» » सबैको लागि रोचक जानकारी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ प्ले गर्न माथि को बोक्स भित्र double click गर्नुहोस् !

 जानी राखने कुरा :
यस धरतीमा रुख बिरुवाको के कति महत्व र आवश्यक छ, त्यो हामी सबैलाई थाहा भएकै कुरा हो तर यही धरतीमाभएका अनौठो र उपयोगी गुणकारी रुख हालसम्म पनि आम मानिसले उपयोग गर्दै आइरहेका छन् । त्यसमध्येमा पनि आश्चर्यलाग्दो अनौठो रुख पनि छन्, जुन हाम्रो कल्पनाको संसारबाट टाढाको कुरा हुन सक्छ । यस्तै अनौठो रुखको बारेमा यहाँ चर्चा गर्दैछु ।
१. सर्वत दिने रुखः अस्ट्रेलियाको क्विसल्यान्ड सहरमा एउटा विशाल रुख छ, जसको आकार बोतल जस्तै छ । यस्को उचाई १५ मिटर र फेदको मोटाइ ८ मिटर छ । यस रुखको फेदमा काटेर हेर्ने हो भने यसबाट सर्वत जस्तै मीठो र स्वादिष्ट रस निस्कन्छ ।
२. दूध दिने रुखः दक्षिण अमेरिकामा पाइने भेनेजुएला म्याजिक टि्र (जादूको रुख) नामक रुखले गाई भैंसीको जस्तै दूध दिने गर्छ । यस रुखलाई दिनमा दुई पटकसम्म दुहिने गरिन्छ । साना-साना हाँगालाई थोरै थोरै काट्दा त्यहाँबाट दूधजस्तो थोपा निस्कन्छ जसलाई तताएर खाँदा गाई भैंसीको दूधजस्तै पोषिलो मिठास हुन्छ । यस्तै ब्राजिलको घना जंगलमा ‘काउ टि्र’ नामक रुख पाइन्छ । यसको हाँगामा प्वाल पार्दा गाई भैंसीको जस्तै पौष्टिक दूध निस्कन थाल्छ । त्यस्तो दूधलाई जङ्गलवासी भाँडामा जम्मा गरेर मजासँग पिउने गर्दछ । ब्राजिलवासी यस्तो दूधमा एक प्रकारको जङ्गली औषधि प्रयोग गरेर धेरै दिनसम्म सुरक्षित राख्छन् अनि आफूलाई खाँचो परेको बेलामा त्यसलाई प्रयोगमा ल्याउँछन् ।
३. पङ्खा वाला रुख: एसियामा पाइने एकप्रकारको सानोखाले रुखलाई टेलिग्राफ टि्र भनिन्छ । किनकि यसका पातहरू बिल्कुलै हावा नचलेको बेलामा पनि फ्याट-फ्याट गरी फड्काइरहन्छन् । मानौं यिनले पङ्खा हल्लाइरहेका छन् । मानिस यस रुख मुनि बसेर शीतलता लिने गर्दछ ।
४. उज्यालो दिने रुख: चीनको हुनान प्रान्तमा पाइएको एक रुखको प्रत्येक हाँगाबिङ्गाबाट उज्यालो प्रस्फुटित हुन्छ । यो रुखको एक टुक्रा बोक्रा मात्र पनि कोठामा राखियो भने प्रकाशमय हुन्छ । कुन कारणले गर्दा यो रुखबाट प्रकाश आउँछ ? भन्ने कुरा आजसम्म पनि वैज्ञानिकले पत्ता लगाउन सकेका छैन । यस्तै ‘सोम औषधि’ नामक यो रुख हिमालको आसपासमा पाइन्छ, जसले रेडियमको जस्तो उज्यालो प्रकाश दिन्छ । यस रुखमा शुक्ल पक्ष शुरु भएपछि प्रत्येक दिन एक-एक वटा पात थपि्रदै जान्छन् । पूणिर्माको दिनसम्ममा थपिएका पातको सङ्ख्या १५ पुग्छ । यसरी नै कृष्णपक्ष सुरु भएपछि प्रत्येक दिन एउटा पात झर्दै जान्छ र औंसीको दिनसम्ममा त्यस रुखमा एउटा पनि पात रहँदैनन् ।
५. मानवरूपी रुने रुख: अफ्रिकी देशहरूमा पाइने ‘सेराङ्क’ नामक रुखको बनावट मानिससँग मिल्दछ । यस रुखको अर्को विशेषता के छ भने यसलाई काट्दा वा उखेल्दा मानिसले जस्तै आवाज निकालेर रुने गर्दछ । यस्तै केनरी द्वीपमा पाइने ‘लाउरे मण्डक’ रुख टाढाबाट हेर्दा मान्छे जस्तो देखिन्छ । यसलाई काट्न वा उखेल्न खोज्दा बालक रोए झैं रोएको आवाज आउँछ । यस्तै अमेरिकाको मिसिगन प्रान्तको आलो क्लार्क नामक व्यक्तिको बगैंचामा एक यस्तो रुख छ, जुन झट्ट हेर्दा मानिसको आकृतिसँग ठ्याक्कै मिल्दछ । यस रुखमा मानिसको जस्तै हात, खुट्टा, टाउको छ । त्यति मात्र होइन टाउकोमा टोपी पनि लगाएको जस्तो देखिन्छ भने दाहिने हातमा सानो छडी पनि लिए जस्तो देखिन्छ ।
६. पातबिनाको रुख: वनस्पतिले पातबाट सास फेर्छन् यो हामी सबैलाई थाहा भएकै कुरा हो । तर प्रकृतिमा एउटा यस्तो पनि रुख हुन्छ, जसमा एउटा पनि पात हुँदैन । अङ्ग्रेजीमा रस्को एक्युलेट्स भनेर चिनिने एकप्रकारको वनस्पतिमा पात हुँदैनन् । तर यसका हाँगाहरू नै पातको आकारमा बनेका हुन्छन् । यसमा फूल पनि यिनै पातजस्तो बनेका शाखाका बीचबाट निस्कन्छ ।
७. सियो धागोयुक्त रुख: जंगलमा घुम्दाघुम्दै कतै आफूले लगाएको लुगा उभ्रे अथवा च्यातिए भने आफूसँग सियो धागो नहुँदा ‘सेन्चुरी प्लान्ट’ नामक रुख भेटिएमा लुगा सहजै सिउन सकिन्छ । यसको रुखका हाँगा मोटा खाले पात गुच्छाका रूपमा हुन्छन् । पातका टुप्पा सियोजस्तै तिखा र कडा हुन्छन् । कुनै पातलाई फेदैमा पट्याक्क भाँचेर टुप्पो भएको ठाउँभन्दा तल एउटा ढुङ्गाले किच्ने बित्तिकै पातमा रहेको दरिलो मोटो भाग पक्लक्क उकिन्छ र टुप्पो जस्ताको तस्तै रहन्छ तर टुप्पसँग गाँसिएर भित्रि रहेको धागो यथावत् रहन्छ र त्यसैले लुगा सिउन मिल्छ ।
८. मैनबत्ती दिने रुख: दक्षिण अफ्रिकामा एउटा यस्तो रुख पाइन्छ, जसले मैनबत्तीको काम गर्दछ । योरुखको हाँगाबाट १.५ मिटर जति लामो सलाइको जस्तै मोटो काँटी निस्किएको हुन्छ । त्यो देख्दा मैनबत्ती जस्तो देखिने मात्र नभएर मैनबत्ती जस्तै बल्ने काम पनि गर्दछ । यस्तै मध्य अष्ट्रेलियामा पाइने एकप्रकारको वनस्पतिमा जुन फूल फुल्दछ, त्यो हेर्दा मैनबत्ती जस्तै हुन्छ । त्यसैलेलाई अङ्ग्रेजीमा क्यान्डिल स्टिक्स अफ दसन् भनिन्छ । तर यो फूल एक बोटमा सात वर्षमा एकपल्ट मात्र निस्कन्छ ।
९. अन्धो पार्ने रुख: एब्सिनियामा पाइने अस्कलेपियास नामक रुखको पातबाट निरन्तर दूध जस्तो एकप्रकारको सेतो झोल बगिरहन्छ । यो झोल आँखामा अलिकति मात्र परे पनि मानिस अन्धो हुन्छ । यो रुखको दाउरा चिर्दा दाउरा छोएको हातले आँखा मिच्यो भने पनि मानिस अन्धो हुन सक्छ । यस्तै वेस्ट इन्डियनमा पाइने ‘मान्चिनील’ भन्ने रुख पनि साह्रै डरलाग्दो हुन्छ । यसको रसको सम्पर्कमा आउने अन्धा हुन्छन् र यस रुखको छहारीमा रातभरी सुत्ने मानिस मरेका पनि छन् ।
१०. कपडा दिने रुख: न्युजिल्यान्डमा पाइने ‘लेस वार्क टि्र’ नामक रुखबाट कपडा प्राप्त गर्न सकिन्छ । १० मिटरसम्मको उचाई हुने यो रुख सधँै हरियो भइरहन्छ । यस रुखको सानो हाँगो काट्ने बित्तिकै त्यसको भित्रबाट सेतो जालीदार बनेको कपडा जस्तो सुत्ला निस्कन्छ । यदि ठूलो हाँगा काटेमा दरिलो जालीदार कपडाको रास नै निस्कन्छ । त्यहाँका जङ्गलमा बस्ने आदिवासी त्यही जालीदार कपडाबाट दरी, झोला, मजेत्रा आदि बनाएर प्रयोगमा ल्याउँछन् ।
११. सङ्गीत उत्पन्न गर्ने रुख: लाल सागरदेखि नील नदीसम्म फैलिएको क्षेत्र नुबियामा सोफर नामको सङ्गीतमय रुख पाइन्छ । यो रुखको हाँगामा पोका-पोका निस्कन्छ । ती पोकामा कीराले स-साना प्वाल पार्छ र सोही प्वालमा हावा छिर्दा सुरिलो सुसेली सुनिन्छ । यस्तै जमैकामा बतास चल्दा चराले गाएजस्तो सुसेल्ने रुख पाइन्छ । त्यहाँका बासिन्दा उक्त रुखलाई बोक्सी रुख भन्ने गर्दछन् भने पूजाआजा पनि गर्छन् । त्यो रुख अँध्यारोमा रहस्यमय ढङ्गले चम्कन्छ पनि ।
१२. घिउ दिने रुख: अमेरिकामा पाइने विपिङ फर नामक रुखले मैनबत्ती आकारको फल फल्छ । यो फल ४ फिटसम्म लामो हुने गर्दछ । यसलाई पेलेर घिउ निकालिन्छ । गाईलाई ख्वाउँदा मोटाउँछ । यस्तै नेपालमा पनि च्युरी नामक रुखको फलको बियाँ पेलेर घिउ निकालिन्छ । यो घिउ,औषधि बनाउन, शरीरमा घस्न, बत्ती बाल्न र साबुन बनाउन प्रयोग हुन्छ ।
१३. कीरा फट्याँग्रा खाने रुख: अमेरिकामा एउटा अचम्मको रुख पाइन्छ, जसले अरु साधारण रुख झैं माटोबाट आहार प्राप्त नगरी कीरा फट्याँग्रा खाएर बाँच्ने गर्छ । तसर्थ यसको नाम पनि कामअनुसार ‘कोबरा’ वृक्ष राखिएको छ ।
१४. कुरा गर्ने रुख: ‘डेसियोडियम ड्राइक्वेट’ नामक रुखका पातबाट गर्मीको याममा मानिसले कुरा गरेझैं आवाज निस्कन्छ । त्यसका बासिन्दाले यस रुखलाई कुरा गर्ने रुख भन्ने गरिन्छ ।
१५. मांसाहारी रुख: अफ्रिकी महाद्वीप तथा मेडागास्कर द्वीपको घना जङ्गलमा यस्ता रुख पाइन्छन्, जसले मान्छे तथा जनावर मारेर खान्छन् । यस्ता रुखको उचाइँ २५ फिटसम्म हुन्छ । यस्ता रुखको शाखा हाँगाको अगाडिको भागमा ठूलाठूला थालका आकारका फूल हुन्छन् । यिनै हाँगामा १-२ फिट लामो नङ्ग्रा जस्ता तिखा काँटा हुन्छन् । असावधानीवश कुनै मानिस वा जनावर ती रुखको छेउमा पुगे भने ती काँटाले छेड्छन्, छेडेपछि शरीरबाट बगेको रगतलाई ती काँटाले सोसेर निल्दछन् । जब ती प्राणीको शरीरबाट रगत आउन छोड्छ तब काँटाले छोडिदिन्छन् । रगत खाएको बेला रुखमा रहेका फूल अझ ठूला हुन्छन्, केही दिन पछि फेरि साविककै आकारमा आउँछन् ।
१६. गोली जस्तै पड्किने रुख: मेक्सिकोमा एक किसिमको रुख पाइन्छ । जसमा फलेका फल पाकेपछि खुबै जोडसँग फुट्दछ । फुटेका फलका टुक्राले २० फिटको घेराभित्र बसेका मानिसलाई घाइते पार्न सक्छ ।
१७. हिँड्ने रुख: अमेरिकामा पाइने ‘मेलग्रोव’ नामक रुख सयौं मिटर अग्लो हुन्छ जुन ज्यादै मन्दगतिमा हजारौं फीट पर पुग्ने गर्दछ । त्यस्तै ‘टम्पवल पिङ्स’ नामक बिरुवा खास गरेर मरुभूमिको नजिक पाइन्छ । यसले आफ्नो जरामा रहेको पानी खाइसकेपछि आफैँ नै जरा बाहिर निकाल्छ र हुरी बतास चल्दा सो सँगसँगै धेरै टाढा नदी वा महासागरमा पुगी पानी खाई पुनः जरा गाड्छ ।
१८. बर्षा गराउने (पानी पार्ने) रुख: क्षेत्रमा पाइने एउटा रुखलाई ‘समानी समन’ भनिन्छ । यसलाई बर्षा गराउने रुखका रूपमा चिनिन्छ । यसले दिनमा आफ्नो कोसाहरुमा पानी जम्मा गर्दछ र उक्त जम्मा गरिएको पानी रातमा घना बर्षा जस्तै गरी बर्साउँछ ।
१९. एकपाखे रुख: ओरेगनमा कोलम्बिया नदी घाँटीका किनारमा उमि्रएका रुख सदैव एकपाखे (एकातिरमात्र सोहोरिएका) हुन्छन् । यी रुखले लगातार एकै दिशाबाट आउने यति भीषण हावाको सामना गरिरहनुपर्दछ कि यिनका सम्पूर्ण हाँगा हावाको बहावको दिशामा नै बढ्छन् । यसैकारण रुख एकपाखे बन्न जान्छन् ।
२०. हात्ती दाँते रुख: पश्चिमी मध्य अमेरिकामा एक किसिमको रुखमा निकै ठूला फल फल्छन् । यस्ता फललाई सुकाएर टाँक आदि बनाउने काममा प्रयोग गरिन्छ । झट्ट हेर्दा यस्ता फलबाट बनेका कुनै पनि चीज हात्तीको दाँतबाटै बनाइएका जस्ता देखिन्छन् ।
२१. तेल दिने रुख: ब्राजिलमा पाइएको ‘कोपिबिया’ नामक रुखबाट वर्षमा दुई पटक तेल झिक्न सकिन्छ । एकपटकमा झिकेको तेल २५ लिटरसम्म हुन्छ । यसलाई तत्कालै गाडीमा हाली प्रयोग गर्न सकिन्छ ।
२२. तुरुन्त घाउ ढाक्ने चोपवाला रुख: मेवाको फलमा बाहिरबाट पातलो चिरा लगाएर चोप निकाल्न सकिन्छ । तर यो चोपमा एउटा विचित्रको गुण हुन्छ । यहि गुणकाकारण नै यो चोप हावाको सम्पर्कमा आउनसाथ तुरुन्त जम्दछ र चिरिएको घाउको मुख बन्द गरिदिन्छ । यसबाट चोप निस्कन पनि तुरुन्त रोकिन्छ ।
२३. सम्पूर्ण मसलाको एउटै रुख: एउटा रुख जसको नाम नै यसको गुणको आधारमा ‘सम्पूर्ण मसला’ राखिएको छ । किनकि यसको फलमा ल्वाङ, तेजपात, दालचिनीको एकमुष्ट स्वाद र सुगन्ध पाउन सकिन्छ ।
२४. साबुन दिने रुख: उत्तर अमेरिकामा पाइने साबुन रुख पनि अति उपयोगी रुख मानिन्छ । बर्सेनि यो रुखमा सुपारी जत्रो फल फल्छ । फलभित्र नरम गुदी हुन्छ । गुदीको आधाभाग बसाउने साबुन हुन्छ, जसबाट राम्ररी फिँज निस्कन्छ, सो भेगका मानिस यसैबाट लुगा धुने गर्छन् ।
२५. पेटिकोट पाम रुख: क्यालिफोर्नियामा पाइने ‘वासिङ्गटोनिया पाम’ नामक रुखलाई पेटिकोट पाम पनि भन्न सकिन्छ । यसका पातले यसको बोटलाई अनौठो तरिकाले ढाकेर सूर्यका किरणबाट जोगाउँछन् । झ्वाट्ट हेर्दा त्यहाँ एक महिलाले आफ्नो शरीरलाई पेटिकोटद्वारा ढाकेको जस्तो देखिन्छ ।
२६. नुन दिने रुख: चीनको हिलोग जियाङ्ग र जीलीन प्रान्तमा पाइने एक किसिमको रुखबाट एक प्रकारको पाउडर निस्कन्छ । यो पाउडरबाट नुनको काम लिन सकिन्छ ।
२७. अचम्मको धोत्रे रुख: अफ्रिकामा पाइने ‘एण्डुसोनिया डिजीटोटा’ नामक रुख ज्यादै आश्चर्य लाग्दो छ, जसको जराको गहिराई सय मिटर तलसम्म गाडिएको हुन्छ । यसका हाँगा खोक्रो हुन्छन् र सो भागमा पानी भरेर राख्न सकिन्छ । एउटा रुखमा पाँच हजार लिटरसम्म पानी अटाउँछ । यही पानी रेगिस्तानका यात्रीलाई बेच्ने गरिन्छ । साथै यसका हाँगामा ठूला-ठूला प्वाल पारेर मरेको मानिसको शव राख्ने चलन पनि छ । यसमा राखेको शव कुनै औषधि विना नै जस्ताको तस्तै सयौं वर्षसम्म रहन्छ ।....
पहाडी गाउँघरमा जहाँ तागतिलो तथा पोषिलो खानेकुरा कम हुन्छन तर श्रम अन्य ठाउँमा भन्दा बढी गर्नु पर्ने हुन्छ । उकालो, ओरालो त्यस माथी पीठुमा भारी । तैपनि त्यहाँका मानिसहरु फुर्तिलोका साथ उकालो चढिरहेको हुन्छ । यसको रहस्य हो, चिप्लेकिरा । पहाडी गाउँघरमा मानिसहरु बर्षायाममा खोल्सा पाखा बारीमा चिप्लेकिरा खोज्न व्यस्त हुन्छन् ।
यी किरा खाँदा हाडजोर्नी दुखेको चोटपटक लागेको ठीक हुन्छन् । यसका साथै शरीरमा निकै ताकत बढ्छ । त्यसैले पहिले देखि औषधीको रुपमा चिप्लेकिरा खाने चलन रहन्दै आएको छ । मानिसहरुले मात्र होइन गोरुले खेत जोत्न सकेन भने पनि ताकतको लागि ताकतिलो खुराकका रुपमा चिप्लेकिरा खुवाउने चलन छ ।
भियग्रा यौन वर्धक औषधीको रुपमा विश्व प्रसिद्ध छ नेपालको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बाभियग्रा भन्दा निकै प्रभावकारी भएको कुरा प्रमाणित भैसकेको छ । चिप्लेकिरा यार्सागुम्बा भन्दा पाउन सजिलो हुनुका साथै अझ प्रभावकारी भएको कुरा ती खाने व्यक्तिहरुले भन्दछन् । अरु समयमा भन्दा चिप्लेकिरा खाएको समयमा निकै यौन शक्ति निकै बढेको अनुभव पाइएको छ । यही गुणले गर्दाले पनि आजकलका युवाहरु अझ बढी चिप्लेकिरा तर्पु आकर्षित भएको छ ।
चिप्लेकिरा त्यतिकै खान घीन लाग्न सक्छ । तर यसलाई पानीमा राखेर केही समय चलाएमा केही भाग बाहेक यो पानीमा अथवा तातो दुधमा राख्यो भने अझ चाडै घुल्छ । अनी उक्तदुध या पानीलाई पिए हुन्छ । खैरो वा सुनौलो भन्दा कालो चिप्लेकिरा अति नै प्रभावकारी एवं शक्तिवर्धक हुन्छन् । त्यसैले एक पटकमा आधी वा एक चौथाइ मात्र खानु उपयुक्त हुन्छन् ।....
१) ईंग्लिश शब्द “queue” मात्र एउटा ईंग्लिश शब्द होजसको last को ४ वटा अक्षर हटाइदिए पनि same pronounced हुन्छ ।
२) ईंग्लिश शब्दहरुमा “Set” शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
३) ईंग्लिशमा “French kiss” भनेर जुन शब्द चिनिन्छ त्यही शब्द फ्रान्समा “English kiss” भनेर चिनिन्छ ।
४) Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द “Almost” हो ।
५) Vowel बिनाको लामो शब्द “Rhythm” हो ।
६) कि बोर्ड को एकै पँक्तीको अक्षर बाट बनेको शब्द Typewriter नै सबै भन्दा लामो शब्द हो ।
७) विश्वमा सबै भन्दा धेरै मिल्ने नाम “मोहम्मद” हो ।
८) १११,१११,१११ x १११,१११,१११ = १२,३४५,६७८,९८७,६५४,३२१ हुन्छ ।
९) औंलाको छाप हरेक मान्छेमा फरक फरक भए जस्तै जिब्रो को छाप पनि फरक फरक हुन्छ ।
१०) कक्रोच (साङ्लेकिरा) सँग बिकिरण सँग लड्न सक्ने धेरै क्षमता हुने हुनाले केही गरी परमाणु युद्ध भएमा कक्रोच (साङ्लेकिरा) नै एक मात्र जिवित जिव हुने सम्भावना छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply