» » विद्यालयमा खेल सामग्री नहुँदा केटीहरुको तानातान ! ( भिडियोसहित )

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

फूटबलमा त्यति जम्न नसके पनि नेपालमा क्रिकेट खेलमा महिलाहरु पनि उत्तिकै सिपालु भैसकेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा नेपाली चेलीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक र शिल्ड पाइरहेकै छन् । अरु केही खेलमा पनि नेपाली महिलाहरुको उपस्थिति राम्रो छ । तर, राजधानी र शहरमा खेलकूदको जति नै हल्ला चले पनि गाउँका विद्यालयमा भने पर्याप्त खेल सामग्री नहुँदा भविश्यका खेलाडीहरु आपसमा तानातान गरेर मनोरञ्जन गरिरहेका छन् ।

पछि राम्रो खेलाडी बन्न सानैदेखि त्यस खेलप्रति रुची हुनुपर्छ । स्कूल छँदादेखि नै क्रिकेटमा रुची भयो भने पछि राम्रो खेलाडी बन्न सकिन्छ । यस्तै फूटबल, बास्केटबल, टेनिस, हाइजम्प लगायतका खेलमा पनि सानैदेखि यस्तै रुची र झुकाव हुनुपर्छ । तर, विद्यालयमा आवश्यक स्रोत, साधनको अभावमा सबै बालबालिकाले आफूलाई मनपर्ने खेल खेल्न पाएका छैनन् ।

धादिङ, चरिमारेटारको नलाङ मावि गाउँकै निकै पुरानो हाइस्कुल हो । यस विद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी पढ्छन् । फुर्सदका बेला अरु विद्यालयका विद्यार्थीलाई जस्तै उनीहरुलाई पनि खेल्न मन पर्छ । तर, गाउँमा अरुले जे खेलेको देख्यो, त्यही खेल खेल्ने उनीहरुलाई बानी परेको छ ।

विद्यालयका अधिकांश छात्र फूटबल खेल्न मन पराउँछन् । तर, छात्रा भने फूटबल खेल्दैनन् । केटीहरु दुईतिर बराबरी हुने गरी बाँडिएर कम्मरमा समातेर एकअर्कातिर तान्छन् । जसले अर्को समूहको सदस्य बढी तान्न सक्यो, उसकै जीत । यस्तो खेललाई उनीहरु ‘डुम’ खेलको संज्ञा दिन्छन् । यस्तो खेल राष्ट्रिय स्तरमा खेलिँदैन र शायद यो जातीय छुवाछुतको मनोविज्ञानमा आधारित खेल पनि हो ।

किन क्रिकेट, भलिबलजस्ता खेलमा रुची नभएको ? यस्तो प्रश्नमा छात्राहरुले भन्छन्-’क्रिकेट खेल्न जानेकै छैन, सबैलाई पुग्ने गरी स्कूलमा भलिबल छैन, डूम खेल्न बल पनि चाहिएन, जान्नु पनि परेन ।’

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply