» » चलचित्र हेरेर हमाल लजाए

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

काठमाडौ । नेपाली चलचित्रका नायक राजेश हमाल पछिल्ला केही प्रोजेक्टका क्यारेक्टरमा खुला बन्दै गइरहेका छन्। विशेषतः चलचित्रमा ग्रामीण क्षेत्रको पात्रलाई प्रतिनिधित्व गर्ने महानायक हमालले मेरो जीवन साथी, किन किन जस्ता चलचित्रमा भने बेड तथा किस सिन दिएका छन्। बिहेको खबरले बजार तताएका
हमाल नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्न आफ्नो भूमिका पनि परिवर्तन गर्दैछन् भन्ने चर्चा चल्न थालेको छ। निर्माताको सेक्स कन्टेन्ट चलचित्रको प्रस्तावलाई मानिदिने हमाल चलचित्र हलमा सेक्स ओरियन्टेड चलचित्र हेर्दा भने केही लजाएका जस्ता देखिए। प्रसंग थियो, सिजेएमसी कलेजद्वारा आयोजित तेस्रो अफ्रिकन चलचित्र फेस्टिभल। पछिल्ला दिनमा ‘एक्सन कट’ भन्दा बाहिर रिवन काट्ने, एल्बम् विमोचन गर्ने, महोत्सवमा सहभागी हुने जस्ता कार्यक्रमहरुको सहभागितालाई प्रश्रय दिइरहेका हमाल अफ्रिकन चलचित्र फेस्टिभलको चिफ गेस्ट बनेर कमलादीस्थित रसियन कल्चर सेन्टर पुगेका थिए। अन्य मुलुकका राजदूतसँग स्टेजमा उपस्थित भएका महानायक हमालले करिब पन्ध्र मिनेट जसो अंग्रेजीमा मन्तव्य राखे। अफ्रिकन साँस्कृतिक पक्षबाट नेपालीले थुप्रै पक्षहरुको फलो गर्न सक्नेछन् भन्ने धारणा पनि हमालले राखेका छन्। अफ्रिकन चलचित्र फेस्टिभलको पहिलो दिन साढे एक घण्टाको केन्याली लघु चलचित्र ‘द हवाइट मास्साई’ प्रदर्शनी गरिएको थियो। एक स्विजल्यान्ड युवती र केन्याली युवकबीचको प्रेमकथामा आधारित उक्त चलचित्रलाई हमालले पनि पूरै समय हेरेका थिए। चलचित्रले केन्याली नागरिकको जनजीवन र साँस्कृतिक पक्षलाई देखाउँछ। साथमा श्वेत युवती  र अश्वेत युवकबीचको रोमान्सलाई पनि ‘द हवाइट मास्साई’ ले मज्जासँग प्रस्तुत गरेको छ। श्वेत र अश्वेतबीचको रोमान्सले हमाललाई भने केही असहज र लज्जास्पद पारिदियो। हलको फ्रन्ट चियरमै बसेका हमाल रोमान्सको दृश्य सुरु हुनासाथ बाहिर निस्केका थिए।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply