» » यात्रुसहितको बस जलाउने माओवादीले जिम्मा लिन मानेन

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

जिम्मेवारीबाट भाग्न पाइन्न : प्रजिअ

३० भदौ, काभ्रे । नेकपा-माओवादीका कार्यकर्ताले आइतबार काभ्रेको धुलीखेलमा यात्रुसहितको बसमा पेट्रोल छर्किएर निर्मम एवं मानवताविहीन ढंगबाट आगजनी गरेका छन् ।

तर, आगजनीपछि माओवादी नेताले उक्त घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएका छन् । काभ्रेका सिडियोले भने माओवादीले जिम्मेवारीबाट भाग्न नमिल्ने बताउनुभएको छ । आइतबार बनेपामा जबरजस्ती बजार बन्द गराउँदै हिँडेका माओवादी केन्द्रीय सदस्य चूडामणि गौतमसहितका १६ जनालाई प्रहरीले पक्राउ गरेपछि यात्रुसहितको बसमा पेट्रोल छर्किएर आगजनी गरिएको हो । माओवादीले यो घटनामा प्रहरीले आफैं जिम्मेवारी लिनुपर्ने बताएको छ ।

यसरी भयो घटना

प्रहरीले बल प्रयोग गरेर माओवादी कार्यकर्तालाई पक्राउ गरी बन्द खुलाएपछि आइतबार दिउँसो बा २ ख ५६७२ नम्बरको बस बनेपाबाट झण्डै एक दर्जन यात्रु लिएर मेलम्चीतर्फ लागेको थियो । बस धुलीखेल पुगेपछि ५/७ जनाको समूहले तोडफोड गर्दै आगजनी गरेका थिए ।

सुरुमा बसको अगाडिको सिसा फुटाएका उनीहरुले यात्रुहरुलाई ओलर्ने मौका समेत नदिएर पेट्रोल छर्किई आगो लगाएका थिए । ‘ढोकाबाट निस्कन नसक्ने भएपछि केही यात्रु झ्यालको सिसा फुटाएर ज्यान बचाउन सफल भए’ सहचालक दीपक कार्कीले भन्नुभयो । बन्दकर्ताले बसमा छर्किएको पेट्रोल केही यात्रुको शरीरमा समेत लागेको थियो तर, समयमै भाग्न सफल भएकाले कुनै पनि मानवीय क्षति नभएको एक यात्रुले बताए । स्थानीयबासी, प्रहरी, बनेपा र धुलिखेलबाट गएको पानी ट्यांकरको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगजनीमा हाम्रो संलग्नता छैन : पथिक यसैवीच माओवादीका नामबाट गरिएको आगजनीमा आफ्ना कार्यकर्ताको कुनै संलग्नता नभएको नेकपा-माओवादीका ताम्सालिङ इञ्चार्ज सूर्य सुवेदी पथिकले अनलाइनखबरसँग दाबी गर्नुभयो । ‘काभ्रेमा दिनभर प्रहरीले राज्य आतंक मच्चायो, हाम्रा साथीहरुलाई लाठी चार्ज गर्दै गिरफ्तार गर्ने काम गरियो ।’ उहाँले भन्नुभयो, यस्तो ज्यादती राज्यले काहीँ पनि गरेको थिएन, त्यसैले उक्त आगजनीको जिम्मा पनि प्रहरीले नै लिनुपर्छ । जिम्मा लिन्न भन्न पाइँदैन : प्रमुख जिल्ला अधिकारी

काभ्रेका प्रमुख जिल्ला अधिकारी दूर्गाप्रसाद भण्डारीले घटना गराइसकेपछि हामीले हैन भनेर माओवादीले जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनुभयो । ‘जे भने पनि वहाँहरुले जिम्मेवारी लिनैपर्छ, आफूले काम बिगारिसकेपछि जिम्मेवारीबाट भाग्न पाइँदैन ।’- भण्डारीले अनलाइनखबरसँग भन्नुभयो । बन्दको आयोजना गरेका वैद्य माओवादीका कार्यकर्ताले स्थानीय पत्रकारलाई दुव्र्यवहार गरेपछि स्थानीयले बन्दकर्तामाथि आक्रमण गर्न खोजेपछि सुरक्षाका लागि माओवादी नेता कार्यकर्ताकै सुरक्षाका प्रहरीले नियन्त्रणमा लिएको भण्डारीले बताउनुभयो । ‘स्थानीयवासीहरु प्रतिकारमा उत्रन लागेका थिए, उहाँहरु १०/१२ जनामात्रै हुनुहुन्थ्यो, यस्तो अवस्थामा हामीले सुरक्षा नदिएको भए उहाँहरुको अवस्था के हुन्थ्यो ?’- प्रजिअ भण्डारीले प्रश्न गर्नुभयो । आगजनी गर्नेहरु राजधानीमा यसैवीच यात्रुसहितको गाडीमा विभत्स ढंगले आगजनी गर्नेहरु राजधानी पसेको सुइँको पाएको र उनीहरुलाई गिरफ्तार गरी मुद्दा चलाइने प्रमुख जिल्ला अधिकारी भण्डारीले अनलाइनखबरलाई बताउनुभयो । ‘उनीहरु जिल्लाबाट भागेरआजै भक्तपुर पुगेका छन् । तिनलाई जहाँ भए पनि पक्रेर आवश्यक कानूनी कारवाही गरिने छ ।’ -भण्डारीले भन्नुभयो । आगजनीको घटनापछि काभ्रेको बनेपामा माओवादी कार्यकर्ताहरु स्थानीयवासीसँग डराएर लुकीलुकी हिँड्नुपने अवस्था आएको स्रोतले बतायो । दोलखामा बन्दकर्ता लखेटिए

दोलखामा बन्दकर्ता लखेटिए यसैवीच माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आहृवान गरेको बन्दको चरिकोटका व्यापारीले अवज्ञा गरेका छन् । बजार बन्द गराउँदै हिँड्ने क्रममा स्थानीय व्यापारी र बन्दकर्ताबीच बिहान केहीबेर तनावसमेत भएको थियो । दुई पक्षबीच तनाव भएपछि प्रहरीले माओवादीका जिल्ला सेक्रेटरी प्रेम दर्नालसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । दोलखाको पर्यटकीय नगरी जिरी, मैनापोखरी, सिँगटीलगायतका मुख्य बजारसमेत खुलेका भए पनि सार्वजनिक सवारी साधन भने सञ्चालनमा आएनन् । “यात्रुसहितको बस जलाउने माओवादीले जिम्मा लिन मानेन” मा प्राप्त १६ प्रतिकृयाहरू

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply