» » हलिउड फिल्म कमाउछन् १५ हजार करोड(टपटेन नामसहित)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडियो हेर्न माथिको बक्समा डबल क्लिक गर्नुहोला
बलिउड सिनेमाले २ सय करोड कमाउँद मिडियामा सर्वाधिक चर्चा हुन्छ । हालै मात्र चलचित्र ‘चेन्नई एक्सप्रेस’ले विश्वभर ३ सय करोड माथिको व्यापार गर्दा खुबै चर्चा भयो । तर हलिउड सिनेमाले १५ सय करोड माथिको व्यापार गरेको आँकडा पाइन्छ । यहाँ हामीले सर्वाधिक कमाई गर्ने १० हलिउड चलचित्रलाई प्रस्तुत गरेका छौ ।हलिउडमा अहिलेसम्म सबैभन्दा धेरै व्यापार गर्ने चलचित्रमा ‘अवतार’ पर्दछ । जसले विश्वव्यापी रुपमा १५९८८ करोडको व्यापार गरेको थियो । हलिउड चलचित्र अमेरिका वा पश्चिमेली देशमा मात्र नभई विश्वभर प्रसिद्ध छन् । यसैले पनि केही चलचित्रको पर्खाई विश्वभरका दर्शकलाई हुने गर्दछ ।


सन् २०१० मा प्रदर्शनमा आएको ‘टोए स्टोरी ३’ ले १.०६३ बिलियन डलर कमाएको थियो । सन् २००६ मा प्रदर्शनमा आएको चलचित्र ‘पाइरेट्स अफ द क्यारिबियन, डेड म्यान चेष्ट’ले १.०६६ बिलियन डलर कमाएको थियो । यस्तै सन् २०१२ मा प्रदर्शनमा आएको ‘द डार्क नाइट राइजेस’ले १.०८१ बिलियन डलर कमाएको थियो ।सन् २०१२ को अक्टोबरमा प्रदर्शनमा आएको ‘द स्काइफल’ले १.१०८ बिलियन डलर आम्दानी गरेको थियो । ‘द लर्ड अफ द रिङ, द रिर्टन अफ द किङ’ सन् २००३ मा प्रदर्शनमा आएको थियो । यो सिनेमाले १.११९ बिलियन डलर कमाएको थियो ।

सन् २०११ मा प्रदर्शनमा आएको ‘ट्रान्सर्फमर’ले १.१२३ बिलियन डलर कमाएको थियो । यो सिनेमा सर्वाधिक आम्दानी गर्ने चलचित्रको सूचिको पाचौ स्थानमा पर्दछ । सन् २०११ मा प्रदर्शनमा आएको ‘ह्यारी पोटर एन्ड द डेथ्ली ह्यालोज पार्ट २’ ले १.३२८ बिलियन डलर कमाएको थियो । यो चलचित्रले दर्शकको उल्लेखनिय साथ पाएको थियो । सन् २०१२ को अपि्रल महिनामा प्रदर्शनमा आएको ‘द एभेन्जर्स’ले १.५११ बिलियन डलर कमाएको थियो । विश्वव्यापी प्रदर्शनमा आएको चलचित्र ‘टाइटानिक’ सन् १९९७ को डिसेम्बर महिनामा प्रदर्शनमा आएको थियो । यो सिनेमाले २.१ बिलियन डलर आम्दानी गरेको थियो । चलचित्रले विश्वाव्यापी चर्चा समेत पाएको थियो ।हलिउडमा आजसम्मकै सर्वाधिक आम्दानी गर्ने सिनेमाको सूचिमा ‘अवतार’ पर्दछ । यो सिनेमा सन् २००९ मा विश्वव्यापी प्रदर्शनमा आएको थियो । जसले २.७ बिलियन डलर आम्दानी गरेको थियो । यो सिनेमाको रेडर्क आजसम्म अन्य सिनेमाले तोड्न सकेका छैनन् । बलिउडमा २ सय करोडको कमाइले तहल्का मच्चाइरहदा विश्वकै सबैभन्दा ठूलो फिल्म नगरी हलिउड भने करिब १६ हजार करोडको छेउछाउमा पुगिसकेको छ ।
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply