उनीहरुलाई फेरि ड्राइभिङ नगर्न चेतावनी दिइएको छ भने गाडीको साँचो घरका पुरुषलाई दिइएको छ । साउदीमा १९९० बाट महिलालाई ड्राइभिङमा रोक लगाइएको छ । शनिबार महिलाहरुले त्यसको विरोध गर्दै गाडी चलाएको भिडियो इन्टरनेटमा अपलोड गरेका थिए ।
राजधानी रियादका मानिसहरुले समेत महिलाले गाडी चलाएकोमा विरोध गरेका थिए । साउदी अरबमा महिलाहरुलाई ड्राइभिङ गर्न दिनु पर्ने माग लामो समयदेखि उठ्दै आएको छ । तर, साउदी अरब प्रशासन र समाज यसका लागि तयार देखिएको छैन ।
No comments: