनआरएनएको युरोप क्षेत्रीय वैठक जुन महिनाको ७ र ८ तारिखमा स्पेनको बार्सिलोनामा र मध्यपूर्व क्षेत्रीय वैठक मे महिनामा बहराइनमा आयोजना गर्ने निर्णय गरेको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply