» » Advertise महिलाको स्तनमा आकर्षण

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

बाटोमा हिँड्दा तपाईं महिलाको कुन अङ्ग हेर्नुहुन्छ ? ‘खै पर्टिकुलर, त्यस्तो हेर्ने गरिएको त छैन, तर पुरुषहरूको ध्यान सबैभन्दा पहिले स्तनमै जान्छ जस्तो लाग्छ, मेरो पनि त्यही नै हो,’ गायक निमा रुम्बाले साप्ताहिकको केवल एक प्रश्नका लागि सोधिएको प्रश्नमा दिएको उत्तर हो यो। युवतीलाई झट्ट हेर्दा स्तनमा आँखा जाने निमा एक मात्र पात्र होइनन्, एक अमेरिकी विश्वविद्यालयको अध्ययनअनुसार ७१ प्रतिशत पुरुष महिलाको स्तनमा पहिलो नजर लगाउँछन्। हजारौं पुरुषबीच गरिएको उक्त सर्वेक्षणमा सहभागीहरूले खुलेरै स्तन सौन्दर्यको प्रशंसा गरेका थिए।
उक्त अनुसन्धान अध्ययन भन्छ- ‘विश्वभरका अधिकाशं पुरुष महिलाको स्तनप्रति आकषिर्त हुन्छन्, महिलाका विभिन्न आकारका स्तनको दृश्य हेर्न पाउँदा पुरुषहरू खुसी हुन्छन्। खासगरी ठूला वा मध्यमस्तरका कसिला स्तन पुरुषको प्राथमिकतामा पर्छन्। स्तनपछि महिलाका आँखा र नितम्बले पुरुषलाई मोहित तुल्याउँछन्।’ अध्ययनअनुसार पुरुषहरूमा स्तन स्पर्श गर्ने चाहना पनि उत्तिकै पाइन्छ। चिकित्सकीय भाषामा नरम ग्रन्थि -सफ्ट ग्लान्ड) का रूपमा परिचित स्तनको प्राकृतिक भूमिका आफ्नो ठाउँमा छ तर नारीको सौन्दर्य बढाउन यसले निकै प्रभावकारी भूमिका निर्वाह गर्छ।
महिलाहरूलाई पनि राम्रोसँग थाहा छ, पुरुष नजर स्तनमा हुन्छ भन्ने कुरा। त्यसैले आफ्ना स्तनबाट उनीहरूलाई प्रभावित तुल्याउन महिलाहरू उत्तिकै प्रयास गर्छन्। केही समयअघि नायिका एवं गायिका पूजा लामाले साप्ताहिकसँग भनेकी थिइन्- ‘स्तन आकर्षक देखाउन सर्जरी गराउने योजनामा छु, सम्भव भए सर्जरी गराउनेछु।’ पूजा निकटस्थ स्रोतका अनुसार उनले सर्जरी गरेर स्तनको आकार बढाएकी पनि छिन्। नेपालको हकमा सर्जरी गरेर वा सिलिकन राखेर स्तन बढाउने कुरा अनौठो लागे पनि विश्वव्यापी रूपमै यो सामान्य कुरा भैसकेको छ।
स्तनलाई ग्लामरका रूपमा लिइनुको पछाडि यसप्रतिको आकर्षणले नै काम गरेको हुन्छ। पुष्ट स्तनको माथिल्लो भाग र ‘क्लिभेज’ देखाउने ट्रेन्ड पनि उत्तिकै प्रयोगमा छ। यसमा विदेशका मात्र होइन, स्वदेशका सेलिब्रेटीहरू पनि कम छैनन्। उत्कृष्ट सौन्दर्यकी धनी नायिका करिश्मा मानन्धर पनि क्लिभेज देखाउन पछि पर्दिनन्।
ब्रेस्ट सर्जरी गरेर स्तनको आकार बढाउने बलिउड नायिकाहरू बिपाशा बसु, सुस्मिता सेन, आयशा टाकिया, मल्लिका सेरावत, राखी सावन्त, पूनम पाण्डे, मनीषा कोइराला आदिका बारेमा थुप्रै समाचार आइसकेका छन्। चलचित्र वान्टेडमा अभिनय गर्नुअघि सिलिकन इम्प्लान्ट गरेकी आयशाले पछि ठूलो स्तनकै कारण काँध दुख्ने समस्या बढेपछि फेरि शल्यक्रिया गरेर बढाएको स्तनलाई पुरानै अवस्थामा ल्याउनुपर्‍यो। सिलिकन राखेर स्तनको आकार बढाउने पश्चिमी समाज खासगरी हलिउड अभिनेत्रीहरूको ट्रेन्डलाई बलिउड अभिनेत्रीहरूले पनि पछ्याए। यो क्रम अब नेपालमा पनि भित्रिने तयारीमा छ।
महषिर् वात्सायनले आफ्नो कृति कामसूत्रमा नारीलाई चार प्रकारमा वर्गीकरण गरेका छन्, जसमा स्तनको महत्व पनि उत्तिकै पाइन्छ। पद्मिनि, चित्रिणी, शङ्िखनी र हस्तिनी चार प्रकारका नारीमा पद्मिनीको गुणमा स्त्रीको शरीर न धेरै अग्लो न धेरै होचो। स्त्रीमध्येमा सर्वश्रेष्ठ वर्ग। यिनको आँखा हरिणको जस्तो, फूलजस्तो सलक्क स-साना पोरा भएका नाक, पुष्ट र ठाडा स्तन, केशराशि कालो, मुहार पूणिर्माको चन्द्रमाजस्तो चम्किलो र बोली विनम्र हुन्छ। यसले पूर्वीय सभ्यतामा स्तनको महत्वलाई झल्काउँछ।
‘प्लास्टिक सर्जरीभित्रको ‘कस्मेटिक सर्जरी’ गर्न थालिएको दुई-चार वर्ष मात्र भएको छ।’ नेपाल स्किन हस्पिटल, बुद्धनगर, बानेश्वरका कस्मेटिक सर्जन डा. जसवन शाक्यले भने- ‘कस्मेटिक सर्जरी महँगो र सौख पूरा गर्नेहरूको प्राथमिकतामा पर्ने भएकाले पनि यसले भर्खरै मात्र बजार पाउन थालेको हो।’ डा. शाक्यका अनुसार अहिले प्रतिदिन कस्मेटिक सर्जरीको बजार बढ्दो छ। नेपालमा उपलब्ध एक दर्जन प्लास्टिक सर्जनमध्ये झन्डै आधा दर्जनले मात्र कस्मेटिक सर्जरीको काम गर्छन्। ‘तीन करोड जनतामा ५-६ जना कस्मेटिक सर्जन हुनु केही नै होइन,’ डा. शाक्य भन्छन्- ‘तर कस्मेटिक सर्जरीमा चासो नै नभएको स्थानमा हामी नै धेरै जस्ता भएका छौं।’ सुष्मा कोइराला मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा. शाक्यका अनुसार आकर्षक देखिन चाहनेहरू कस्मेटिक सर्जरी गराउन थालेका छन्।
बजारमा स्तन बढाउने उपाय भनेर उपचारका थुप्रै विधिसम्बन्धी विज्ञापन पनि उत्तिकै आइरहेका हुन्छन्। स्तन सानो भएकालाई ठूलो बनाउन वा ठूलो भएकाहरूलाई सानो बनाउन आयुर्वेदिक तथा नन आयुर्वेदिक औषधीको प्रचार हुनुले पनि यो क्षेत्रको व्यवसाय फराकिलो हँुदै गएको प्रस्ट हुन्छ। डा. शाक्यका अनुसार विज्ञापन थरी-थरीका आए पनि स्तन बढाउन वा घटाउन सर्जरी गर्नुबाहेक अन्य कुनै उपायले काम गर्दैन। सर्जरीमा स्तन बढाउन त्यसको भित्री भागमा सिलिकन राखिन्छ।
नेपाल स्किन हस्पिटलकै छाला तथा यौन रोग विशेषज्ञ डा. ललन खतिवडाका अनुसार सौन्दर्य बढाउन गरिने कस्मेटिक सर्जरीमा पनि ९० प्रतिशत मानिस सौखका रूपमा आफुलाई अझ आकर्षक देखाउने चाहनाले आएका हुन्छन् भने १० प्रतिशतका निम्ति कस्मेटिक सर्जरी गराउनु बाध्यता हो। हस्पिटलमा सानो स्तन भएका कारण छोरीको विवाह नभएको भन्दै एक आमा आएको प्रसंग डाक्टर शाक्यले सुनाए। स्तन सानो भए वा आवश्यकभन्दा धेरै ठूलो भए सामाजिक रूपमै महिलालाई गाह्रो हुन्छ। चिकित्सकहरू यसलाई बाध्यताका रूपमा आउनेहरूको क्याटोगरीमा राख्छन्, तर अन्य महिलाहरू भैरहेको स्तनलाई कसिलो, ठाडो वा ठूलो बनाउन आउँछन्।
‘नेपाली चलचित्र एवं गायन क्षेत्रका सेलिब्रेटीहरू ब्रेस्ट सर्जरीका बारेमा बुझ्न आएका छन्, उनीहरूले यस विषयमा विस्तृत बुझेर के गर्ने भनेर परामर्शसमेत गरेका छन्,’ सेलिब्रेटीहरूको नाम गोप्य राख्दै डा. शाक्यले भने- ‘एक जना सेलिब्रेटीले मसँगको परामर्शपछि बैंककमा गएर शल्यक्रिया गराइन्।’ स्तन सानो भएका कारण कप वा भित्र फोम राखेर ठूलो देखाउँदै आएकी उनले ब्रेस्ट सर्जरी गरेपछि आकर्षक स्वरूप पाएको डा. शाक्यले बताए। ‘मैले नेपालमा ६ जनाको ब्रेस्टमा सिलिकन इम्प्लान्ट गरेको छु, तर मैले गरेकाहरू आममानिस हुन्, जो बाध्यता र सौख दुवै कारणले आएका थिए।’ डा. शाक्यले भने- ‘यो शल्यक्रिया उत्तिकै चुनौतीपूर्ण हुन्छ, एकपटक राखेको सिलिकन नमिलेको खण्डमा फेरी दोहोर्‍याएर राख्न मिल्दैन, नयाँ नै राख्नुपर्छ।’ स्तन बढाउन सिलिकन राखेर गरिने शल्यक्रियामा इन्फेक्सन हुने वा रगत जम्ने समस्या पनि उत्तिकै हुनसक्छ। अनुभवी शल्य चिकित्सकबाट मात्र यो उपचार गराउनुपर्छ। शल्यक्रियाका क्रममा सयमा ३ जनाको असफल हुने सम्भावना रहन्छ।
ब्रेस्ट सिलिकनको मूल्य नै १ लाखदेखि १ लाख ५० हजार रुपैयाँ पर्छ। चिकित्सकले शल्यक्रियाका लागि ५० हजार रुपैयाँ शुल्क लिन्छन्। यसरी हेर्दा १ लाख ५० हजार देखि २ लाख रुपैयाँसम्म खर्च हुने देखिन्छ। निम्न मध्यम वर्गका लागि खर्चिलो लाग्ने सिलिकन इम्प्लान्ट सबैको पहुँचमा नभएको विज्ञहरू बताउँछन्। ब्राजिल र अमेरिकामा बनेको सिलिकन गुणस्तरीय मानिन्छ तर नेपालमा प्रत्यक्ष सिलिकन भित्र्याउने व्यवसायीहरू नभएकाले भारतमा निर्भर हुनुपरेको छ। परिणामस्वरूप सिलिकनको मूल्य केही महँगो छ। ‘दुई छोराछोरी भएकी एक महिलाले आफ्ना साह्रै साना स्तनका कारण सम्बन्धविच्छेद हुन लागेको बताइन्,’ ब्रेस्ट सर्जन शाक्यले भने- ‘उनको अवस्था हेरेर सर्जरी गरियो, अहिले उनी एकदमै खुसी छिन्, परिवार र उनका श्रीमान् पनि खुसी छन्।’ यस्तै २१ वर्ष पुगेकी एक युवती आफ्नो सपाट छाती लिएर आइन् र समस्या सुनाइन्। भविष्यमा विवाह हुन नसक्ने आशंकाले भयभीत ती युवतीले स्तन लगभग नभएको अवस्थामा सामाजिक रूपमै खेप्नु परेको पीडा सुनाएको डा. शाक्यले सुनाए।
कतिपय युवतीको स्तनको टुप्पो -निप्पल) भित्र दबेको हुन्छ। यस्तो अवस्थामा शल्यक्रिया गरेर निप्पल निकाल्नुपर्ने हुन्छ। नेपालमा पनि निप्पलभित्र भएर समस्यामा परेका युवतीहरू प्रशस्तै भएको डा. शाक्यले बताए। शाक्यका अनुसार हालै मात्र उनले एक १८ वषर्ीया युवतीको यस्तै समस्या निराकरण गरेका छन्। सिलिकन राखेर ब्रेस्ट इम्प्लान्ट गर्ने इच्छा अमेरिका, युरोपमा बस्दै आएका नेपाली महिलाहरूले पनि जाहेर गर्न थालेको शाक्यले बताए। त्यहाँ एकदमै महँगो पर्ने भएकाले नेपाल आएको समयमा उपचार गर्ने योजना बनाएको उनीहरूले बताउने गरेका छन्। बेलायतमा बस्ने केही युवतीले कस्मेटिक सर्जरीका अन्य उपचारहरू नेपाल आएर गरेको अनुभव पनि डा. शाक्यसँग छ।
स्तन किन सानो वा ठूलो हुन्छ ?
स्तन सानो वा ठूलो हुनु नारीको शारीरिक विकासमा निर्भर हुन्छ। स्तन भनेको तन्तुहरू मिलेर बनेको एउटा ग्रन्थि हो, जसलाई चिकित्सकहरू ग्लान्ड भन्छन्। हार्मोनका कारण व्यक्तिपिच्छे स्तनको आकार घटबढ हुन्छ। हार्मोन बढ्दा स्तनको आकार ठूलो हुने र घट्दा सानो हुने हुन्छ। थाइराइडले पनि स्तनको आकार बढाउने वा घटाउने काम गर्छ। थाइराइड भएपछि तौल बढ्ने क्रममा स्तन पनि बढिरहेको हुन्छ, डा. शाक्यले भने, ‘त्यस्तो अवस्थामा हार्मोन विशेषज्ञको रायअनुसार काम गर्नुपर्ने हुन्छ। १७ वर्षकी एक नेपाली किशोरीको स्तन अत्यधिक ठूलो भएको अवस्थामा सबै जाँचपछि उनको स्तन घटाउने शल्यक्रिया गरिएको डा. शाक्यले बताए। उनको दुईवटा स्तनबाट १ किलो मांसपेशी हटाउँदा स्तन केही सानो भयो। उनको फेरी शल्यक्रिया गरेर उपयुक्त साइजमा ल्याउन सकिने उनको भनाइ थियो। यसरी स्तनको आकार घटाउँदा भने कुनै तन्तु काटिएर पछि ब्रेस्ट फिडिङका लागि दूध नआउने सम्भावना पनि हुन्छ। चिकित्सकहरूका अनुसार किशोर अवस्थादेखि युवावस्थाको मध्यसम्म स्तन कसिलो नै रहन्छ, तर त्यसपछि क्रमशः झोल्लिन थाल्छ, विवाह गरेर स्तन झोल्लिएका महिलाहरू स्तन कसिलो बनाउन चाहन्छन्। त्यसका लागि छाला काटेर कसिलो बनाइन्छ। स्तन क्यान्सर भएर स्तन काट्नु परेकाहरूले पनि पछि सिलिकन इम्प्लान्ट गरेर स्तनलाई आकार दिन सक्छन्। स्तन ठूलो भएका अधिकाशंलाई ब्याक पेन तथा काँधमा भारी अनुभव हुने चिकित्सकहरूले बताए।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply