तीन पेज लामो दस्तावेजको २६ औ बुँदामा लेखिएको छ, 'आफ्नो पक्षमा आउन नसक्ने मतदातालाई मतदानमा भाग नलिने वातावरण तयार पार्न प्रयास गर्ने ।' २९ औ बुँदामा, 'विस्थापित भएकाहरूलाई घर फर्किन नसक्ने वातावरणको सिर्जना गर्ने । घर फर्किसकेकाहरूको हकमा आफ्नो पार्टी पराजित भए पुनः विस्थापित हनुपर्ला भन्दै धम्की दिई मत खसाल्न बाध्य पार्ने' उल्लेख गरिएको उक्त दस्तावेज माओवादीले चुनाव जित्न तयार गरेको आन्तरिक रणनीतिपत्र हो । पासाङ र लडाकु शिविरका डिभिजन कमाण्डरले प्रचण्डकै उपस्थिति र सक्रिय सहभागितामा तयार गरेको यो दस्तावेज चर्को संवेदनशिलताका कारण तत्कालिन केन्द्रीय सदस्यबाहेक तलका कसैको हातमा पुग्न दिइएन ।
त्यसैले आजसम्म यो गोप्य नै रह्यो तर पनि त्यो जादूको छडीले कमाल गरेरै छाड्यो र यतिका वर्षसम्म एमाओवादीले सबैभन्दा ठुलो पार्टी बन्ने मौका पायो । दस्तावेज प्रभावकारी बन्नुपछाडिको रहस्य अझ छ किनकि शाही शासनकालका गुप्तचर, सेना, प्रहरीका हाकिमहरूको समेत राय, सुझाव र माथापच्छीपछी सले अन्तिम स्वरूप प्राप्त गरेको थियो ।
चुनाव जितेपछी माओवादीबाट सेवाको मेवा पाइने लोभले सूचनादेखि सल्लाहसमेत उपलब्ध गराएका सुरक्षा फौजका रिटायर्ड हाकिमहरूलाई पछी हिस्स पारे पनि प्रचण्डले त्यसबेला प्राप्त गरेको दीक्षा भने अहिले पनि प्रयोग गर्दै रहेको निकट स्रोतले बताएको दावी गर्दै आज प्रकाशित जनआस्था साप्ताहिकले प्रकाशित गरेको छ ।
No comments: