» » महिलाको महिनावारी रोकिनुमा पुरुषको हात

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

महिलामा उमेर छिप्पिएपछि महिनावारी रोकिनु प्राकृतिक विषय हो । प्रजननशील महिलामा महिनावारी हुन्छ । तर जब उमेर छिप्पिएपछि महिलाको डिम्ब विकाश हुन छाड्छ र महिलाको प्रजनन क्षमता गुम्छ तब महिनावारी रोकिन्छ । क्यानडाका क्रमविकाश वंशाणु वैज्ञानिकहरुले भने महिलामा महिनावारी रोकिने प्रक्रिया अर्थात् मेनोपउजमा पुरुषको हात रहेको निष्कर्ष निकालेका छन् ।

म्याक मास्टर विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार तरुनी महिलाहरुप्रतिको पुरुषहरुको आकर्षण तथा झुकाव उमेर छिप्पिएका महिलाहरुमा महिनावारी रोकिनुमा जिम्मेवार हुन्छ । ‘जब पुरुषहरुले युवतीहरु रोज्छन् तब उमेर छिप्पिएका महिलाहरुका लागि प्रजनन क्षमता भन्ने कुरा अर्थहीन बन्छ, जसका कारण उनीहरुको आन्तरिक जैविक संरचना तथा प्रक्रिया नै परिवर्तन हुन्छ र अन्ततः डिम्ब निष्कासन बन्द हुने र महिनावारी समेत रोकिने गर्छ’, वैज्ञानिकहरुको दाबी छ ।

जिव वैज्ञानिकहरुका अनुसार मानिस मात्र यस्तो जिव हो जसले जिवनकालमा सबै समय बच्चा पाउन सक्दैन । अन्य जिवमा जिवनकालभरी नै प्रजनन क्षमता रहन्छ । यसअघि महिलाहरुको उमेर छिप्पिएसँगै महिनावारी रोकिनुमा उमेरसँगै घट्ने प्रजनन क्षमता जिम्मेवार रहेको र आफ्ना बच्चाबच्ची हुर्काउन नसक्ने उमेरका महिलाले बच्चा जन्माउन नहुनेे ‘प्राकृतिक दर्शन’ अर्थात् ग्राण्डमदर इफेक्टका कारण वृद्धाहरुमा महिनावारी नहुने सिद्धान्तमा विश्वास गरिँदै आएकोमा पछिल्लो अध्ययनले भने महिलाहरुमा छिप्पिँदो उमेरसँगै महिनावारी रोकिनु महिलाहरुको आफ्नै कारणले भन्दा पुरुषहरुको बेवास्ताले गर्दा भएको दाबी गरिएको छ ।

मानव जातिको विकाशक्रमसँगै महिला पुरुषबीचको यो यौनिक आकर्षणको सम्बन्ध विकाश भएको र सोही समयदेखि महिलामा महिनावारी रोकिएको ठहर वैज्ञानिकहरुको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply