headlines

    4:44
» » प्रचण्डकी बुहारी भन्छिन्- देश बदल्ने मान्छेको घरमै त्यस्तो…

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

'सासूको व्यवहारका कारण लाजिम्पाटमा बस्न सकिँन'

३१ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालकी परित्यक्त श्रीमती सिर्जना त्रिपाठीले पोखरास्थित आफ्नो माइतीघरबाट गुनासो गर्दै देश बदल्न हिँडेको मान्छेको घरभित्रै समस्या रहेको पोल खोलेकी छन् । प्रचण्ड असल मान्छे रहेको र उहाँले आफूलाई माया गर्ने गरेको भए पनि सासू सीता दाहालका कारण लाजिम्पाट छाडेर माइत जानुपरेको सिर्जनाको दुखेसो छ । प्रचण्डपुत्र प्रकाशले बिनामगरसँग विवाह गरेपछि छोरो लिएर माइत गएकी सिर्जना अहिले पोखरामै स्नातकोत्तर पढिरहेकी छन् ।

आफ्नो छोराको जन्मदर्ता नहुँदा विद्यालय भर्नामा समस्या परेको गुनासो गर्दै सिर्जनाले भनेकी छन्- ‘जन्मदर्ता नभएर अहिले बाबुलाई स्कुल भर्ना गर्नसमेत समस्या भएको छ । मैले बुवा (प्रचण्ड) पोखरा आएका बेला यो समस्याबारे भनेँ । उहाँले ‘हुन्छ, काठमाडौं गएर बनाउँला,’ भन्नुभयो । पछि ‘तिमी र बाबुलाई चितवन लगेर बनाउँला,’ भन्नुभयो । त्यसपछि यसबारे केही कुरा भएको छैन ।’

‘मिरर न्युज’ मासिक पत्रिकाको तेस्रो अंकलाई लामो अन्तरवार्ता दिँदै प्रचण्डकी बुहारी सिर्जनाले छोराको जन्मदर्ता मात्रै नभई आफू र प्रकाशवीच अहिलेसम्म विवाह दर्तासमेत नभएको दुखेसो पोखेकी छन् । सिर्जनाको भनाइ छ-’ मलाई धेरै कुराले टर्चर दिएको छ, अहिले मेरा लागि मुख्य कुरा मेरो छोरो हो । म यसका लागि लडिरहेकी छु । सधैँ लडिरहन्छु । उसको अहिलेसम्म जन्मदर्ता छैन । त्यसले पनि समस्या पारेको छ । स्कुल भर्ना गर्दा जन्मदर्ता चाहिन्छ । अझ अर्को समस्या त हाम्रो विवाह दर्तासमेत गरिएको छैन । उतिबेलै मैले ‘विवाह दर्ता गरौँ’ भनेकी थिएँ । तर, प्रकाशले ‘ह्या, दुनियाँलाई थाहा छ हामीले विवाह गरेको, किन विवाह दर्ता चाहियो ?’ भने । त्यतिबेला विवाह दर्ता गर्न मानेनन् ।’

प्रचण्ड असल सीता खराब

सगरमाथा आरोहणपछि बिना मगरलाई लिएर प्रकाश बेपत्ता भए पनि आफू छोरो लिएर प्रचण्ड निवास लाजिम्पाटमै केही महिना बसेको र बुबा (प्रचण्ड)को व्यवहार राम्रो पाए पनि मम्मी (सीता दाहाल) को व्यवहार सहन नसकेर माइत (पोखरा) जान बाध्य भएको सिर्जनाको गुनासो छ । आफ्नो र प्रकाशको सम्बन्ध यस्तो हुनुमा प्रचण्डको कुनै दोष नरहेको र आफ्ना कारणले प्रचण्डलाई असर पार्न नचाहेको सिर्जनाको भनाइ छ ।
बुवा (प्रचण्ड)को मप्रति सधैँ राम्रो व्यवहार रहेको छ । उहाँले भन्नुभएको छ, ‘तिमीलाई मेरो सधैँ सपोर्ट हुन्छ ।’ उहाँले बिनालाई ल्याएर घरमा राख्दिनँ समेत भन्नुभएको छ । ‘तिमीलाई र प्रकाशलाई समान व्यवहार गर्छु, मेरो नाति छ,’ भन्ने बुवाको भनाइ छ ।’ सिर्जना भन्छिन्- ‘प्रकाशका कारण म बुवा (प्रचण्ड) लाई असर पुर्‍याउन चाहन्न । बुवाको कारणले त होइन नि यो सबै भएको । बुवालाई असर नपुगोस् भनेरमात्रै हो म चुप लागेर बसेकी । मम्मीलाई त म मनै पराउँदिँन । म पनि उहाँलाई नंग्याउन सक्छु । तर, मम्मी (सीता)को केही कुरा गरे पनि सिधै बुवा (प्रचण्ड) सँग जोडिन्छ । त्यही भएर म धेरै बोल्न सकेकी छैन ।’

चरित्रहीन प्रकाशले यतिबेला मिडियामा आफ्नो चरित्रमाथि प्रश्न उठाउन थालेकोमा आपीत्त जनाउँदै चरित्र हत्या नगर्न चेतावनीसमेत दिएकी छन् । यसबारे उनले फोन गरेर प्रचण्डलाईसमेत जानकारी गराएको बताएकी छन् ।

माओले पाँचवटी बिहे गरेका थिए रे !






आफ्ना ससुराले भारतबाट फर्केपछि पोखरामा आफु र आफ्नो परिवारसँग भेट गरेको सिर्जनाले बताएकी छन् । तर, सो भेटमा सीता दाहालले माओत्सेतुङले पाँचवटी श्रीमती बिहे गरेका थिए भन्दै आफ्नो छोराको पक्षमा वकालत गरेको र आफूलाई पाल्न नसक्ने बताएको गुनासो उनको छ । सिर्जनाले भनेकी छन्- ‘भारतबाट फर्केपछि बुवा (प्रचण्ड) पोखरा आउनुभएको थियो । बुवाले धेरैपटक मलाई बोलाउनुभयो । म नगएर घरभित्रै बसिरहेँ । बुवाले लगातार बोलाउनुभयो । ‘सिर्जना तिमी एकछिन त आऊ, तिमीसँग सल्लाहमात्रै गर्नु छ । भेट्न मन लागेको छ । बाहिर आऊ,’ भन्नुभयो । अनि गएँ । मेरो बुवा (माइतीघर) पनि जानुभएको थियो मसँगै । त्यहाँ सीता मम्मी चर्किनुभयो । ‘माओका त पाँचवटी श्रीमती थिए, मेरो छोराले फेरि बिहे गर्‍यो त के बिग्रियो’ भनेर उहाँ बुवासँग कराउनुभयो । म बाहिर थिएँ । म भित्र गइँन किनभने मलाई मम्मी (सीता)को अनुहार नै हेर्नै मन लागेन । उहाँले गरेको व्यवहारले मलाई अहिले पनि एकदमै पीडा महसुस हुन्छ । बुवा

(प्रचण्ड) सँगसँगै हिँडेको मान्छे उहाँ त । अलिकति त ‘चेन्ज’ हुनुपर्ने, बुझ्नुपर्ने हो नि । देश बदल्छु भनेर हिँडेको मान्छेको घरमै त्यस्तो समस्या छ । मम्मीको कुरा सुनेर मलाई अचम्म लाग्यो ।’

मिरर न्युजमा प्रकाशित सिर्जनाको भनाइको सम्पादित अंश

Mirror~3-cover१७/१८ वर्षकै उमेरमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशसँग मेरो बिहे भयो । ०६४ माघ ३ गते म बुहारीकारूपमा प्रचण्डको घरमा भित्रिएँ । प्रकाश आफैँले मन पराएर मलाई माग्न घरमा आएका थिए । तिनै प्रकाशले पछि एक दैनिक पत्रिकामा ‘मम्मी (सीता)ले जबरजस्ती विवाह गराइदिएको’ भनेर अन्तर्वार्ता दिएको पनि पढेँ ।

विवाहपछि सबै कुरा राम्ररी नै चलेको थियो । बुवा (प्रचण्ड)ले निकै माया गर्नुहुन्थ्यो मलाई । मम्मी (प्रचण्डपत्नी-सीता)को भने सुरुदेखि नै राम्रो व्यवहार पाइनँ । छोरामात्रै भन्ने उहाँको बानी । प्रकाशको पनि केटी मामिलामा त्यस्तो नराम्रो बानी थिएन । रक्सी खाने बानी भने थियो ।

बिनासँग अलिअलि सम्बन्ध हुन थालेपछि प्रकाशको व्यवहार परिवर्तन हुन थाल्यो । रक्सी खाएर झगडा गर्नुका साथै बेलाबेला ममाथि हात पनि उठाउन थाले । मैले असाध्यै मेहनत गरेर सम्झाउन पनि खोजें । तर, मेरो कोसिस व्यर्थ भयो । बिनासँग प्रकाशको सम्बन्धबारे बिस्तारै घरमा सबैलाई थाहा हुन थाल्यो । मम्मी (सीता)लाई त अझ राम्ररी थाहा थियो । बुवा (प्रचण्ड)लाई पनि थाहा थियो जस्तो लाग्छ । घरका सबैले त्यहीबेला पहल गरेर उनीहरूलाई टाढा गरेको भए हुन्थ्यो जस्तो लाग्छ ।

प्रकाश र बिनाबीच गहिरो सम्बन्ध सुरु भएको उनीहरूले रसुवामा आरोहणबारे एउटा तालिम लिएर फर्केपछि हो । त्यताबाट फर्केपछि उनीहरूसँगै मर्निङवाकमा जान्थे । रसुवाबाट अलिअलि सुरु भएको सम्बन्धलाई दिन दिनैको मर्निङवाकले थप सुमधुर बनाएजस्तो लाग्छ । तर, तिनीहरूको सम्बन्ध त्यसभन्दा पुरानो भने होइन । त्यही सगरमाथा चढ्ने कुरा चल्न थालेपछि उनीहरूको नजिकबाट चिनाजानी भएको हो । हिमचिम बढ्दै गएपछि उनीहरूका गतिविधिबारे घरमा पनि सबैलाई थाहा हुन थाल्यो । सगरमाथाबाट फर्केपछि प्रकाशले बिनालाई लिएर फ्याट्ट हिँडेपछि त सबै कुरा बाहिर आइहाल्यो । त्यसभन्दा अगाडि उनीहरूबीचको सम्बन्ध छलफलमा थियो, खासगरी प्रकाश र मेरोबीचमा मात्र । जे थियो, घरभित्रै थियो । बुवा (प्रचण्ड)ले पनि धेरै सम्झाउनुभयो प्रकाशलाई । ‘तँ नै बद्मास रहेछस्, यस्तो गर्ने हो तैंले ? तँ निस्किहाल घरबाट’ भनेर बुवाले प्रकाशलाई धेरै झपार्नुभयो । तर, पनि केही भएन । प्रकाश बुवाका अगाडि बोल्दै नबोल्ने । मम्मीले धेरै कुरा लुकाउने । मम्मीले बुवालाई ‘टेन्सन’ हुन्छ भनेर कुरा लुकाउने । व्यवहार नै त्यस्तै हो उहाँको त । छोराप्रति अन्धोप्रेम थियो मम्मी (सीता)मा । हुन त छोराछोरीप्रति बुवाआमाको माया हुन्छ नै । मेरो पनि छोरा छ । तर, माया गर्ने भन्दैमा आँखा चिम्लेर त गर्नु भएन नि । छोराछोरीले गल्ती गरेमा सम्झाउने मात्रै होइन, आवश्यक परे झपार्नु पनि पर्छ ।

अहिले प्रकाशसँग मेरो सम्बन्ध बिग्रिएको छ । उनले त अहिले मेरोबारे जे पनि भन्छन् । उनी कस्ता हुन् भन्ने कुरा त उनको पृष्ठभूमि हेरेरै थाहा हुन्छ । पहिला पनि यस्तो घटना भएकै हो । स्थिति कस्तो थियो ? उनको मोटामोटी कुरा सबै त बाहिर आएकै हुन् । पत्रकारले पनि देखेकै कुरा हो । प्रकाशलाई अहिले एउटै कुरा चासो छ, कसरी हुन्छ मबाट अलग हुने । त्यही भएर अनेकथरि कुरा गर्दै हिँडेका छन् । उनलाई यतिबेला सिर्जनाले डिभोर्स दिए हुन्थ्यो भन्ने चिन्ता मात्रै छ । त्यही भएर उनले मलाई कसरी टर्चर दिउँ भन्ने सोचेका छन् । त्यस्तो व्यवहार गरिरहेका छन् । ममाथि चारैतिरबाट प्रहार गरिरहेका छन् उनले ।

मेरो विषयमा समाचार आयो । मैले यो विषयमा बुवा -प्रचण्ड)सँग पनि फोनमा कुरा गरे । ‘बुवा (प्रचण्ड) तपाइले मलाई सधैँ समान व्यवहार गर्छु भन्नुहुन्थ्यो खै गरेको ?’ भनेर सोधेँ । ‘प्रकाश मेरोबारे मिडियामा जथाभावी बोल्दै हिँडेका छन्, यदि तपाईं मलाई सपोर्ट गर्नुहुन्छ भने कुनै सार्वजनिक कार्यक्रममा मिडियाले त्यत्तिकै प्रचार गरेको हो भनेर बोलिदिनुस् । होइन, तिमी आफ्नो तरिकाले जाऊ मलाई मतलब छैन भन्नुहुन्छ भने म आफ्नो तरिकाले जान्छु’ भनेर बुवा (प्रचण्ड)सँग गुनासो गरेँ । बुवाले ‘होइन, होइन, म सहयोग गर्छु नि,’ भन्नुभएको छ ।

सबैलाई थाहा भएकै कुरा हो, प्रकाश नहुँदा पनि  म आठ महिनासम्म लाजिम्पाटमै बसेँ । मम्मी (सीता)को व्यवहार सधैँ त्यस्तै । उहाँबाट कहिल्यै पनि राम्रो व्यवहार र माया पाउन सकिनँ । अन्तिममा साह्रै भएर निस्केकी हुँ लाजिम्पाटबाट । बुवा (प्रचण्ड)ले मलाई सधैँ सम्झाउने गर्नुहुन्थ्यो । ‘बाहिर गयो भने अप्ठ्यारो पर्छ’ भन्ने उहाँको कुरा थियो । उहाँले ‘मेरो व्यवहार तिमीलाई जस्तो प्रकाशलाई कहिले हुँदैन’ भन्नुहुन्थ्यो र थियो पनि । बुवा (प्रचण्ड)ले गर्दा म बाहिर आउन नचाहेकी हुँ । आफ्नो गल्ती भएर म मौन बस्या होइन । अहिले त मेरो गल्ती भएजस्तो देखाउन खोजिएको छ ।Seeta

हामी सबैले गर्दा उहाँहरू आजको ठाउँमा पुग्नुभएको हो, एक्कासी आकाशबाट झरेर पुग्या त होइन । उहाँको ‘ब्याकग्राउन्ड’ स्थिति अहिलेको मेरो परिवार  (माइती)को जुन स्थिति छ, त्योभन्दा पनि नाजुक थियो । हाम्रो (माइती) गरिबीलाई देखेर प्रकाशले ‘यसको केही छैन’ भन्ने ठानेका होलान् । त्यही भएर कसरी टर्चर दिउँ भन्ने सोचेका होलान् ।

सबै सत्य एक बाहिर आउँछ । अहिले कति आउँछ थाहा छैन । मेरो बुवा (माइती घर पोखराका)ले बल्ल हिजोआज मम्मी (सासू सीता) को व्यवहार बुझ्दै हुनुहुन्छ । यो घटना उत्कर्षमा पुगेका बेला मेरो बुवा (पोखरा) काठमाडु आउनुभएको थियो । मम्मी (सीता)ले झगडा गरेर ‘म तपाईंकी छोरी पाल्न सक्दिनँ । आफ्नो छोरो त गयो, गयो, अब तपाइकी छोरी पाल्न सक्दिनँ,’ भन्नुभएछ ।

भारतबाट फर्केपछि बुवा (प्रचण्ड) पोखरा आउनुभएको थियो । बुवाले धेरैपटक मलाई बोलाउनुभयो । म नगएर घरभित्रै बसिरहेँ । बुवाले लगातार बोलाउनुभयो । ‘सिर्जना तिमी एकछिन त आऊ, तिमीसँग सल्लाहमात्रै गर्नु छ । भेट्न मन लागेको छ । बाहिर आऊ,’ भन्नुभयो । अनि गएँ । मेरो त्यत्ति कुरा भएन । मेरो बुवा (माइतीघर) पनि जानुभएको थियो मसँगै । मम्मी पनि सँगै हुनुहुन्थ्यो । मेरो बुवा (पोखराको)सँग प्रचण्ड बुवाले भित्र कुरा गर्नुभयो । त्यहाँ सीता मम्मी चर्किनुभयो । ‘माओका त पाँचवटी श्रीमती थिए, मेरो छोराले फेरि बिहे गर्‍यो त के बिगि्रयो’ भनेर उहाँ बुवासँग कराउनुभयो । म बाहिर थिएँ । पछि मेरो बुवा (पोखराको)ले यस्तो भन्नुभयो भनेर मलाई सुनाउँदा कस्तो नराम्रो लागेर आयो । म भित्र गइनँ किनभने मलाई मम्मी (सीता)को अनुहार नै हेर्ने मन लागेन । उहाँले गरेको व्यवहारले मलाई अहिले पनि एकदमै पीडा महसुस हुन्छ । बुवा (प्रचण्ड) सँगसँगै हिँडेको मान्छे उहाँ त । अलिकति त ‘चेन्ज’ हुनुपर्ने, बुझ्नुपर्ने हो नि । देश बदल्छु भनेर हिँडेको मान्छेको घरमै त्यस्तो समस्या छ । मम्मीको कुरा सुनेर मलाई अचम्म लाग्यो ।

बुवा (प्रचण्ड)को मप्रति सधैँ राम्रो व्यवहार रहेको छ । उहाँले भन्नुभएको छ, ‘तिमीलाई मेरो सधैँ सपोर्ट हुन्छ ।’ उहाँले बिनालाई ल्याएर घरमा राख्दिनँ समेत भन्नुभएको छ । ‘तिमीलाई र प्रकाशलाई समान व्यवहार गर्छु, मेरो नाति छ,’ भन्ने बुवाको भनाइ छ । तर, प्रकाशको बानी नै त्यस्तो छ, उल्टै मलाई आरोप लगाउँदै हिँड्ने । यदि मेरो चरित्र खराब छ, योेसँग हिँडेकी छ भन्ने थाहा छ भने प्रकाशले देखाइदिऊन् न त । म त्यसैसँग जान्छु । होइन भने मलाई न्याय दिनुपर्‍यो । जथाभावी आरोप लगाउन त पाइँदैन नि । आफैँ गल्ती गर्ने अनि अरूलाई आरोप लगाउने ? यो त राम्रो कुरा होइन ।

बुवा (प्रचण्ड)ले ‘मिडियाले जे पनि भन्छ, धेरै उचाल्छ । तिमी चिन्ता नगर,’ भन्नुभएको छ । मलाई कतै जागिर व्यवस्था गर्ने कुरा उहाँले गर्नुभएको छ । मेरो छोरालाई होस्टेलमा राखिदिने उहाँले भन्नुभएको छ । त्यसो गर्दा बाबुलाई मैले पनि भेट्न पाउने र बुवा (प्रचण्ड)ले पनि भेट्न पाउने हुन्छ भन्ने उहाँको कुरा हो । तर, म मेरो छोरालाई कुनै पनि हालतमा छाड्दिनँ । उहाँहरूसँग सबै सेवा सुविधा छ । मेरो छोरोलाई उहाँहरूको जति सेवा सुविधा मैले दिन सक्दिनँ होला । तर, मेरो क्षमताले भ्याएसम्म बाबुलाई राम्रोसँग पढाउन चाहन्छु । अहिले मिडियामा बुवा (प्रचण्ड)ले बाबुलाई आफूसँग राख्न ७५ लाख दिन्छु भनेर प्रस्ताव गरेको भनेर आएको पनि देखेँ । त्यो सरासर गलत हो । उहाँले त्यस्तो केही कुरै गर्नुभएको छैन । हाम्रो (पोखरा) परिवारका तर्फबाट झन् त्यस्तो कुरा जानै सक्दैन । बुवा (प्रचण्ड)ले त बाबुलाई होस्टेलमा राखिदिने कुरा मात्रै गर्नुभएको हो ।

nati

बुवा (प्रचण्ड)ले नातिलाई धेरै माया गर्नुहुन्छ । पोखरा आएको बेला पनि खेलाएर बस्नुहुन्छ । बाबुलाई केही दिनका लागि लैजान खोज्नुभएको थियो । तर, मैले ‘बुवा मेरो जीवन भनेको यही हो’ भनेर लैजान दिइनँ । लाजिम्पाटमा पनि बाबुलाई काखमा लिइरहनुहुन्थ्यो बुवाले । बाबु हुर्केर १८ वर्ष पुगुन्जेलसम्म म उसलाई राम्ररी हेर्छु । त्यसपछि उसलाई बुवा ठीक लाग्यो भने उसैको इच्छा हो । मैले अर्को विवाह नगरुन्जेल बाबुप्रति मेरा अधिकार छ । यदि मैले बाबुप्रतिको उत्तरदायित्व वहन गरेको छैन भने उहाँहरूले लैजान खोज्नु स्वाभाविक होला । तर, उसको बुवा -प्रकाश)को जसरी म अर्कैसँग भागेकी त छैन नि । त्यस्तो म कहिल्यै गर्दा पनि गर्दिनँ । हाम्रो सम्बन्ध बिगि्रएपछि प्रकाशले त बाबुसँग एकपटक कुरासमेत गरेको छैन ।

बुवा (प्रचण्ड)ले पनि ‘कुनै पनि एंगलबाट पनि तिम्रो गल्ती छैन, के गर्ने त्यही -प्रकाश) कुकुर भयो, गधा भयो । त्यसले गल्ती गर्‍यो,’ भनेर पटक-पटक भन्नुभएको छ । अब मम्मी (सीता)को त के कुरा गर्नु ? उहाँ त त्यस्तै हो, छोरा-छोरा मात्रै भन्ने । छोराको गल्ती सबै नदेखेजस्तो गर्ने उहाँको बानी ।

श्रीमान् हो भनेर कहिलेकाहीँ मनमा प्रकाशप्रति माया पनि जाग्छ । मैले पाँच वर्ष उनीसँग बिताएकी छु नि । सुध्रिन्छन् कि भन्ने आशा पनि थियो । त्यही आशाले मात्रै म मौन बसेकी हुँ । मेरो मौनतालाई उल्टो बुझेर उनले त यसको कोही पनि छैन भनेर साह्रै बेइज्जत पो गर्न थाले । आँट भए मेरो गल्ती के हो देखाउनुपर्‍यो नि । मेरो चरित्र नराम्रो हुन्थ्यो र अर्कैसँग जाने मन भए प्रकाशसँग सम्बन्ध बिग्रेको एक वर्षसम्म किन यसरी बस्थेँ ? अहिलेसम्म त म खुसी भएर अर्को विवाह गरिसक्थेँ होला नि ! प्रकाशले विभिन्न तरिकाले अहिले मसँग सम्बन्धविच्छेद मागिरहेका छन् । तर, म किन दिन्छु र यति सजिलै । अहिले म डिग्री पढ्दै छु । हेरौँ, अगाडि के हुन्छ ।

सिर्जनाका विषयमा विस्तृत सामग्री मिरर न्युज मासिकले प्रकाशित गरेको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
छोरीलाई नै श्रीमती बनाएर सन्तान प्राप्ति !
»
Previous
पागल केटीहर्को यौन चर्तिकला यस्तो पो हुदोरैहेछ पत्याउनै गाह्रो हेर्नुस् त भिडियोमा

No comments:

Leave a Reply