» » जंगलमा जनावरसँगै संगत गरेर हुर्किएकी दुधेबालिका

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस।
एजेन्सी_एउटा अफ्रिकन जंगलमा जनावरसँगै संगत गरेर हुर्किएकी १० वर्षीया बालिकाका मन छुने तस्बिर सार्वजनिक भएका छन् । ती तस्बिर संग्रहित ‘टिप्पी : माई बुक अफ अफ्रिका’ नामक किताब हाले विश्वव्यापी रूपमा बजारमा आएको छ ।
किताबमा बालिकाले हात्ती (जसलाई उनी दाइ भन्ने गर्छिन्) र चितुवा (जसलाई उनी बेस्ट फ्रेन्ड भन्ने गर्छिन्) सित मित्रता गाँसेको घतलाग्दा दृश्य छन् । पूरा नाम टिप्पी बेन्जामिन ओकान्ति डेग्रे भएकी बालिका नामिबियामा जन्मेकी थिइन् । उनका फ्रेन्च आमाबाबु सिल्भी रोबर्ट र अलेन डेग्रे वाइल्डलाइफ फोटोग्राफर हुन् । उनीहरू आफ्नी सानी छोरीलाई लिएर अफ्रिकाको मौलिक र रोमाञ्चक भ्रमणमा निस्केका थिए ।
टिप्पीको जन्म भएको देश नामिबियामा यो साहसिक यात्रा सुरु भएको थियो, जुन बोस्टवाना, जिम्बाबे र साउथ अफ्रिकाजस्ता देशका घना जंगलसम्म पुग्यो । ‘अरूभन्दा पनि बाँदरले छोरीको दूधको बोतल खोस्लान् भन्ने पीर हुन्थ्यो हरेक दिन,’ आमा सिल्भी भन्छिन्, ‘हाम्रो यात्रा मान्छेले कल्पनै गर्न नसक्ने आश्चर्यजनक थियो ।’
उनीहरू जंगलभित्र एउटा टेन्ट गाडेर बस्थे । जंगलको बसाइका क्रममा टिप्पी यति धेरै अभ्यस्त भइन् कि उनी जंगली जनावरसित डराउनै छाडिन् । अस्ट्रिचको ढाडमा बस्नेदेखि लिएर हात्तीको सँुडमा टेकेर नाच्नसमेत बाँकी राखिनन् । ‘उनी जनावरसित एकदमै सहज हुन्थिन् । उनी आफ्ना आँखा र हृदयले जंगली जनावरसित कुरा गर्थिन्,’ आमा भन्छिन्, ‘उनलाई कत्ति पनि डर थिएन ।’
टिप्पीले अबु नामको भीमकाय अफ्रिकन हात्तीसित गहिरो मित्रता बनाएकी थिइन् । सिल्भीका अनुसार त्यति ठूलो हात्तीका अगाडि आफू कति सानी छु भन्नेसमेत उनलाई महसुस हुँदैनथ्यो । ‘उनी मसित जसरी कुरा गर्छिन्, अबुसित पनि त्यसरी नै कुरा गर्थिन् । त्यहाँ बस्ने आदिवासीले उनलाई जनावरसित कुरा गर्ने सानी केटी भन्थे,’ सिल्भीले सम्झिन् । डरलाग्दा मानिने जंगली जनावर मानिससित पहिलेदेखि नै अभ्यस्त भएकाले नै टिप्पी उनीहरूसित झ्याम्मिन सम्भव भएको हो । उनले संगत गरेका अधिकांश जनावर बाबुआमा नभएका र स्थानीय कृषकले हुर्काएका थिए । उनीहरू मानिसलाई हत्तपत्त आक्रमण गर्दैनथे । तथापि, उनको सुरक्षाप्रति आमाबुबा सचेत थिए ।
‘आक्रमण गर्दैनन् भन्दैमा सबै जनावरअघि उनलाई त्यत्तिकै त कहाँ छाड्थ्यौँ र ?’ सिल्भीले भनिन् । उनका अनुसार यदि जंगली जनावर डराए, घाइते भए भने उनीहरू कि त भाग्छन्, कि आक्रमण गर्छन् । त्यसैले आफ्नी सानी छोरीमाथि सधँै नजर राख्ने गरेको उनले बताइन् । अलिकति पनि डर लाग्यो भने टिप्पीलाई उनले जनावरको नजिक पर्न दिन्नथिन् ।
टिप्पीले एउटा सिंहको बच्चा मुफासासित फोटो खिचाएकी थिइन्, जसमा मुफासाले उनको हातको बुढी औँला चुसिरहेको थियो । अर्को वर्ष त्यही ठाउँमा गएर हेर्दा मुफासा ठूलो भएर डरलाग्दो रूप लिइसकेको सिल्भीले बताइन् । ‘मुफासा उनी नजिकै आयो र उसको लामो पुच्छरले टिप्पीलाई मुसार्‍यो, बिरालोले जसरी । उनी झन्डै लडिन्, मैले गएर समात्नुपर्‍यो,’ सिल्भीले भनिन् । यति लामो यात्राको दौरान टिप्पीलाई दुईचोटि मात्रै जनावरले टोकेका रहेछन् ।
जनावर मात्रै होइन, टिप्पीलाई देखेर आदिवासीहरू पनि खुब रमाउँथे । आफूभन्दा फरक र राम्री भएकीले उनीहरू टिप्पीलाई खेलाउन औधी रुचाउँथे । ‘अफ्रिकनहरू अरूका बच्चालाई माया गर्छन्, विशेषगरी गोरा बच्चालाई,’ सिल्भी भन्छिन्, ‘कहिलेकाहीँ त हामी टिप्पीलाई पूरै दिन उनीहरूका साथमा छाडिदिने गथ्र्यौं । रातिचाहिँ आफूसँगै सुताउँथ्यौँ ।’
आफ्नो रोमाञ्चक यात्रा सकेर टिप्पीको परिवार युरोप फर्कियो, जतिवेला टिप्पी १० वर्षकी भएकी थिइन् । सुरुमा उनलाई पेरिसको सहरी जीवनमा अभ्यस्त हुन मुस्किल परेको थियो । आफूले भेटेका र साथी बनाएका जनावरलाई उनी खुब सम्झिन्थिन् । आमाबाबुले टिप्पीको मन बहलाउन एउटा सुगा पालेका थिए । त्यो सुगाले टिप्पीलाई कहिल्यै साथ छाड्दैनथ्यो । जहाँ जाँदा पनि टिप्पीले सुगालाई सँगै लैजान्थिन् । सुत्दा पनि उनी आफ्नो छातीमा राख्थिन् । टिप्पीको एक मात्र मिल्ने साथी त्यही चरो भएको थियो ।
टिप्पी अहिले २३ वर्षकी भइन् । उनी सिनेमामा डिग्री तेस्रो वर्ष अध्ययनरत छिन् । अहिले फरक किसिमको जंगलमा उनी बाँचिरहेकी छिन्, कंक्रिटको । तर, अफ्रिकामा उनले बिताएका क्षण सिनेमाको पर्दाझैँ उनको मानसपटलमा नाचिरहन्छन्, नयाँ पत्रिकाकाबाट साभार गरिएको ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply