» » रातमा निद्रा छैन, दिनमा भोक छैन : सुधीर बस्नेत

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

गौरीबहादुरले सुरक्षा दिएपछि बस्नेतले लगाए छम्पीका डोजर

‘भागी-भागी हिँड्नुपरेको छ । रातमा निद्रा छैन, दिनमा भोक छैन । घर पनि बैंकले लिलाम गर्‍यो, अहिले डेरा गरेर बसेको छु । सम्पत्तिले नै मलाई समस्यामा पार्‍यो । अहिले सुख पनि छैन, शान्ति पनि छैन ।’

यो भनाइ हो, घरजग्गा व्यवसायी सुधीर बस्नेतको । मान्छेले धेरै सम्पत्ति कमाउने महत्वाकांक्षा बोक्दा सुख र शान्ति भन्दा पनि दुःख र असुरक्षा बढी पाइने रहेछ भन्ने नकारात्मक शिक्षाका लागि उदाहरणीय पात्र बनेका छन् हाउजिङ व्यवसायी बस्नेत ।

विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित बचत तथा ऋणको कारोबार गर्ने समस्याग्रस्त सहकारीका लागि जाँचबुझ आयोगसमक्ष वियोगान्त वयान दिँदै घरजग्गा व्यवसायी एवं ओरियन्टल सहकारीका अध्यक्ष बस्नेतले माथिको बिलौना गाएका हुन् । बस्नेतले कार्की नेतृत्वको आयोगलाई हालै दिएको वयानमा भनेका छन्- ‘मैले मेरै व्यवस्थापनलाई बढी विश्वास गरेर गल्ती गरेँ । मेरो कमजोरीको फाइदा उठाउँदै मेरा कर्मचारीहरुले मोटो रकम खाइदिए । यद्यपि म व्यहोर्न तयार छु । तर, बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन, आक्रमण गरिहाल्छन् ।’

दर्जन बढी बैंकबाट ऋण लिएको तथा हाउजिङ व्यवसायमा विभिन्न व्यक्तिको अरबौं रुपैयाँ डुबाएकाले बस्नेतका दुःखका दिन शुरु भएका हुन् । यसक्रममा उनी पक्राउ पनि परिसकेका छन् भने पीडितको रकम फिर्ता गर्न नसक्दा असुरक्षित र भूमिगत बनेका छन् । तर, आफूले फेरि व्यवसाय गर्न पाए सबैको रकम फिर्ता गरिदिने बस्नेतले कार्की नेतृत्वको आयोगसमक्ष प्रतिवद्धता जाहेर गरेका छन् ।

‘सानेपाको हाउजिङको ९० प्रतिशत र बालकुमारीको हेगासको ८० प्रतिशत काम सकिएको छ । आठ/दश करोड रुपैयाँ खर्च गर्दा निर्माण सम्पन्न हुन्छ । र, त्यो बिक्री गर्दा दुई अर्ब रुपैयाँ आउँछ त्यो रकमले बचतकर्ताको बचत फिर्ता गर्छु, बस्नेतले आयोगलाई दिएको वयानमा भनेका छन्, ‘सरकारले सुरक्षाको प्रत्याभूति गराए निर्माणधीन हाउजिङ तथा अपार्टमेन्टको पूरा गर्छु । र, त्यो बिक्री गरेर सर्वसाधारणको रकम फिर्ता गर्छु ।’

सरकारले सुरक्षा दिएपछि बस्नेतले डोजर चलाउन थाले

सुधीरले सुरक्षा पाएको खण्डमा कमाएर सबैको रकम फिर्ता गर्छु भनेपछि आफूले सुरक्षाको प्रत्याभूति गरिदिएको आयोगका अध्यक्ष कार्कीले अनलाइनखबरलाई बताउनुभयो । ‘उनको यस्तो बयान सुनेपछि मैले काम शुरु गर्नु, सुरक्षाको प्रत्याभूति म गराउँछु भनें, अध्यक्ष ‘कार्की भन्नुहुन्छ, ‘सुधीरले पैसा कमाउनु भनेको सबै बचतकर्ताले रकम फिर्ता पाउनु हो, राज्यलाई नै फाइदा हुने हो । देशकै लागि गर्ने हो । त्यसैले सरकार प्रहरी खटाउन तयार भएपछि शनिबारदेखि छम्पीमा भएको जग्गामा प्लटिङ गर्न डोजर लगाउन थालिसकेका छन् ।’

छानविन आयोगका कार्कीले बस्नेतको सम्पत्तिबारे थप जानकारी दिँदै अनलाइनखबरसँग भन्नुभयो, ‘उनले मसँग ११ अर्ब रुपैयाँ सम्पत्ति छ भन्ने बयान दिएका छन् । भक्तपुरको गुण्डुमा २ सय रोपनी, ललितपुरको छम्पीमा ७ सय रोपनी, र फाटफुट् मेची देखि महाकालीसम्म रहेको जग्गा कर्जा कूल १३/१४ सय रोपनी जग्गा छ भनेका छन् । साथै निर्माणाधीन अवस्थामा आधा दर्जन हाउजिङ तथा अपार्टमेन्ट रहेको उनको भनाइ छ ।’

बस्नेतले व्यवसाय सञ्चालन गरेपछि पहिलो चरणमा बैंकको कर्जा तिर्ने, दोस्रोमा सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने र बाँकी रहेको रकम आयोगको खातामा जम्मा गरी व्यक्तिहरु डुबेको रकम फिर्ता गराउने कार्कीले बताउनुभयो ।

बस्नेतको जस्तै गुण को-अपरेटिभका अध्यक्ष एवं गुण सिनेमाका मालिक राजेन्द्र शाक्यबाट पनि पीडितको डुबेको रकम रकम फिर्ता गराउने पहल भइरहेको अध्यक्ष कार्कीले अनलाइनखबरलाई बताउनुभयो ।

अध्यक्ष कार्की : पीडितका भरोसा


बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थामा व्यापक ठगी भएपछि निकास खोज्न सरकारले विषेश अदालत काठमाडौंका पूर्वन्यायाधीस गौरीबहादुर कार्कीको संयोजकत्वमा कात्तिक २७ गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो । गत मंसिर १९ गतेदेखि उजुरी लिन शुरु गरेको आयोगमा हालसम्म ५२ सहकारी संस्था विरुद्ध ८ हजारभन्दा बढी उजुरी परेका छन् ।

विशेष अदालतमा रहँदा भ्रष्टाचारसम्बन्धी मुद्दामा सहासिक निर्णय गरेर जनताको विश्वास जित्न सफल कार्कीको अध्यक्षतामा सरकारले आयोग गठन गरेपछि सहकारीमा बचत गरेर रकम फिर्ता नपाएका सर्वसाधारणहरुमा आफ्नो डुबेको रकम फिर्ता हुने आशा पलाएको छ ।

जिल्ला, पुनरावेदन तथा विषेश अदालतमा न्यायाधीशका रुपमा २० वर्ष न्यायसम्पादन गर्नुभएका कार्कीले मुगुमा चामल अभाव आपूर्ति गर्न दिएको आदेशदेखि सुडान घोटाला प्रकरणमा प्रहरीका बहालवाला डीआइजीलगायत प्रहरी उच्च अधिकारीलाई भ्रष्टाचारी ठहर गरेर लोकपि्रयता कमाउनुभएको हो । त्यस्तै पूर्वमन्त्री गोविन्दराज जोशी, आइजीपी मोतिलाल बोहोराले भ्रष्टाचार गरेकेा फैसला उहाँका चर्चित न्यायिक फैसला हुन् ।

विसं. २००६ सालमा भक्तपुरको गुण्डु गाविसमा जन्मिनुभएका कार्की ०२३ सालमा बहिदारको जागिरबाट सार्वजनिक सेवामा प्रवेश गर्नुभएको हो । हाल उहाँले नेतृत्व गरिरहनुभएको आयोगले सहकारी संस्थामा बचत गर्नेहरुको रकम फिर्ता गर्न पहल गर्नुका साथै सहकारी क्षेत्रका विकृति हटाउन सरकारलाई सुझाव दिने तयारी गरिरहेको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply