उनीहरूले ललितपुरको गोदामचौर जङ्गलमा महिलालाई लगेर शारीरिक सम्पर्क राखी मोबाइलबाट भिडियो खिचेका थिए । सो भिडियो विभिन्न व्यक्तिको मोबाइलमा पुगेपछि महिलाले थाहा पाएर प्रहरीमा जाहेरी दिएकी थिइन् ।
पक्राउ परेकालाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही हुने ललितपुर प्रहरीले जनाएको छ । ललितपुरको विशंखुनारायण बस्ने महिलासँग उनीहरूले सहमतिमै शारीरिक सम्पर्क राखेका थिए ।
तर, संगै रहेका अन्य साथीले मोबाइलबाट भिडियोसमेत खिचेर विभिन्न व्यक्तिको मोबाइलमा फैलाएका थिए ।
No comments: