» » गोपीकृष्ण हलको मर्निङ शोमा यौनधन्दा हेर्नुस त्

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस
   

आधुनिक विश्वले हामीलाई चामत्कारिक प्रविधिसँग साक्षात्कार गरायो । संसारलाई एउटा सानो गाउँजस्तो बनाएको छ । सँगै मानिसका जीवनशैलीमा पनि विश्व आधुनिकता हावी हुँदैछ । प्रविधि हावी हुँदा हामी ज्ञान र सीपले सम्पन्न भएका छौं, तर जीवनशैलीमा आएको विसंगतिले हाम्रो समाजलाई नराम्रोसँग गाँजेको छ ।यसरी शहरी सभ्यता बिग्रिँदा मुख्यतः यौन विकृति फस्टाएको छ । कपनकै उदाहरण दिने हो भने प्रशस्तै अघोषित यौनकेन्द्र छन् । राजधानीको चक्रपथबाहिरका कतिपय रिसोर्टहरु संगठित यौन व्यवसाय सन्चालन गर्ने भएका छन् । चक्रपथभित्रको कुरा गर्दा हिजोआज सुन्धारातिरका गेस्ट हाउसको कथा अर्कै छ । अल्छे पतिका फुर्तिली पत्नीहरु मर्निङ वाक जान्छन् । वाकिङमा ठिटाहरु भेटिन्छन् । विहानै भएर के भयो त, रमाइलोको कुनै घडी हुँदैन । र, सुन्धाराका गेस्ट हाउसमा एकाविहानैबाट फुर्तिलीपत्नीहरु ठिटासहित हाजिर हुन्छन् । यो जाडोमा स्युँ स्युँ गर्दै सडकमा हिँड्नुभन्दा सिरकभित्र अंगालिएर बस्नुको मज्जै अर्को । चक्रपथबाहिरका कथा अर्कै छन् ।

प्रहरीले काठमाडौंका भित्री क्षेत्रका होटल र लजमा छापा मार्न थालेपछि यौनका शौखिनहरु चक्रपथ छाडेर अन्यत्र जान थाले । भैंसेपाटी, पलाँसे, ककनी, चोभार, हात्तीबन, नगरकोटदेखि कपनको जगडोल डाँडासम्मका यौन केन्द्रलाई नियाल्दा केही कहालिलाग्दा प्रबृत्ति देखिन्छन् । समाजमा यसरी यौन विकृति बढ्नुका पछाडि केवल आधुनिकतामात्र दोषी छैन । प्रहरी अनुसन्धानलाई आधार मान्ने हो भने, मुख्यतः वैदेशिक रोजगारीमा गएका पुरुषका पत्नीहरु त्यस्ता केन्द्रमा बढी भेटिएका छन् । पतिले कमाएर पठाएको रकम यहाँका ठिटाहरुलाई पोस्ने गरिएको छ । अर्कातर्फ यौनको अतृप्त प्यास मेटाउने नाममा उनीहरु त्यस्ता यौन केन्द्रको खोजीमा हुन्छन् । योसँगै विवसताले यौन बेच्न बाध्य युवती शहरमा प्रशस्तै छन् । अनि, अर्कातर्फ स्कुल र प्लस टु जेनेरेशनका बालबालिकामा बढ्दो यौन आकर्षले अनेकन सामाजिक कुरिती निम्तिएको छ । केही समयअघि मात्र कपन र चावहिलमा सन्चालित एक विद्यालयकी छात्राले बालुवाखानीस्थित आफ्नै घरमा आत्महत्या गरिन् । सुनिन्छ, उनी स्कुले जीवनमै प्रेममा परेकी थिइन् । धोका भएपछि विष पिइन् । त्यही स्कुलकी अर्की एक छात्राले पनि केही वर्षअघि अत्यधिक सिटामोल सेवन गरी आत्महत्या प्रयास गरिन् । स्कुल पढ्ने उमेरका विद्यार्थीहरु आजकल कक्षा ८ देखि नै ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड बनाउने भएका छन् । त्यसमाथि गोपीकृष्ण हलको मर्निङ शोमा पर्दा भित्रको सिनेमा र पर्दा बाहिरको सिनेमा एकैपल्ट हेर्न पाइन्छ । यसरी बालबालिकासम्मा यौन विसंगति बढ्नुको कारणचाहिँ अभिभावक नै हुन्छन् । गृहिणी र कामकाजी महिला तथा पुरुषमा गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड बनाउने चलन बढेको छ । त्यही सिको बालबालिकाले गर्ने हुन् ।

बढ्दो यौन विकृतिलाई रोकथाम गर्न केवल प्रहरीले छापा मारेर मात्र पुग्दैन । प्रहरीले छापा मारेपछि उनीहरुलाई निश्चित अवधी थुन्छ र छाडिदिन्छ । खाने मुखलाई जुँगाले किन छेक्थ्यो र । उनीहरु फेरि त्यतैतिर पल्किहाल्छन् । ठिमीस्थित प्रहरी बृत्तका डिएसपी विनोद खरेलले केही दिनपहिले कौशलटारको मिडवे होटलबाट एउटा जोडी पक्रिए । केटीका पति दरबारमार्गको रेस्टुरेन्टमा काम गर्ने । केटा कुपण्डोलमा हार्डवेयर पसल चलाउने, विवाहित पुरुष । दिउँसोको मौका छोपेर यी दुबै घुम्दै कौशलटार पुगे । प्रहरीले छापा हानेर हिरसातमा राख्यो । केटाले घरमा फोन गरेर मापसेमा पुलिसले थुन्यो भनिदिए । केटीले पनि माइतबाट गाउँको दाइ भेट्न आएको थिएँ, केटा–केटाको झगडा पर्दा मलाई पनि समात्यो भन्ने बहाना निकालिन् । यदि प्रहरीले केटाको घरकी पत्नी र केटीको पतिको उपस्थितिमा उनीहरुलाई रिहा गरिदिएको भए ती जोडी फेरि फर्किएर त्यस्तो गतिविधिमा लाग्दैनथे । कपन प्रहरीका इन्स्पेक्टर नवराज ढुंगानाले पनि केही दिनअघि नीलोपुलबाट फ्ल्याटमा यौन केन्द्र चलाउने सन्चालक र यौनकर्मी पक्राउ गरे । उनीहरु पनि ठिमीको जस्तै प्रक्रियाबाट रिहा भए । हिरासतबाट निस्किएर ती युवती सोझै नयाँ अखडातिर लागे, सुध्रिएनन् । बौद्ध प्रहरीले त्यसरी पक्राउ परेका महिलालाई मानव बेचबिखनमा मुद्दा चलाउन चाहेको थियो । तर, स्थानीयवासीले सन्चालिका महिलाको सानो बच्चाको बहाना झिक्दै त्यसो नगर्न अनुरोध गरेपछि प्रहरीले सार्वजनिक मुद्दामा म्याद थप्यो । केही दिन हिरासतको हावा खाएर महिला रिहा भइन् । सुनिँदैछ, फेरि धन्दा शुरु भइसक्यो ।
भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply